Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिको कारण सहकारीहरूसँग विश्वसनियता गुम्दैछ

प्रभातफेरी अनलाइन ७०० पटक पढिएको प्रकाशित मिति: २०८० पौष ११, बुधबार (२ साल अघि)
Post Thumbnail

टोलटोलमा सहकारी घरघरमा भकारी भन्ने अभियानको साथमा सन्चालनको सुरुवात भएको सहकारी पछिल्लो समयमा आएर केही समस्यामा परेको छ । सहकारीको सुरुवातीको क्रममा गरिविको रेखामुनि रहेका बर्गको संरक्षण गर्न सफल भयो । बैकमा कर्जा लिन जाँदाको सास्ती अनि कर्जा लिएको पैसाबाट कर्जा उपलब्ध गराए बापतको भुक्तानीले पिरोलिएका बर्गको उत्थान गर्न सहकारी सफल नभएको हैन । जसको कारण सर्व साधारण जनताको ढुकढुकी सावित हुन पुग्यो सहकारी । विडम्बना पछिल्लो समयमा सहकारीमा विचार (राजनीति) घुस्दा साथै संचालकको मात्रै हालिमुहालिले गर्दा पछिल्लो समय सहकारी सिसाको घरमा सावित हुन पुगेको छ ।
सहकारी भनेको निष्पक्ष साथै स्वतन्त्र हुन जरुरी छ । तर पछिल्लो समयमा सहकारीमा राजनीतिकरण बढ्दै गएको छ । जसले गर्दा स्वतन्त्र रहन चाहने शेयर सदस्यहरू समस्यामा परेका छन् । त्यतिमात्रै नभएर पार्टीका अगुवा कार्यकर्ताले सहकारी हाक्ने साथै आफूसँग बिचार नमिलेकालाई सहकारीले दिनुपर्ने सेवा सुविधाको बारेमा बञ्चित गर्ने चलन ह्वात्तै वडेको छ । कुनैपनि सहकारीमा रहेका कार्यसमिति पदाधिकारी सहित सदस्य साथै उप—समितिमा आवद्ध रहनेहरू स्वतन्त्र हुनुपर्नेमा पार्टीको ह्वपका आधारमा चयन गर्ने परिपाटीले सहकारीहरुको विश्वसनियता बिस्तारै गुम्दैछ ।
पछिल्लो समयमा सहकारीले ल्याएको नयाँ अवधारणा अनुसार एक शेयर सदस्य समान प्रकृतिको धेरै सहकारीमा आबद्ध हुन नहुने नीति ल्याएको छ । यस्तो नीतिले सहकारीको हित रहन्छ तर पार्टीले सहकारीमा हस्तक्षेप गर्दा सहकारीको भविष्य धराशायी हुने अवस्था सुनिश्चित रहेको छ । विगतमा केही सहकारीले पार्टीमा आबद्ध भएकाहरूलाई मात्रै शेयर सदस्य बनाउने नीति नलिएका होइनन् तर पछिल्लो समयमा प्राय गरेर धेरै सहकारीहरुमा पार्टीको हस्तक्षेप हुने गरेको छ ।
कुनैपनि सहकारीले खुलेरै कुनै एक पार्टीको हितको लागि सहकारी सञ्चालन गर्नु सहकारीको सिद्धान्त अनुसार नभएपनि पार्टी कार्यकर्ताको हितको खातिर हुन्छ । त्यस्तो खाले सहकारीमा सोही पार्टीमा आबद्ध पार्टीका नेता कार्यकर्ता साथै समर्थकहरू रहनु नौलो होईन साथै त्यस्ता सहकारीमा आबद्ध शेयर सदस्यहरूमा सायद विभेद नहोला । देखाउने दाँत र चपाउने दाँत फरक गरी सञ्चालन हुदै गरेको सहकारीमा भने बिभेद हुनु स्वभाविकै हो ।
कुनै पार्टीको आडमा बनेको कार्यसमितिले सोही प्रकृतिका कर्मचारीहरूको छनोट गर्छन । त्यस्ता कर्मचारीहरूलाई कार्यसमितिको निर्देशन हुन्छ‚ हामी निकटलाई सुविधा दिनु अन्यलाई लगार्नु । पार्टीका इसारामा नाचेका सहकारीका कार्यसमिति र सोही ढंगबाट अगाडि बढेका कर्मचारीहरूले आफू निकटका विचार बोकेकाहरूलाई अवसर दिने मात्रै नभएर उनीहरूले सानो भन्दा सानो कार्यमा सफलता पाउँदा पनि सहकारीको तफर्बाट बधाईको ओइरो । विचार नमिल्नेले ठुलै उपलब्धि हासिल गर्दा पनि चुप । त्यस्तै कार्यसमिति साथै कर्मचारी निकट विचार मिल्नेकोमा हुने शुभ अशुभ कार्यमा लाग्ने लर्को र विचार नमिल्नेकोमा देखिने शुन्यताले सहकारीले विचारको आधारमा गरेको पक्षपाती व्यवहार प्रस्ट भएको छ ।
विगतमा शेयर सदस्यहरूको हितको खातिर सहकारीले निष्पक्ष व्यवहार गर्दा बैंकहरूलाई उछिन्न सफल भएको थियो । सहकारीको राम्रो व्यवहारका कारण सम्पूर्ण नेपालीले साथ दिएका थिए । पछिल्लो समयमा सहकारीमा देखिएको परिवर्तनले गर्दा नेपाली जनताहरू बैंक तर्फ आकर्षण हुन बाध्य भएका छन् । सहकारीको लामो इतिहासमा पछिल्लो समयमा आएर विश्वसनियता गुमाउँदैछ । सहकारीमा कार्यसमितिको चयन होस यात सहकारीहरुको छातासंगठनमा क्षमतावान , विज्ञ ,सक्षमता साथै निष्पक्ष व्यवहार गर्ने भन्दापनि पार्टीले छनोट गरेको व्यक्तिको छनोट गर्ने पछिल्लो परिपाटीलाई अन्त्य गर्न जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0