Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्यिक बिम्बहरुमा एउटा बिम्बः राधिाका राया

प्रभातफेरी अनलाइन ३१२ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १६, मंगलबार (२ साल अघि)
साहित्यिक बिम्बहरुमा एउटा बिम्बः राधिाका राया

मोहन दुवाल, वरिष्ठ साहित्यकार

वि.सं. १९८८ पुस १४ गते अनारमणी–६, झापामा जन्मेकी राधिका राया अर्थात् राधिका रायमाझीले झापामा मात्र नभई दार्जीलिङ र सिंगापुरमा छँदा पनि नेपाली भाषा साहित्यको सेवामा आफूलाई समर्पित तुल्याएको देखिन्छ । सिंगापुरबाट यिनले उषा पत्रिका र दार्जीलिङबाट सयपत्री एवम् ताण्डव पत्रिकाको सम्पादन गरेर साहित्यिक पत्रकारका रुपमा पनि आफूलाई सफलतापूर्वक चिनाइन् । नन्दलाल सिंह र लक्ष्मी रायमाझीकी सुपुत्री यिनी जीवनका पछिल्लो कालखण्डमा भानुनगर, भद्रपुरमा बसेर झापाको साहित्यिक उत्थानमा सक्दो खालको सहयोगी अभियन्ताका रुपमा परिचय छोडेर गएको स्मरण गर्न सकिन्छ । कप्तान बुद्धिमान लेप्चाकी जीवनसँगिनीका रुपमा परिचित राधिका रायाका पूर्खा नेपालबाट जीवन जिउने क्रममा भारतको खर्साङमा स्थायी बसोबास गरेका थिए । प्रारम्भिक शिक्षा उतैबाट गरेकी यिनी सानै छँदादेखि नै साहित्यमा रुचि राख्थिन् । यिनले कविता, कथा, निबन्ध, एकाङ्की विधामा आफ्नो कलम चलाएको देखिन्छ ।


भारतमा छँदा अर्थात् कक्षा ९ मा पढ्दै गर्दा गोरखा लिग आन्दोलनले गरेको नेपाली भाषाको पहिचानको आन्दोलनमा सक्रिय भएर लागेको कारणले यिनको पढाई छुटेको देखिन्छ । शारदेश्वरी कन्या विद्यालय, खर्साङबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेकी यिनले पछि घरमै रहेर स्वाध्यायन गर्न थालिन् र आई.ए.सम्म उत्तीर्ण गरेर नर्सिङमा बेसिक टे«निङ गरिन् । २०१० सालदेखि शिक्षिका भई शिक्षा सेवा गर्दै आएकी यिनी सेनाका छोराछोरीहरुलाई पढाउन सिंगापुर पनि पुगिन् । एउटै छोरी डा. रविना लेप्चालाई साथ दिएर बाँचेकी यिनी २०५८ सालमा श्रीमान्को अवसानले झन् एक्ली महसुस गरी जीवन क्रम गुजारेर बाँचिन् । साहित्यलाई अनमोल रत्नका रुपमा आत्मसात् गर्न रुचाउने यिनी साहित्यलाई धर्ममा पनि श्रेष्ठ, कर्ममा पनि श्रेष्ठ महसुस गर्थिन् । साहित्यमा यिनका प्रकाशित कृतिहरुमा तिमी नगएकी भए २०२३ सालमा प्रकाशित कथासङ्ग्रह हो । उनी गएको गोरेटो दोस्रो कथासङ्ग्रह २०६० सालमा प्रकाशित भएको देखिन्छ । यिनका २०५९ मा प्रकाशित एकाङ्कीसङ्ग्रह जीवनको इच्छाले यिनले नाट्यकारितामा पु¥याएको योगदानको स्मरण गर्नुपर्ने हुन्छ । आत्मकथ्य २०६० मा नै प्रकाशित निबन्धसङ्ग्रह हो ।
वि.सं. २०२८ देखि मात्र झापा जिल्लाको भद्रपुर नगरमा स्थायी बसोबास गर्न सुरु गरेकी यिनी भद्रपुरमै २०२९ सालदेखि शिक्षण सेवामा समर्पित भएर, झापाका साहित्यकारहरुसँग घुलमिल गरेर, सामाजिक र साहित्यिक संघ संस्थाहरुमा आफूसक्दो सहयोग पु¥याउँदै आफूलाई साहित्यकारका रुपमा चिनाइरहिन् । झापामा २०५३ पुस २४ गते वरिष्ठ कलाकार कुलमानसिंह भण्डारीसँग पुगेको पनि २० वर्ष भइसकेको छ । यही झापा यात्राको क्रममा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले डो¥याएर राधिका दिदीकहाँ पु¥याइदिएको याद छ । कृष्णा जोशीसँग आत्मीयता साट्दै गरेको क्षणमा हामी राधिका रायाको घरमा पुगेका थियौं । सुशील देखिँदो मुहार रंग, व्यावहारिक खालको रुप–रङ्ग, सरल खालको घर र कोठाको सजावट, सौम्य व्यवहारबाट खसेको नम्र शब्दहरुलाई त्यसताका मनमा राख्न पाएको अद्यापि सम्झना छ । छोरी रविनाले ल्याइदिएको चियाको चुस्की लिँदै राधिका दिदीसँग साहित्यिक कुराकानी गरेको क्षण आजपर्यन्त पनि सम्झना रहिरहेको छ ।
२०६७ चैत्र १२ गते मधुमेह रोगबाट यिनको भद्रपुरमा अवसान भयो । तर पनि यिनले पु¥याएर गएको शिक्षणसेवाका उत्सर्ग लाग्दा क्षणहरु, साहित्यमा गरेका सेवाभावहरु र अक्षरहरुमार्फत् मनका भावनाहरु पोखेर आफूलाई चिनाएर गएका साहित्यिक कृतिहरुले यिनलाई अमर तुल्याइदिएका छन् । सानै छँदादेखि अध्ययन गर्न रुचाउने राधिकाले धेरै खालको जीवनक्रमहरु गुजारेको देखिन्छ । जागीरे बुबासँग लागेर यिनी वि.सं. २००८ देखि २०१० सम्म धनकुटाको गोकुण्डेश्वर मा.वि.मा शिक्षिका भइन् । २०११ सालदेखि २०२३ सालसम्म मलेसिया, सिंगापुर र हङकङमा यिनले आफ्नो जीवन क्रमहरु गुजारेको देखिन्छ । २०२३ सालदेखि २०२७ सालसम्म कलकत्तामा बसोबास गरेर जीवनका ऊर्जाहरुमा यिनले ऊर्जा थपेको देखिन्छ। साहित्य लेखन र क्रियाकलापमा यिनी २००७ सालदेखि नै लागेको देखिन्छ ।
वरिष्ठ साहित्यकार देवकुमारी थापा सँगसँगै साहित्यिक अभियान र सिर्जनामा जुटेकी राधिका रायाले आफ्नो व्यवहारिक जीवनमा अनेकौं खालका संघर्ष गर्न बाध्य भए तापनि साहित्यिक मोहलाई छोड्न सकिनन् । जहाँ पुगे पनि, जता सेवा गर्नुपरे पनि केही न केही लेखिरहिन् । जहाँ पुगे पनि साहित्यकारकार रुपमा परिचय बाँड्न सफल भइन् । २००७ सालदेखि अर्थात् यिनी १८ वर्षको छँदादेखि नै सामाजिक, शैक्षिक, साहित्यिक, धार्मिक, व्यावहारिक अनेकौं खालका यात्राहरुमा आफूलाई समर्पित तुल्याउँदै आएको देखिन्छ । असल तथा सक्षम शिक्षिकाका रुपमा कर्म बाँड्न सफल यिनी साहित्यिक सेवा र सिर्जनामा पनि सुन्दर व्यक्तित्वका रुपमा परिचय बाँडेर जान सफल छिन् । व्यवहारमा पनि छोरीको प्रिय माताका रुपमा यिनले आफूलाई चिनाएर गइन् ।
राधिका रायाले आफ्नो जीवनक्रममा लेखेर गएका यी पंक्तिहरु स्मरण गर्न लायकका छन् । उनी लेख्छिन् –“मानवजीवन अनुभवको संग्रहकर्ता हो । यही अनुभवको लयमा हाम्रो ताल लिँदै अघि बढ्छ । एउटा अनुभवले तृप्त रहने यो हृदय होइन, तर सय अनुभवको लालसा राख्ने यो हृदय अघि पराजित हुनैपर्छ । मेरो हृदय पनि नवीन विषयको अनुभवमा तल्लीन थियो, सौभाग्यले विदेशको झलक हेर्ने अवसर मिल्यो । सुख त बाँडिन्छ तर दुःख जीवनसाथीको रुपमा देख्छु अनि संघर्षमाथि विजय भए मात्र मञ्जिलमा पुग्न सकिन्छ ।” संघर्ष हो जीवन भन्ने दृष्टिबोध भएकी साहित्यकार राधिका राया साहित्यले केही न केही नयाँ कुराहरु दिनुपर्छ, साहित्य ऐनाजस्तै प्रष्ट अरुलाई देखाउन सक्ने माध्यम हुनुपर्छ भन्छिन् ।
साहित्य लेख्नु भनेको आफ्नो मनमा आएका कुरा लेखिनु मात्र होइन, अरुलाई पनि प्रेरणा प्राप्त हुने शिक्षाप्रद ज्ञान अनुभूतिका रुपमा हेरिनुपर्छ । साहित्य लेखिनु भनेको सत्कार्यमा आफूलाई समर्पित तुल्याउनु हो। त्यसैले कवितामा यस्तै भावदृष्टि यिनी पोख्ने गर्छिन् ः
सत्–कार्य कठिन हुन्छ तापनि
यसको आफ्नै ‘मर्म’ र ‘कर्म’ छ
के यस्तो ‘मर्म’ र ‘कर्म’मा
भुलाउन सकिन्न र ?
विशेषतयाः कथामा आफ्नोपन र शैलीमार्फत् चिनाएर गएका सफल कथाकारको रुपमा यिनी प्रसिद्ध छिन् । शिक्षणसेवामा यिनको कर्मठता उल्लेखनीय छ, साहित्यिक सेवामा यिनले पु¥याएर गएका उत्सर्गहरु उच्चारण गर्न लायकका छन् । साहित्यका अन्य विधामा यिनको समर्पण उदाहरणीय छ। यस्तै सोच, सेवा, समर्पण र सिर्जनाका विशिष्ट लेखिका भएकै कारणले जनमत मासिकको एउटा अङ्क ‘राधिका राया विशेष’ अङ्कका रुपमा प्रकाशित छ । यसैगरी झापाको जुहीले र विराटनगरको बनिताले विशेषाङ्क निकालेर राधिका रायाको सिर्जनामा सम्मानपूर्वक अङ्क निकालेका छन् । उनको निधन भए पनि उनी सिर्जनामा सधैं बाँचिरहने छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0