Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्यिक पत्रकारितामा एउटा नामः भवानी घिमिरे

प्रभातफेरी अनलाइन ३३७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (२ साल अघि)
साहित्यिक पत्रकारितामा एउटा नामः भवानी घिमिरे

मोहन दुवाल, वरिष्ठ साहित्यकार

साहित्यिक पत्रकारितामा भानुका सम्पादकका नामले सुपरिचित साहित्यिक पत्रकार, ‘सडक कविता क्रान्ति’का अगुवा कवि, स्पष्ट र आफ्नो विचार सम्प्रेषण गर्न सिपालु वक्ता भवानी घिमिरे नेपाली साहित्यिक इतिहासको पृष्ठमा कहिल्यै नमेटिने नाम भएर गएका छन् । उनले साहित्यमा पु¥याएको योगदान अविस्मरणीय छ । साहित्यिक पत्रकारितामा उनले पोखेका परिश्रमहरु ऐतिहासिक छन् । छुट्टै पहिचान बोकेर देखा पर्दै आएका यिनी भानु साहित्यिक पत्रकारितामा आफ्नो इतिहास सुनौला पृष्ठहरुमा अङ्कित गरेर जान सफल छन् । भानु अर्थात् भवानीदाई, थाक्न नजानेका साहित्यिक यात्री तथा वरिष्ठ पत्रकार हुन् ।


भवानी घिमिरेलाई मैले चिन्न पाएको पनि पाँचदशक पुग्न लागेको छ । सायद २०२३–२४ सालतिर नै हुनुपर्छ मेरा दाइ कृष्णप्रसाद दुवालसँग उनी घरमा आएका र भानुलाई मैले छाप्न र चुम्न पाएको । फुर्तिलो ढङ्गले कुरा राख्ने, सुनिरहूँजस्तो वार्ता चलाउने उनको बानी र बोली सुनेर सानै छँदा म प्रभावित भएको याद छ । झोलाभरि भानु राखेर काभ्रेका ठाउँठाउँमा भानु पु¥याउन उनले गरेको सङ्घर्ष र दाइले साथमा लागेर भानुको ग्राहक अभियानलाई साथ दिएका सन्दर्भहरु मेरो मानसपटलमा अझै मडारिएका छँदैछन् । खरो स्वाभाव, खट्न सक्ने बानी उनको बेजोडको थियो । रुपरेखा, अभिव्यक्ति, रचना र भानुका अंकहरु पढ्ने बानी म युवा छँदा नै नियमितजस्तो थियो । मलाई त्यसताका नै अर्थात् म १८ वर्षको छँदा नै ‘कविता लेख’ भन्ने भवानीदाइको त्यस वचनले मैले कविता पनि निरन्तर लेख्न थालेको हुँ ।
भवानीदाइलाई मेरो मनमझेरीमा राखेर हेरेको म युवा छँदा नै हो । त्यसताका मेरो मनमा भवानीदाइको बिम्ब राखेर म कल्पिन्थेँ – यस्तो मान्छे बन्न पाए पो ! विचारले, व्यवहारले, अझ साहित्य र साहित्यिक पत्रकारितामार्फत् सम्मोहन गर्दै भवानीदाइले मलाई पनि साहित्य र साहित्यिक पत्रकारितामा मन राख्न सिकाए । त्यसताका भानुका सङ्ग्रह गर्न लायकका थुप्रै अङ्कहरु, ‘लेखनाथ’, ‘देवकोटा’, ‘भानुभक्त’, ‘गोकुल जोशी’ लगायतका अङ्कहरु हेरेर म कल्पना गर्थें – कति महत्वपूर्ण साहित्यिक कार्यहरु ! पछिल्लोपल्ट पनि ‘डुवर्स अङ्क’, ‘विचार अङ्क’, ‘महानन्द सापकोटा अङ्क’, ‘हरिभक्त कटुवाल अङ्क’, ‘सिक्किम अङ्क’ का अनगिन्ती महत्वपूर्ण अङ्कहरु निकालेर नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा उनले पु¥याइदिएको योगदान अविस्मरणीय छ ।
“साहित्य जीवनजस्तै हुनुपर्छ, जीवनलाई उठाउने, उकास्ने” भनी साहित्यको परिभाषा गरेर साहित्यमा जीवन घोल्दै आएका भवानी घिमिरे आफूलाई असल मान्छे बनाउने अभियानमा लगाउँदा लगाउँदै जीवनलाई सङ्घर्षको प्रतिबिम्बजस्तो देखाएर गए । पिता हिरण्यनाथ उपाध्याय तथा माता हाटकेशरी घिमिरेका छोरा भई १९८७ साल असोज १३ मधुमासमा विराटनगरमा जन्मिएका भवानी घिमिरेको जीवनयात्रामा ‘कस्तूरा’ र ‘शिवानी’ भाउजूहरुले आ–आफूसक्दो साथ दिएको देखिन्छ । झापाका साहित्यिक कर्म गरेर राष्ट्रमा झापालाई चिनाउने कार्यमा पनि उनको योगदान अग्रिम रहेको विगतका इतिहासपृष्ठहरुले बताउँछन् । जीवनका सिर्जनाहरुमा ममता, मुक्ता, मनिता, मन्जिता, महत्ता, मीता र मनरुपी सातवटी छोरीहरु हुर्काएर आफूलाई भवानीप्रसाद घिमिरेबाट भवानी घिमिरेका रुपमा साहित्यिक व्यक्तित्व बनाएर गएका उनी जीवनमूलक साहित्यका हस्ती बनेर गए ।
माथि उल्लेख भएका थुप्रै आरोह–अवरोहहरु छिचोल्दै, साहित्यिक पथमा लाग्दालाग्दै, धेरै खालका अनुभूतिहरुमा हेलिँदै, रमाउँदै, थरिथरिका अनुभूतिहरु बटुल्दै हिँडिरहेका यात्री पो हुन् उनी । यात्रामा लाग्दा बाटोमा अनेकौं घुम्तीहरु आउनु र कठिन बाटाहरुमा हिँडिरहेको जस्तो देखिनु अस्वाभाविक मानिंदैन । हो, यस्तै यात्रामा पो रमाएर गए उनी ! साहित्यिक पत्रकारहरु अपहेलित हुँदै बाँच्नुपर्ने बाध्यता सिर्जित यस देशमा हामी साहित्यिक पत्रकारहरु कहिलेकाहीँ भ्रमवश वा नियतवश छुट्टाछुट्टै रहेर सङ्गठन गर्न बाध्य रह्यौं । ‘साहित्यिक पत्रकार सङ्घ’ छँदाछँदै साहित्यिक पत्रकारहरुको हित संरक्षण र अधिकारप्राप्तिको सवालमा कञ्जुस्याइँ भएको छ अर्थात् काम भएन भनेर हामी देशभरिका साहित्यिक पत्रकारहरुको भेलाले ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’ को गठन गरेका हौं । भवानीदाइ पुरानो सङ्घमा नै रमाउन गए, रोचक घिमिरेको नेतृत्वमा नेपाल साहित्यिक पत्रकार सङ्घको छहारीमा हामी देशभरिका साहित्यिक पत्रकारहरु गोलबन्द हुन गयौं । त्यस खालको विभाजनको स्थितिमा पनि एउटै ‘साहित्यिक पत्रकार सङ्घ’ बनाउनुपर्छ भन्ने मान्यतामा हामी सङ्घर्षरत थियौं । तर के गर्नु, भवानीदाइ गइहाले । व्यथा यथावत् छ । ‘साहित्यिक पत्रकार सङ्घ’ लाई ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’का रुपमा विधिवत एउटै बनाउने अभियानमा लाग्नु नै मेरो विचारमा भवानी घिमिरेजस्ता साहित्यिक पत्रकारहरुलाई सम्झिदिनु हो । भानु अर्थात् भवानी घिमिरे यसैका पर्यायवाची नाउँ भएर गए, उनलाई इतिहासमा संरक्षित तुल्याइदिने काम हामी सबै साहित्यिक पत्रकारहरुको दायित्व पनि हो ।
स्पष्ट आफ्नो विचार राख्न खोजिहाल्ने, कविता पढेर स्रोताहरुमा आफ्नो पहिचान देखाउन सफल स्रष्टा भवानी घिमिरेले कम्युनिष्ट पार्टीमा लागेर पनि काम गरे । तर भानुमा जस्तो उनी कतै पनि चर्चित हुन सकेनन् । नेपालीहरु बसोबास गर्दै आएको सिक्किम, दार्जीलिङ, कालिम्पोङ, आसाम, गोहाटी, नागालैण्डतिर पनि यिनी साहित्यिक पत्रकारका रुपमा प्रतिस्थापित भएको देखिन्छ । आफूलाई जनताका पक्षमा, देशको पक्षमा सधैं समर्पित तुल्याएर साहित्यमा भानुको प्रकाश फिँजाएर जान सफल साहित्यिक पत्रकार तथा स्रष्टा भवानी घिमिरेले लेखेर गएजस्तै “एकपटकको जीवन, मूल्य र मान्यतामा आधारित भएर राम्रो काममा समर्पित रहनु’ नै हो । “साहित्य जीवनजस्तै हुनुपर्छ” – उनी भन्ने गर्दथे । जीवनमूलक साहित्य लेख्ने साहित्यकारहरु यिनका मनपर्ने साहित्यकारहरु हुन् ।
वि.सं. २००२ सालमा उदय पत्रिकामा ‘दो मित्र’ (हिन्दी भाषामा प्रकाशित) कथा नै यिनका प्रकाशित पहिलो रचना मानिन्छ । यिनका प्रकाशित कृतिहरुमा आत्मज्वाला (कथा–२००९), नानी (कथा–२०१३), माओत्सेतुङ (जीवनी–२०१४), स्मृतिका रेखाहरु (कविता–२०२४), महानन्दको जीवनी वृत्तान्त (जीवनी–२०३५), मेरो अभिव्यक्ति (विविध–२०५८), आफ्ना अभिव्यक्ति कतिपय (२०३५), पारसमणि प्रधानको जीवनी छन् । यिनका थुप्रै लेख–रचनाहरु अप्रकाशित छन् । सम्पादनमा आफ्नैपन राख्न सफल यिनले थुप्रै पत्र–पत्रिकाहरुको सम्पादन गरेका छन् । यिनले सम्पादन गरेका पत्रपत्रिकाहरुमा जनयुग (पाक्षिक), हाम्रो नेपाल (मासिक), प्रकाश(साप्ताहिक), युवक (मासिक) छन् । भानु त्रैमासिक २०२० सालदेखि प्रकाशित रहेको र पछि मासिक साहित्यिक पत्रिकाका रुपमा हालसम्म पनि प्रकाशित छन् । यिनको देहावसानपछि पनि शिवानी घिमिरेको संरक्षकत्वमा सक्रिय युवा साहित्यकारहरुको सक्रियतामा भानु प्रकाशित छ । यिनले पाएका उल्लेखयोग्य पुरस्कारहरुमा गोपाल पाँडे असीम पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, महानन्द स्मृति पुरस्कार आदि छन् ।
२०६६ भदौ ४ गते राती १०ः१५ मा उनी दिवंगत भए । ७९ वर्षको उमेरमा भानुको प्रकाश साहित्यिक जगत्मा अनायास निभेजस्तो भयो । तापनि उनले फिँजाइदिएको साहित्यका मर्मशील भावनाहरु गुञ्जिरहनेछन् । भानुको साहित्यिक योगदान नेपाली भाषा साहित्यको इतिहासमा सधैं अविस्मरणीय रहने छन् । आज उनी हामीसँग छैनन् तर पनि उनले देखाएर गएका साहित्यिक गोरेटाहरु यथावत् छन् । उनले देखाएर गएका स्वाभिमानका मर्महरु गुन्जिइरहने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0