logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

गोकर्णेश्वर नगरपालिकाको अनुशरण अन्य पालिकाहरुले गरुन्

प्रभातफेरी अनलाइन६५८ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २८, बुधबार(२ साल अघि)
Post Thumbnail

हालै गोकर्णेश्वर नगरपालिकाले ओझेलमा रहेका प्रतिभाहरुको प्रतिभा प्रस्फुटनका लागि जुन किसिमको उद्धारता देखायो, त्यसको अनुशरण ७ सय ५२ वटै पालिकाले गर्नुपर्छ । जसबाट समाजमा लुकेर रहेका प्रतिभाहरुले आफ्नो प्रतिभालाई प्रस्फुटन गराउनुको सँगसँगै प्रविधिको नाममा भित्रिएको नकारात्मक पक्षबाट उन्मुक्ति प्राप्ति गर्ने थिए ।
महिला साहित्यिक जागरण अभियान अन्तर्गत आत्मस्मरण लेखन प्रतियोगिताको मुख्य प्रायोजक बनेर दर्जनौं महिला दिदीबहिनी, बालबालिका, विद्यार्थीहरुमा खुशियाली ल्याउने काम गरेको छ । उक्त सकारात्मक कार्यप्रति हामी साधुवाद व्यक्त गर्दछौं ।
प्रतियोगितामा सहभागीहरुको जुन किसिमको उत्साह कार्यक्रमस्थलमा पाइयो त्यसका बारेमा चर्चा गर्ने हामीसँग कुनै शब्द रहेन, मात्रै कार्यक्रम होस् त यस्तो भन्दा अर्काे भन्नुपर्ने विकल्प भेटिएन ।
कार्यक्रमका प्रमुख अतिथि जसले नेपाली समाजमा अझै पनि समाजमा विद्यमान रहेको पितृसतात्मक राज्यसत्ताका अवशेषहरुका बारेमा चर्चा गरिरहँदा हलमा एक किसिमको सन्नाटा छाएको देख्दा हामीले बगाएको बलिदान के यतिका लागि हो त ? भन्ने प्रश्न चिन्हहरु स्रष्टाहरुमा नठोकिएको होइन !
प्रमुख अतिथिले सम्मान अर्पण समारोहतर्फ इंकित गर्दै नेपाली महिलाहरु अहिले पनि पितृसतात्मक सत्ताको अघोषित रुपमा आफू पनि दासत्वको सिकार हुनुपरेको खुलासा गर्नुहुँदै नेपाली महिलाहरुको यथार्थता चित्रण गर्नुभएको छ । सम्बोधनकै क्रममा पोखिएका अभिव्यक्तिहरुले एक किसिमको कारुणिकता झल्किएको पाइयो । यस किसिमका अभिव्यक्तिहरु सार्वजनिक रुपमा आइरहनु पक्कै पनि सुखद खबरका रुपमा लिन सक्ने अवस्था हामीलाई रहेन ।
जति पनि सम्बोधनका क्रममा पोखिएका अभिव्यक्तिहरु थिए, ति मर्मस्पर्शी र कारुणिकताले भरिएका थिए । एउटा जिम्मेवार तहमा पुगेको जिम्मेवार व्यक्तिले सार्वजनिक ठाउँमा व्यक्त अभिव्यक्तिहरुको समीक्षा गर्ने हैसियत जो कसैले राख्छ भने समग्र मुलुकको आजको नेपाली महिलाहरुको अवस्थाका बारेमा चित्रण गर्नको लागि मुलुकको कुनाकन्दरा चहार्नु पर्दैन ।
उल्लेखित अभिव्यक्तिहरुको एउटा वाक्य सापटीका रुपमा जोड्ने कोसिस गरेका छौं । “आफुले जन्माइ हुकाई, पढाई, बढाई गरेको छोराको समेत दासत्व स्वीकार्न विवश छौं हामी महिला ।” यो अवस्थामा रहेको महिलाहरुको यथार्थतालाई हामी कलमजीविहरुले कसरी भुल्न सक्छौं ? यसतर्फ गम्भीरताका साथ अग्रदस्तामा रहेर सीमित प्राप्त अधिकारहरुको सही सदुपयोग गर्दै आ–आफ्नो जिम्मेवारीलाई भुईंमान्छेसम्म पु¥याउन चुक्ने छैनौं भन्ने प्रण गर्दै सबै स्थानीय सरकारसँग फेरि पनि हाम्रो आग्रह छ, यस किसिमका अनुशरणयोग्य कार्यक्रम ल्याउन जरुरी छ भन्ने निचोडमा हामी पुगेका छौं ।