Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वदेशमा बस्ने रहर त थियो नै तर विदेशमै पसिना बगाउँदै छुः घिमिरे

प्रभातफेरी अनलाइन ३७१ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २६, मंगलबार (२ साल अघि)
स्वदेशमा बस्ने रहर त थियो नै तर विदेशमै पसिना बगाउँदै छुः घिमिरे

अस्ट्रेलिया । वैदेशिक रोजगारीको लागि नेपाली युवा युवतीहरूको पहिलो रोजाईको रुपमा रहेको अस्ट्रेलियामा हाल १ लाख ५० हजार भन्दा बडी नेपालीहरू रहेको पाइएको छ । जसमा केही अभिभावकहरू समेत रहेका छन् । अध्ययनको साथै रोजगारीको लागि पुगेका युवा युवतीहरु स्वदेश फर्कने अवस्थामा देखिदैनन् । अस्ट्रेलिया सरकारले दक्ष जनशक्तिलाई गरेको सम्मान, संरक्षण साथै समान व्यवहारले गर्दा नेपालीहरू स्वदेश फर्कन चाहदैनन् ।
“जननि जन्मभूमिश्च स्वर्गादपि गरियसि” भनिन्छ जन्मदिने आमा र आफू जन्मेको मुलुक स्वर्ग भन्दापनि प्यारो हुन्छ । तर परिस्थिति र परिवन्धले गर्दा यति ठुलो महत्वलाई बिर्सन विवश छन् युवाहरू । वैदेशिक रोजगारीको क्रममा अस्ट्रेलियामा बस्दै गर्दा हासिल गरेको ज्ञान, राज्य सञ्चालनको तौर तरिका, विकास निर्माणमा पारदर्शिता, समान ढंगले सबै पक्षको लागि लागू गरिने कानुन, मुलुक निर्माणको लागि संकलित चुहावट रहित ढङ्गको राजश्व, दिगो ढङ्गको विकास निर्माण कार्य नेपाली युवाहरूको अध्ययनको पहिलो पक्ष हो । अध्ययनकै क्रममा आफ्नो जन्मभूमिमा पनि सोही ढङ्गको कार्य गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अगाडि बढे विदेश भौँतारिनु पर्ने थिएन भन्ने सोचमा पिरलिनु गहभरी आँसुका साथमा जन्मभूमिप्रति निराशा बन्दै बाध्य भएर स्वर्ग रुपि जन्मभूमि र जन्म दिने आमाबाट टाडा बस्न विवश छन् बौद्धिक तथा सक्षम नेपाल मुलुकका गहनारूपी युवा युवतिहरू ।
मेरो छोटो दिनको अध्ययन भ्रमण तथा पारिवारिक भेटघाटको क्रममा विगत ५ वर्षदेखि निरन्तर रुपमा अस्ट्रेलियामा रहनु भएको बौद्धिक एवं दक्ष युवासँग भलाकुसारी गर्ने अवसर मिल्यो । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं १२ खोपासी निवासी सुशील घिमिरे अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुग्नुभयो । नेपालमा स्नातक सम्म अध्ययन गर्नुभएको घिमिरेले थप गुणस्तरीय शिक्षाको लागि चिल गाडी चढेर अस्ट्रेलियाको मार्ग पहिल्याउनु भयो ।
बुवा आमाको चौथो सन्तानको रुपमा जन्मिएको एक्लो छोरा, तीन दिदिहरुको विवाह भइसकेको अवस्था वृद्ध बुवा आमा, देउ पितृ कुल कुटुम्मह, इस्टमित्र, नाता गोता सबैको जिम्मेवारी आफ्नो काँधमा आएको स्मरण गर्दै भक्कानिदै भन्नुभयो अध्ययन सकेपछि स्वदेश फर्कने प्रणका साथ विदेश हुँइकिएको थिए तर “सपना सबै उडायो हुरीले” अध्ययन पुरा गरे तर मेरो जन्मभूमिको अवस्थाले गर्दा स्वदेश फर्कने अवस्था रहेन । भक्कानिदै थप्नुभयो — स्वदेशमा बस्ने रहर त थियो नै तर मेरो दक्षतालाई कसले संरक्षण गर्छ र ? बिना रोजगारी मेरो काँधमा आएको जिम्मेवारी पूर्ण हुनै सक्दैन । त्यसैले मुटुमाथि ढुंगा राखी हँसे झै परदेशमा पसिना बगाउँदै छु, आफ्नो साथमा राखेर मेरा भगवान रूपी माता पितालाई सेवा गर्ने तयारीको लागि जीवन साथीको व्यवस्था गर्दै छु । मेरा मार्ग निर्देशक दिदिहरुले देखाएको सुनौलो मार्गलाई निरन्तर पहिल्याउदै अगाडि बढ्दै छु ।
नेपाल र अस्ट्रेलियासँगको ६० बर्से सम्बन्धलाई सौहार्दपूर्ण साथ अझ उचाइमा पु¥याउन लागि परेका छन अस्ट्रेलिया सरकार । त्यसैगरी नेपाल सरकारको तर्फबाट नेपालमा पर्यटन भित्राउने, कला संस्कृतिलाई जर्गेना गर्ने काम तथा नेपालमा कृषि, प्रविधि, आइटी र व्यापारलाई बढाउने नेपाली विद्यार्थीहरुको समस्याका बारेमा आफ्नो प्रमुख एजेण्डामा राखेका छन् ।
नेपाली युवा युवतिहरुको मन जित्न सफल अस्टे«लिया विस्वको छैटौं ठुलो मुलुक हो । राजधानी क्यानेबरा ,सबैभन्दा ठुलो सहर सिड्नी, राष्ट्रिय भाषा अङ्ग्रेजी, जातिगत समूहहरू ९२ प्रतिशत खैरा जाती, ७ प्रतिशत एसियाली, १ प्रतिशत जनजाति तथा रैथाने रहेको अस्ट्रेलियामा सङ्घिय संसदीय लोकत्रान्त्रिक संबैधानिक राजतन्त्र रहेको छ । बेलायतबाट स्वतन्त्र हासिल गरेको मुलुकमा सन् १९०१ जनवारी १ संविधान जारी भएको थियो ।
विश्वको छैटौँ ठुलो मुलुक भएपनि (नेपालको भन्दा कम जनसंख्या) २ करोड ६४ लाख ७३ हजार ५५ जना मात्रै जनसंख्या रहेको मुलुकमा साडे तीन प्रतिशत बेरोजगारको संख्या रहको छ । विशेष गरेर अष्ट्रेलियाका रैथाने जनजातिलाई सरकारले आर्थिक सुविधा दिदा काम गरेकोले बेरोजगारीको संख्या देखिएको हो । ९० लाख ८ हजार ५ सय वर्गकिलोमिटर महादीप रहेको अस्ट्रेलियामा पुरुष र महिलाको समान अधिकार रहेको छ । गर्मी महिनामा अत्यन्त गर्मी साथै सूर्यमा आउने विकिरणको कारण घाममा निस्कने प्रत्तेक ३ जना मध्य दुई जनालाई छालाको क्यान्सर हुने गरेको अध्ययनबाट पुष्टि भएको छ । छालामा हुने क्यान्सर रोगको राजधानीको रुपमा परिचित अस्ट्रेलियामा बाषिर्क ११ हजार ५ सयलाई छालाको क्यान्सर लाग्ने गरेको पाइन्छ ।
सन २०१९÷२०२० मा आगलागी हुँदा २० जनाले ज्यान गुमाएका थिए भने १ अर्ब जंगली जनावरहरू जलेर नष्ट भएका थिए भने झण्डै १ करोड २० लाख वर्गमिटर जमिन नष्ट भएको थियो । जसको कारण अस्ट्रेलियामा आगोको कडा कानुन बनेको छ । सार्वजनिक तथा निजी घरमा समेत आगो बाल्न पाइदैन । प्रत्तेक घरमा यन्त्र जडान गरिएको छ, कसैले आगो बालेमा सो यन्त्रबाट खरताको संकेत स्वरुप ठुलो आवाज आउँछ जव आवाज आउँछ तब अग्नि नियन्त्रक टोलीले आगो नियन्त्रणको उपकरण सहित आउने हुन्छ । कृषिको क्षत्रको लागि सरकारले प्राथमिकता दिएको छ । जसको कारण गहुँ, धान, मकै, जौ को उत्पादन धेरै छ । त्यसैगरी पशुपालनमा समेत सरकारले उत्तिकै प्राथमिकता दिदा एउटै व्यक्तिले ११ हजार हेक्टरमा एग्रिकल्चर फर्म सञ्चालन गरेका छन् । अस्ट्रेलियाको एलिलेड निवासी टाँनि तेरिज ले २ हजार गाई पालेर डेरी फर्म सञ्चालन गर्नाको साथै एग्रिकल्चर फर्म सञ्चालन गर्दै आएका छन् भने यस्ता कृषकहरूको संख्या धेरै रहेको छ ।
क्षेत्रफलको आधारमा विश्वमा रहेको १० ठुला देशहरु
रूस क्षेत्रफल १७०७५४०० वर्ग कि.मी, क्यानाडा क्षेत्रफल ९९८४६७० वर्ग कि.मी, संयुक्त राज्य अमेरीका क्षेत्रफल ः ९८२६६७५ वर्ग कि.मी, चीन क्षेत्रफल ९५९८०९४ वर्ग कि.मी, ब्राजिल क्षेत्रफल ८५१४८७७ वर्ग कि.मी, अस्ट्र«ेलिया क्षेत्रफल ७६१७९३० वर्ग कि.मी, भारत क्षेत्रफल ३२८७२६३ वर्ग कि.मी, अर्जेन्टिना क्षेत्रफल २७६६८९० वर्ग कि.मी कजाखिस्तान क्षेत्रफल २७२४९०० वर्ग कि.मी र अल्जेरिया क्षेत्रफल २३८१७४१ वर्ग कि.मी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0