Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो विरासत कायम राख्न सफल डिष्ट्रिक्ट ३२५ आइ नेपाल

प्रभातफेरी अनलाइन ६६१ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ३, मंगलबार (२ साल अघि)
आफ्नो विरासत कायम राख्न सफल डिष्ट्रिक्ट ३२५ आइ नेपाल

ईशामे सम्मेलनबाट गभर्नर केसी सम्मानित

काभ्रे । विगत वर्षझैं यो वर्ष पनि डिष्ट्रिक्ट ३२५ आइ नेपालले आफ्नो उचाइको विरासतलाई जीवन्त दिन सफल भएको छ । समाज सेवामा बिश्व कै अग्रणी सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर लायन चन्द्रकुमार केसी सम्मानित हुनुभएको छ ।
लायन्स अन्तर्राष्ट्रियमा सबै भन्दा बढी क्लब र लायन्स सदस्यता वृद्धि गरेकोमा सो सम्मेलनमा गभर्नर लायन केसी सम्मानित भएका हुन् । गभर्नर लायन केसीको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आई नेपालको तर्फबाट ३८ वटा नयाँ क्लबका साथै एक हजार २५ नयाँ सदस्य लायन्स अन्तर्राष्ट्रियमा दर्ता गराउन सफल भएका छन् । ३८ क्लब समेत गरी डिष्ट्रिक्ट ३२५ आई नेपालमा आजको मितिसम्म १ सय ८१ वटा क्लब रहेका छन् ।
सम्मानित भए पश्चात सामाजिक संजालमा सम्पूर्ण लायन्स सदस्यलाई धन्यवाद सहित आभार ब्यक्त गर्दै गभर्नर लायन केसीले लेख्नुभएको छ, ‘पुनः एकपटक यहाँहरूले आफ्नो डिष्ट्रिक्ट ३२५ आई मार्फत नेपाललाई लायन्स मार्फत संसारभर सुनिने, चिनिने र देखिने बनाउनुभएको छ । यहाँहरुको मेहनत र नेतृत्वदायी भुमिकाको म उच्च प्रशंसा गर्दछु । यहाँहरुले आफ्नो डिष्ट्रिक्टलाई प्रथम बनाउन सफल भई ५१औं इशामे फोरम, बंगलादेशमा पुरस्कृत गराउनु भएकोमा सम्पूर्ण लायनवादका अनुयायीहरुमा हार्दिक बधाई । हामी थाक्ने छैनौं र जित भन्दा अझ अगाडी सोच्ने छौं । मसँग त्यस्तो कुनै शब्द छैन, जसले यहाँहरुको योगदानको सम्मान गर्न सकँु र पनि सम्पूर्ण क्याविनेटका लिडरहरू क्लबका अध्यक्षहरुमा हृदयदेखि हार्दिक आभार प्रकट गर्दछु । बिशेष गरी यो अभियानमा योगदान गर्ने लायन साथीहरु यसको असली हकदार हुनुहुन्छ र यहाँहरु इतिहासले सम्झने एक पवित्र पात्र पनि हुनुहुन्छ ।’ भनी सम्बोधन गर्नुभएको छ ।
लायन्स अन्तर्राष्ट्रियको चार दिने ५१औं ईशामे फोरम डिसेम्बर १४ देखी १७ सम्म बंगलादेशको ढाकामा सम्पन्न भएको छ । सम्मेलनमा ६३ राष्ट्रका लायन्स सदस्यहरु र बाँकी अन्य मुलुकका पर्यवेक्षक गरी करिव १०० राष्ट्रका लायन सदस्यहरुको उपस्थिति रहेको छ । इशामेमा भारत, दक्षिण पूर्वी एशिया, अफ्रिका तथा मिडिल इष्टका ६३ राष्ट्रको क्षेत्रिय सम्मेलन भन्ने बुझिन्छ । यसमा लायन्सले गरेका कार्यक्रमको मुल्यांकन भावी कार्य योजनाका बिषयमा छलफल र निर्णय भएको छ ।
दुई हजार बढी लायन्स क्लबका करिव ५० हजार लायन सदस्यहरु नेपालमा लायनबादमा समर्पित भई सकृय रहेका छन् । नेपालका लायन्स सदस्य लायन्स अन्तर्राष्ट्रियमा परिचित भई सन् २०१५ र २०२३ मा अन्तर्राष्ट्रिय निर्देशक पाई सकेको तथ्य छ । लायन्सले नेपालमा गरेको सामाजिक कार्यको सम्मान गर्दै पहिलो पटक सन् २०१५ मा संजय खेतान र हाल बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशकको रुपमा नेतृत्व गरिरहनुभएको छन् ।

आफूभन्दा कम अवसर पाएका व्यक्ति र समुदायको सेवा नै लायनवाद हो ः लायन सूर्य केसी
बचेको समय, बचेको धन र परिवारलाई प्रफुल्ल बनाएर सामाजिक सेवामा समर्पित हुनु नै लायनवादको सच्चा अनुशरणकर्ता मानिन्छ ः लायन फुयाँल

काठमाडौं । Second Advisory Committee Meeting लाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं ड्रिष्टिक्ट चिफ एडभाइजर लायन सूर्य केसीले एउटा नयाँ सदस्यले सेवा गर्न आफूभन्दा कम अवसर पाएका व्यक्ति र समुदायका लागि सेवा गर्ने माध्यमका रुपमा लायन्स क्लबलाई लिनुपर्ने बताउनुभएको छ ।
लायनवादमा लाग्नेहरु समुदायका अग्रणी दस्ता हुन् । जो टिममा रहेर सामाजिक सेवा गर्ने गर्छन् । अर्काे अर्थमा भन्नुपर्दा सामूहिक रुपमा सेवा गर्ने संस्थाको नाम नै लायन्स क्लब हो । लायन्स क्लबका प्रत्येक लिडरले आफ्नो जीवनसंगीनीलाई यो अभियानमा जोड्न जरुरी छ । तब मात्र लायन्सको सही मर्मका बारेमा समाजले जानकारी पाउनेछ । जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ असम्भव भन्ने कुनै शब्द रहन्न । इच्छाशक्ति भए केही कुराले पनि रोकिँदैन भन्ने सन्देश डिष्ट्रिक्ट ३२५ आइ नेपालसँग आबद्ध क्लबका गतिविधिहरुले पुष्टि गर्दै गएको छ । यि कुराहरुलाई अझ व्यवहारिक रुपमा प्रस्तुत गर्नका लागि पदीय जिम्मेवारी पूरा गर्ने प्रण सबै लायनवादका अभियान्ताहरुले गर्नुपर्छ । सक्षम र कुशल नेतृत्व आजको आवश्यकता भएको लायन केसीले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

बचेको समय, बचेको धन र परिवारलाई प्रफुल्ल बनाएर सामाजिक सेवामा समर्पित हुनु नै लायनवादको सच्चा अनुशरणकर्ता मानिन्छ ः लायन फुयाँल

Advisory Committee Meeting मा सहभागी लायन्स लिडरहरुलाई निर्देशन दिँदै डिष्ट्रिक्ट जि.एस.टि कोअर्डिनेटर लायन जनार्दन फुयाँलले बचेको समय, बचेको धन र परिवारलाई प्रफुल्ल बनाएर सामाजिक सेवामा समर्पित हुनु नै लायनवादको सच्चा अनुशरण र अविच्छिन्न यात्राका रुपमा लिन सकिने बताउनुभएको छ ।
पछिल्लो समय केही क्लबहरुमा देखिएको सुस्तपनहरुका बारेमा क्लबभित्र छिरेर त्यहाँभित्रको समस्याको पहिचान गरी चिरफार गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । सदस्यबिना सेवाको कार्य चल्दैन । त्यसैले लायनको दायित्व नयाँ योजना र सेवा दिनुभित्र पर्छ । जबसम्म क्लबहरुलाई चलायमान बनाउन सकिँदैन, नियमित बैठक बस्न सकिँदैन, डिष्ट्रिक्टले परिकल्पना गरेको उद्देश्य प्राप्ति हुन सक्दैन । यदि क्लबहरु चलायमान बनाउने हो भने बैठकहरुलाई नियमित र छलफललाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने निर्देशन दिनुहुँदै दोस्रो जोन मिटिङका बारेमा डिष्ट्रिक्टको परिपत्रमा उल्लेखित निर्देशनहरुलाई पालना गर्न आग्रह समेत जि.एस.टि. कोअर्डिनेटर लायन फुयाँलले गर्नुभएको छ ।


मिटिङ रिजन–१८, जोन–३८ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं तारकेश्वर बालाजु, लायन्स क्लब अफ काठमाडौं लिटिल बुद्ध, लायन्स क्लब अफ काठमाडौं तारकेश्वर प्लानेट र लायन्स क्लब अफ काठमाडौं कोअपरेटिभको सहभागिता र लायन्स क्लब अफ काठमाडौं तारकेश्वर बालाजुले सौजन्य गरेको कार्यक्रममा सहभागी क्लबका अध्यक्षहरुले आफ्नो क्लबका गतिविधिहरुको बारेमा लिखित प्रतिवेदन पेश गरेका थिए भने प्रतिवेदन उपर आफ्नो रायसहित रिजन चियस पर्सन लायन प्रल्हाद शर्मा हुमागाईंले सुझाव दिनुभएको छ । कार्यक्रमको अध्यक्षता एवं सञ्चालन जोन चियर पर्सन लायन उद्धवराज तिमल्सिनाले गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0