Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षासेवी तथा साहित्यका सेवकः आशाकाजी श्रेष्ठ

प्रभातफेरी अनलाइन ७०३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
शिक्षासेवी तथा साहित्यका सेवकः आशाकाजी श्रेष्ठ

मोहन दुवाल, वरिष्ठ साहित्यकार

“मान्छेको जीवन नाटकको पात्रजस्तै हो” भनी जीवनप्रति दृष्टि पोख्न रुचाउने आशाकाजी सेवकले दुःखका डरलाग्दा दिनहरु भोग्दै, सुखमय जीवन प्राप्तिका लागि अनेकौं कष्ट र हण्डरहरुसँग जुध्दै जीवनका क्षणहरु गुजारेर गएको देखिन्छ । १८ वर्षको उमेरमा नै शिक्षणसेवामा लागेका आशाकाजी सेवकले आजाद मा.वि. र प्रौढ शिक्षा निकेतन बनेपामा, चण्डेश्वरी मा.वि. नालामा र काभ्रे बहुमुखी क्याम्पस बनेपामा गरी ५० औं वर्ष शिक्षणसेवामा जीवनका उत्सर्गहरु बिताएर गएको देखिन्छ । शिक्षणसेवामा निरन्तर सेवा पु¥याएर गएका वरिष्ठ शिक्षक आशाकाजी श्रेष्ठले चण्डेश्वरी मा.वि.को उन्नति र प्रगतिका लागि आफूले सक्दो योगदान पु¥याएर निवृत्त भइसकेका यिनी काभ्रे बहुमुखी क्याम्पसबाट पनि क्याम्पस प्रमुखबाट निवृत्त भइसकेका पुराना प्रअ तथा क्याम्पस प्रमुख हुन् । शिक्षण सेवाका अतिरिक्त साहित्य र सामाजिक सेवामा पनि लागिरहने आफ्नो इच्छा रहेकोे अनुभूति पोख्ने गर्थे । शिक्षणसेवा गर्नु भनेको चानचुने सेवा र समर्पण होइन । यही शिक्षणसेवा गरेर जीवनका अनुभवहरु बटुल्नुहुने आशाकाजीसरको इच्छालाई साकार पार्न यिनका कान्छा छोरा रविले बालवाटिका विद्यामन्दिर खोलेर आफ्नो घरलाई शिक्षामन्दिर बनाउन परिश्रम खर्च गर्दै छन् ।


वि.संं. १९९१ फागुन २० गते पिता कृष्णबहादुर श्रेष्ठ र माता हेकुमाया श्रेष्ठको कोखबाट बनेपा, क्वलाटोलमा यिनको जन्म भएको हो । बुबा÷मुमाले जुराइदिएको नाम आशाकाजी श्रेष्ठ, आफैले जोडेको विशेषण हो सेवक । हो, यिनले शिक्षा, साहित्य र समाजको सेवा आफूले सक्दो पसिना बगाएर निःस्वार्थ ढङ्गले सेवा गरेकोले यिनको सेवक नाम सार्थक रह्यो । श्रीमती गणेशमाया श्रेष्ठको साथ पाई किशोर, हृदय, जीवन र रविका उच्छ्वासहरु समाजमा हुर्काएर काभ्रे बहुमुखी क्याम्पसमा उत्कृष्ट सेवा पु¥याएर गएका सेवकसरले शिक्षाको हकमा एम.ए., बी.एल., बी.एड. आफ्नै कठिन परिश्रममा घरमै अध्ययनरत भई पूरा गरेको देखिन्छ । कठिन प्रयास, निरन्तर अध्ययन र आत्मविश्वासको उत्सर्ग बोकेर जीवनपथमा कुदिरहन खोज्ने आशाकाजीले शिक्षणसेवामा आफ्नै खालका उदाहरणहरु छोड्न सफल हुनाका साथै कविता, शैक्षिक लेख, संस्कृतिसम्बन्धी रचना लेखेर पनि सेवा पु¥याएर गएको देखिन्छ । यिनका प्रकाशित पुस्तकहरुमा नागरिकशास्त्र, इङ्गल्याण्डको इतिहास, किपाः (नेपालभाषा कवितासङ्ग्रह), भ्बकथ भ्लनष्किज भ्हभचअष्कभ एबचत ज्ञ ७ द्द, शिक्षक खोज्न जाँदा र शैक्षिक रचनाहरु, चक्रव्यूह (कवितासङ्ग्रह), बनेपाका चाडपर्वहरु, कुरा साँचो, आशाको टिपनटापन, आशाको भावना र वह लगायत अमेरिका यात्राबारेको पुस्तक पनि प्रकाशित भएको देखिन्छ ।
“साहित्य जीवनको प्रतिबिम्ब हो” भन्नुहुने साहित्यकार आशाकाजी सेवक चित्तधर हृदयले साहित्यमा प्रभावित पारेको र विदेशी साहित्यकारहरुमा लियो टाल्सटाय सबभन्दा मनपरेको कुरा बताउने गर्छन् । २००९–१० सालदेखि नै साहित्यिक सेवामा, साहित्यिक पत्र–पत्रिकाहरु प्रकाशनमा जुट्दै आएका सेवकले भोस्वाँ (नेपालभाषा कवितासङ्ग्रह), चिराकजस्तो नेपालीभाषाको साहित्यिक मासिक र कविता मुना (नेपालभाषा कवितासङ्ग्रह) को राम्रो सम्पादन गरी ५५ औं वर्षअगाडि नै आफ्नो साहित्यिक भावना र समर्पण देखाइसकेको हो । यिनले आफ्नो सम्पादनमा भुजङ्ग (काभ्रे बहुमुखी क्याम्पसको वार्षिक पत्र) पनि निकालेको देखिन्छ । सुनकोसी साहित्य प्रतिष्ठानका संस्थापक सदस्य भई सेवा पु¥याएर गएका सेवकले बृद्धाश्रम निर्माणमा, काभ्रे क्याम्पस निर्माणमा, प्रतिभा सम्मान प्रबन्ध गुठीमा र समाजमा हुने र भएका थुप्रै सामाजिक क्रियाकलापहरुमा आफूले सक्दो श्रम खर्च गरेर गएको तथ्य सबैमा जगजाहेर छ ।
“ढुङ्गे बगर, खोलाको छेउ मन पर्ने ठाउँ हो” भन्न मन पराउने सोझा मास्टर आशाकाजी श्रेष्ठ षड्यन्त्र र झुटो कुरा मन पर्दैन भन्ने गर्छन् । शान्तिप्रिय मान्छे मनपर्छ भनी मान्छेको सोझोपनमा विश्वास गर्ने कवि सेवक आफ्नो सोझोपन नै उनका लागि कमजोरी हो भन्छन् । अमेरिकामा अध्ययन गर्न जाँदाका क्षणहरु नै सुखद क्षणहरु हुन् भनी सुखद क्षणको उल्लेख गर्न खोज्ने उनले अविस्मरणीय दुःखद क्षणका रुपमा जेलको यातना भोग्दाको क्षणलाई बताउने गर्छन् । राजनीतिमा साधारण समर्थक भई नेपाली काङ्ग्रेसको राजनीतिलाई मन पराएकोले २०१७ सालको राजनीतिक पर्वमा यिनी अराष्ट्रिय तत्वका रुपमा केही महिना जेलमा परे र पछि उनी धरौटीमा छुटे । प्रजातन्त्र मन पराएबापत नेपाली काङ्ग्रेस भएका सेवकले पछिल्लो जीवनक्रममा राजनीतिमा सक्रिय भएर, सङ्घसंस्थामा लागेर सेवा पु¥याएको देखिँदैन । राजनीतिमा देखापरेका बेथिति, विसङ्गगतिप्रति आफ्नो असन्तुष्टि व्यङ्ग्यस्वरुप गोरु ब्याउन सक्छ भनेर यिनी यसरी व्यङ्ग कस्छन् ः
मरेकाहरु पनि निर्वाचनमा
मतदान गर्न आउँछन् भने
यो देशमा के हुन सक्दैन
सबैथोक हुन सक्छ ।
यस्तै सरल भाषाका कविताका अनुभूति पोख्ने सेवकले नेपालभाषा र नेपाली दुवै भाषामा समान रुपले कलम चलाएको देखिन्छ । साहित्यमा पनि आफूले सक्दो श्रमका बूँदहरु पोख्नुहुने सेवकको मूल्याङ्कन गरी सुनकोसी साहित्य प्रतिष्ठानले २०५२ सालमा यिनको अभिनन्दन गरिसकेको छ । त्यसैले सेवकसरको साहित्यिक योगदान र कृति दर्विलो र गर्विलो नै देखिन्छ ।
२००१ सालदेखि शिक्षा आरम्भ गरेका र २००९ सालदेखि शिक्षणसेवा र सृजना आरम्भ सुरु गरेका आशाकाजी श्रेष्ठले शिक्षणक्षेत्रका निकै रमाइला क्षणहरु हेरेर, राजनीतिमा हुने षड्यन्त्रका डोबहरु भोगेर र साहित्यिक यात्राका अनुभवहरुका उत्सर्ग–भावनाहरु मनमा समेटेर आफ्ना जीवनक्रमहरु गुजारेको देखिन्छ । कहिले शिक्षकहरु खोजेर, कहिले विद्यालयको वार्षिक दिवसमा भुलेर, कहिले क्याम्पसको उन्नतिमा लागेर आफ्नै अनुभवलाई सँगाली यिनले थुप्रै शैक्षिक रचनाहरु प्रकाशित गरेको देखिन्छ ।
इतिहास तथा संस्कृतिका अध्येता आशाकाजी सेवकले इतिहास, संस्कृतिका थुप्रै लेख–रचना पनि लेखेका छन् । निरन्तर खोजिरहने, निरन्तर लागिरहने चाहनाले नै यिनको जीवनमा थप ऊर्जा प्रदान भएको देखिन्छ । लामो समयदेखि शिक्षणसेवामा लागी अनिवार्य अवकाश प्राप्त गरिसकेर पनि जाँगर र बलबुता मनमा भरेर प्राइभेट क्याम्पस सञ्चालनमा खटेर लाग्दै आएका आशाकाजी श्रेष्ठले वि.सं. २००९ श्रावण ९ गतेदेखि आजाद स्कूल बनेपामा शिक्षक तथा क्लर्कको कामसमेत गर्ने गरी मासिक रु. ३०÷– मा शिक्षणसेवा गरेको पाइन्छ । २०३२ साल माघ १५ गतेदेखि २०५० सालसम्म चण्डेश्वरी मा.वि. नालामा शिक्षणसेवा पु¥याएका आशाकाजीसरले शिक्षणसेवा पनि सामाजिक सेवा हो भनी शिक्षासेवाको महत्वबारे प्रकाश पारेको पाइन्छ ।
शिक्षा र शिक्षणसेवाको सन्दर्भमा उनी बताउने गर्छन् – “विद्यालयलाई सरस्वतीको मन्दिर सम्झिनुपर्छ ।” शिक्षाको प्रचार–प्रसारको सन्दर्भमा हाम्रो विपन्नताबारे उनी आफ्नो विचार यसरी पोख्ने गर्छन् –“शिक्षा–प्रशासन पनि सम्पन्न छैन, नेपालमा शिक्षणपेशाको स्थान गहकिलो छैन ।’ शिक्षणपेसा सन्दर्भमा यो उनको स्वीकारोक्ति हो । वर्तमान शैक्षिक अवस्थालाई केलाएर उनी आफ्नो विचार यसरी व्यक्त गर्ने गर्थे –“शैक्षिकस्तर सन्तोषजनक छैन ।”
आशाकाजी श्रेष्ठ अर्थात् सेवकको साहित्यिक साधना र सेवा, शिक्षणसेवा र अध्यापन, राजनीतिक÷सामाजिक भावनाको अनुभूति र क्रियाशीलताको समग्र भावना र मूल्यांकनको आधारमा उनलाई चोखो, इमान्दार र सोझो व्यक्तित्वको रुपमा स्वीकार्दा कसैले पनि शायद विवाद नगर्ला ? अन्तमा, आशाकाजी सेवक इमान्दार र सोझोपनकै बिम्ब भइदिएर, सत्य, न्याय र निष्ठाका लागि आवाज हुनुभएर सबैका लागि प्रतिबिम्ब भइदिएर, नयाँ पुस्तालाई सही कुरा बताइदिएर सही बाटाका पथप्रदर्शकका रुपमा परिचय छोडेर २०७१ मङ्सिर ७ गते रातको १२ बजेतिर आँखा चिम्लिदिएर अवसान भए – श्रद्धाञ्जली छ शिक्षा क्षेत्रका अविस्मरणीय व्यक्तित्व आशाकाजी सरमा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0