Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फलामे ढोकाको अपहेलना अन्त्य गर

प्रभातफेरी अनलाइन ८२० पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)
Post Thumbnail

अहिले मुलुकमा फलामे ढोकाको रुपमा स्थापित भएको एसईई परीक्षा सञ्चालन भइरहेको छ ।
पछिल्लो समय एसईई परीक्षाप्रति परीक्षार्थीहरुको चासो कम हुँदै गएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा १० मा परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका थिए । प्रवेशपत्र लिएकामध्ये पनि परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थित भएको जानकारी गराएको छ । यसरी अनुपस्थित हुनेमा अधिकांश छात्र रहेका छन् । फाराम भरेर पनि अनुपस्थित भएकामध्ये केहीले बिचैमा पढाइ छाडेको देखिन्छ तर प्रवेशपत्र लिएर पनि अनुपस्थित हुनुका कारण भने यकिन तथ्यांक सरोकारवाला निकायसँग छैन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको ३५ हजार अनुपस्थित परीक्षार्थीको तथ्यांकलाई हेर्ने हो भने यो गम्भीर विषयका रुपमा लिन आवश्यक छ । यसले नेपालको शिक्षा कता जाँदैछ भन्ने तर्फ इंकित गरेको सहजै अनुमान गर्न सकिन्छ । यस किसिमको निरन्तरताले भोलि यो मुलुकमा शैक्षिक जनशक्तिको टड्कारो समस्या खड्किने छ । तसर्थ, यसतर्फ सरोकारवाला निकाय गम्भीर बनेर तत्काल सूक्ष्म अध्ययन अनुसन्धानमा जाओस् भन्ने अपेक्षा हामीले लिएका छौं ।
बिडम्बना ! रोजगारी, श्रम बजारमा गएका कारण पनि यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने नीति अख्तियार गरेको छ भने दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने जानकारी गराएको छ । यो निर्णय कार्यान्वयन हुनेमा सर्वत्र चिन्ताको विषय बनेको छ ।
अझै पनि नेपालको शिक्षालाई कक्षा कोठाका चार पर्खालभित्रको शिक्षक केन्द्रित कर्मकाण्डी प्रक्रियाभन्दा फरक बनाउन सकिएको छैन । प्रगतिशील शिक्षण त सिद्धान्त र दर्शनमै सीमित हुन पुगेको नेपालको शिक्षा नीतिले रोजगारमुलक जनशक्ति उत्पादनतर्फ उपयुक्त फड्को मारेको पाइन्नँ । बहुल समाज भएको हाम्रो देशमा सही अर्थमा संस्कृतिसापेक्ष शिक्षण हुन नसक्दा पुरातन ज्ञान, संस्कार र संस्कृतिको अन्वेषण र प्रवर्धन हुन सकेको छैन । विविध जात, धर्म, लिङ्ग र समुदायमा रहेका एकअर्काप्रतिका नकारात्मक धारणा, शङ्का र बेमेल हटाएर सही अर्थमा एकता र सद्भाव स्थापित गर्ने शिक्षाको आवश्यकता छ । सरोकारवाला निकायले यसतर्फ तत्काल ध्यान दिन नसकेमा यो तथ्यांक विकराल समस्याको रुपमा स्थापित हुनेछ ।
शिक्षा राष्ट्रनिर्माण गर्ने कालिगड उत्पादन गर्ने प्रक्रिया हो । यो मानव जीवनको शुद्धीकरणका लागि निरन्तर चल्ने अभियान पनि हो तर देशका राजनीतिक दलले शिक्षा मन्त्रालयलाई कम प्रथामिकतामा राख्ने गरेको छ । वास्तवमा यो निकाय संवेदनशील र महत्वपूर्ण छ । यसमा वर्तमान नेतृत्वले ध्यान पु¥याउन आवश्यक छ । हुर्कंदै गरेका कलिला मस्तिष्कदेखि देशका सम्पूर्ण विद्वत् वर्गको नेतृत्व यस मन्त्रालयले गर्ने गरेको छ । त्यसैले हालका शिक्षामन्त्रीका अगाडि चुनौतीका पहाड नै बनेका छन् यि ३५ हजार अनुपस्थित परीक्षार्थीहरु । सही नेतृत्व गर्न सकियो भने देशको समग्र शैक्षिक क्षेत्र र सारा राष्ट्र साथमा रहने छ । त्यसैले कर्मकाण्डी काम मात्र नगरी समग्र शैक्षिक क्षेत्रको उन्नयनका लागि नयाँ नेतृत्वले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षार्थीहरुको तथ्यांकतर्फ आफ्नो ध्यान केन्द्रित गरोस् भन्ने ठम्याइमा हामी छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0