Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धादिङका अगुवाः डिल्लीरमण शर्मा अज्र्याल

प्रभातफेरी अनलाइन ६१८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (१ साल अघि)
धादिङका अगुवाः डिल्लीरमण शर्मा अज्र्याल

मोहन दुवाल, वरिष्ठ साहित्यकार

धादिङ जिल्लाकै पहिलो स्नातक, धादिङवासीले स्वीकारेका ‘गुरु’, धादिङका एकजना साहित्य र शिक्षाका अगुवा हुन् डिल्लीरमण शर्मा अज्र्याल । यिनले धादिङमा पु¥याएका अथक प्रयासहरुका प्रसङ्गहरु अनगिन्ती छन् । वि.सं. २०२० सालदेखि यिनी शिक्षण सेवामा जुटेपछि निरन्तर २०५६ सालसम्म शिक्षक भई शिक्षण सेवामा लागिरहे । यिनले संस्कृत माध्यमिक पाठशाला, धादिङ नेवारपानी, भैरवी माध्यमिक विद्यालय सुनौला बजार, नीलकण्ठ उच्च मा.वि. धादिङबेसीमा गुरुका रुपमा आफूलाई प्रतिस्थापित तुल्याए र चिनाए । २०५८ सालतिर एक वर्ष धादिङ बोर्डिङ स्कुलमा पनि यिनले सेवा गरेको देखिन्छ । धादिङका धेरैजसोका ‘गुरु’ भई सेवा पु¥याउन पाएका यिनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमितिका अध्यक्ष भई शिक्षक हक–हितका लागि पनि जुटेका, सङ्घर्षमा खटेका एकजना पाका शिक्षक–नेता पनि हुन् । शिक्षक हक–हितका लागि समर्पित शिक्षकसमेत भइसकेका यिनी सीतायाण महाकाव्यका रचयिता रमेशचन्द्र अधिकारीजस्ता उनको विद्यार्थी भएकोमा उनी जिउँदो छँदा दङ्ग पर्छन् र बद्री दाहाल, हरि खनाल, नवीनबन्धु पहाडीजस्ता नयाँ पुस्ताका साहित्यकारहरु साथी पाएर मख्ख हुने गर्थे । यिनले धादिङ साहित्य समाजका अध्यक्ष भई धादिङमा साहित्यिक चहलपहल ल्याउन, धादिङमा सिर्जनाका बिरुवाहरु हुर्काउन आफूसक्दो समर्पित भई सेवा पु¥याएर गएका साहित्यकार हुन् ।


८ वर्ष छँदा विवाह गरिदिएकी श्रीमतीबाट छोरी ४ पाएका यिनले पछि घरमा सल्लाह मिलाएर आफूलाई अझ कर्मशील तुल्याउन भनी वि.सं. २०२५ सालमा अर्को विवाह गरेको देखिन्छ । विष्णुकुमारीलाई घरको कामकाज हेर्न दिई जेठीको अभिभारामा र सीतालाई बाहिरका काममा सक्रिय बनाई कान्छीकै रुपमा राख्न सफल यिनी दुई छोरा र ७ छोरीका बाबु पनि हुन् । जवान छँदा कृषिमा तल्लीन बलियो किसान पनि भएको हुनाले यिनी ४० सौं वटा गाईलाई आवश्यक घाँस काटेर आहारा पु¥याउने गर्थे । त्यसताका यिनले ज्यालास्वरुप शरीरले गरेको परिश्रमस्वरुप कम्तीमा १ पाथी दूध पिउने गर्थे । ज्यादै तगडा, खाइलाग्दो किसान पनि हुन् – डिल्लीरमण शर्मा । यिनी धेरै कामले चिनिने बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । शिक्षणसेवामा ४० औं वर्षसम्म आफूलाई समर्पित तुल्याएका, शिक्षण नेतृत्वमा स्वाभीमानी कष्ट ब्यहोरेर सफल नेतृत्व प्रदान गरेका डिल्लीरमणले साहित्यमा पनि धादिङमा सबैजसोका मन जित्न सफल छन् । साहित्यतिर २०२० सालदेखि रङ्गस्तुति खण्डकाव्य लिएर देखापरेका यिनका अन्य प्रकाशित कृतिहरुमा वेदनिधि (शोक काव्य), छन्दपरिचय, गङ्गा–जमुना (कवितासङ्ग्रह), जीवनका कथा–व्यथाहरु (संस्मरण), अष्टचिरञ्जीवीहरु (कथासङ्ग्रह), मुटु खायो (गीतसङ्ग्रह), अलङ्कार परिचय (व्याकरण) लगायत जम्मा १८ वटा कृतिहरु प्रकाशित छन् । छन्दज्ञान पाएका व्याकरणविद्, कवि, समाज बुझेका सामाजिक कथाकार तथा गीतकार डिल्लीरमणशर्मा अज्र्यालको जन्म वि.सं. १९८८ चैत्र ७ गते नलाङ गा.वि.स. धादिङमा पिता ज्योतिषी वेदनिधि अर्याल र माता अयोध्यादेवी अर्यालका छोराका रुपमा भएको हो । संस्कृतमा शास्त्री उत्तीर्ण गरेका यिनले शिक्षणसेवामा लाग्दालाग्दै बी.एड. तालिम पनि प्राप्त गरेका हुन् ।
धादिङका गुरु डिल्लीरमण शर्माले धादिङमा धेरै खालका फाँटहरुमा आफ्नो परिश्रम, आफ्नो सिर्जना, आफ्नो बलबर्कत, आफ्नो बौद्धिकता सबैथोक पोखेका हुन् । यिनी बलियो छँदा समारोहमा धाउँथे, स्मारिकालगायत साहित्यिक पत्रपत्रिकामा भाषा मिलाइदिन्थे । शुद्धाशुद्धि देखाउन आउनेहरुको पाण्डुलिपि हेर्थे, भूमिका लेखिदिन्थे, कविता लेखेर छपाउन पाएपछि गौरव मान्थे । यस्तै–यस्तै कर्मशीलता बोकेर गएका यिनी आफ्नो कर्मशीलतामा गौरव मान्छन् र साहित्यसेवा र शिक्षणसेवा गर्न पाएकोमा प्रफुल्लित हुन्छन् । धादिङको मन–मनमा आफूलाई साँच्न पाएकोमा यिनी आफूलाई भाग्यशाली सम्झिन्छन् । धादिङको माटोमा सिर्जनाका लहराहरु झुलाउन मन गर्ने यिनी काशीबाट शिक्षा प्राप्त गरेका ब्राह्मण पनि हुन् । तर पनि यिनी समाजमा व्याप्त रुढिवाद हटाउन मन राख्छन् । जीवनको पछिल्लोकालमा यिनी विस्मृतिमा लीन भए – कसैलाई नचिन्ने, बोल्न जाँगर नचलाउने, एकटकले हेरिरहने । सायद मनमा कुरा खेलाइरहन्छन् । जनैखटिरा आएर दुःख दिएपछि यिनले यो स्थिति भोगे ।
यिनी ज्ञानका तिर्खालु । समाजका सेवक । सबैले चिनेका मास्टरसाहेब । विशिष्ट साहित्यकार । यिनी १७–१८ वर्षको उमेरमा नै भारतको पटना, बनारसमा ज्ञानको भोक मेट्न घरबाट भागेर गएका हुन् । धेरै वर्ष भारतमा बसेर यिनले व्याकरणमा मध्यमा पटना विश्वविद्यालयबाट र साहित्यशास्त्री बनारस विश्वविद्यालयबाट उत्तीर्ण गरी वि.सं. २०२० तिर अध्ययन सिध्याई यिनी धादिङमा पसे । अनि यिनी शिक्षक बने । प्रा.वि. देखि मा.वि.सम्मका शिक्षक बनेका यिनले धादिङको गाउँबस्तीमा चेतना फिँजाउन, वन–जङ्गलको संरक्षण गर्न, कृषिमा वैज्ञानिकता ल्याउन पनि भरमग्दूर प्रयास गरेका छन् ।
डिल्लीरमण शर्मा अज्र्याल; त्यसैले त – धादिङले मन पराएर बनाइएका सबैका गुरु हुन् र त्यस्तै साहित्यिक समाजका अगुवा हुन् । साहित्यका विविध विधामा लेख–रचना लेखेर आफ्नो साहित्यिक पहिचान छोड्न सफल यिनी आफ्नो दृष्टिमा साहित्यलाई यसरी व्यक्त गर्न रुचाउँछन् –“जसरी सूर्यको प्रतिबिम्ब ऐनामा वा पानीमा देखिन्छ त्यसै गरी समाजको प्रतिबिम्बि साहित्यमा देखिनुपर्छ । मेरो दृष्टिकोणमा समाजको प्रतिबिम्ब नै साहित्य हो ।” यिनी विदेशी साहित्यकारहरुमा शेक्सपियर र दाँते ज्यादै मन पराउँछन् भने स्वदेशी लेखकहरुमा लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण समबाट विशेष प्रभावित छन् । साहित्यको श्रीवृद्धिमा सधैं लागिरहने, साहित्यकै श्रीवृद्धि होस् भनेर चाहना राख्ने यिनको दृष्टिमा “जीवन भनेको – कर्कलाको पानीजस्तो क्षणिक, अनित्य भएको हुनाले सक्दो बेलामा सकेजति राम्रा कार्यहरु गरेर जानुपर्छ ।” त्यसैले यिनी सधैं सकेका कार्यहरु गरेर, सिर्जनाका हरफहरु मनमा साँचेर जनमनकै लागि सधैं तल्लीन हुन रुचाइरहन्छन् ।
मोफसलका साहित्यकार डिल्लीरमण शर्मा अज्र्यालले धेरै गरे, धेरै लेखे, धेरै खालका मर्महरुमा आफूलाई समाहित तुल्याए तर पनि काठमाडौंबाट टाढाजस्तो हुनुपर्ने भौगोलिक बाध्यताले गर्दा धेरै गरेर पनि थोरै देखियो, धेरै लेखिएर पनि थोरै लेखिएजस्तो भयो । यही पीडा हो मोफसलको । यही पीडामा उनी पनि यस्तो भन्छन् –“मोफसलका साहित्यकारहरुको सितिमिति मूल्याङ्कन भएको पनि छैन र हुने पनि छैन, किनकि राजधानीलाई नै नेपाल मान्ने र त्यसदेखि बाहिर नेपाल नसम्झने प्रवृत्ति हरेक क्षेत्रमा हावी भएको देखिएको र भोगिएको छ । राजधानी वरिपरि रहेका साहित्यकारहरु प्रत्यक्ष देखिने हुँदा तिनीहरुकै दोहो¥याई–तेह¥याई मूल्याङ्कन भइरहेको हुन्छ । अन्यत्र कहीँ कोही नभएको झैं दसौं, बीसौंपल्ट पनि उनै–उनै व्यक्तिहरुको मूल्याङ्कन भइरहेको देखिन्छ । क्षेत्रीय र अञ्चलस्तरीय छुट्याइएका पुरस्कारहरु पनि मोफसलबाट लुटेर राजधानीकै कविहरुलाई नै असिना बर्सिएझैं खापाखाप पुरस्कारका राशिहरु थुप्य्राइएका छन् ।” तर पनि उनी निराश भएनन्; लेखकीय जीवनबाट उनी सन्तुष्ट रहेको कुरा गर्ने गर्छन् ।
असल र आदरणीय शिक्षक, नेपाली भाषा, साहित्यका मर्मज्ञ साहित्यकार डिल्लीरमण शर्मालाई मैले पनि धादिङ पुगेर सुम्सुम्याएको छु । उनले पनि मेरो घर बनेपासम्म आई मलाई सुम्सुम्याइदिएका छन् । मैले डिल्लीरमणका सामाजिक प्रसङ्गहरु डिल्लीरमणलाई छामी हेर्दा मैले कलुषितता पाउन सकिनँ, मैले उनले पु¥याएका शिक्षणसेवाका पाटाहरुमा मन दिई पढिहेर्दा दूषितता भेटाउन सकिनँ, उनका साहित्यका हरफ–हरफहरुमा मैलै कतै बिगारका मतिहरु देखिनँ । त्यसैले उनका भावनाहरु समाजका लागि सम्प्रेषित गर्न लायकका छन् । ढाँटछल गर्न नजानेका, आफूलाई लागेको स्पष्ट भन्न रुचाइहाल्ने धादिङका गुरु डिल्लीरमण शर्मा पनि देशको हालको अशान्त स्थितिप्रति सन्तुष्ट छैनन् त्यसैले उनले गुनासो पोखेका थिए यसरी –“हालको सामाजिक स्थिति अशान्त र कष्टप्रद छ । साहित्य पनि तदनुरुप चलेको छ । त्यो अशान्त स्थितिले साहित्यलाई निकै प्रभावित पारेको छ ।”
दिनरात अध्ययन– चिन्तन, मनन र साहित्यिक लेखनमा जीवनका क्षणहरु गुजारिरहेका डिल्लीरमण शर्मालाई अचानक केही वर्ष अगाडि आएको जनै खटिराले ज्यादै दुःख दियो । यिनले सोच्दै गरेका जीवनले देख्दै गरेका थुप्रै सपनाहरु अनायास निमोठिदिएको जस्तो भयो । चाखका रुपमा खानेकुरामा दूध मीठो मानेर सुक्र्याउने गर्दथे । साहित्यकारहरु साथी बनाउन पाउँदा खुसीले मख्ख पर्छन् । शोख या बानी के हुन् दौरा सुरुवाल इस्टकोट र कोटमा आफूलाई सजाउन पाएपछि गौरव गर्दथे । रोगव्याधीले नसताइएका यिनलाई के भो के भो विस्मृतिका तरङ्गले छोप्ने ग¥यो । र यसरी जीवनका तरङ्गहरुमा आफूलाई कमजोर बनाउँदै वि.सं. २०७२ साउन ४ मा यिनले आफ्नो देह त्याग गरे । धादिङको माटोमा फुलेको ऐतिहासिक फूलको सुवासनाले बास्ना दिइरहने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0