Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किसानमाथिको ज्यादती अन्त्य गर

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपाली किसानहरुले खेती गर्ने समयमा मल, बिउबिजन पाउने आश, आशमै सीमित भएका उदाहरणहरु आज पनि प्रशस्तै पाइन्छ ।
मुलुकको ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको झण्डै २६ प्रतिशत योगदान छ । यसतर्फ राज्य सञ्चालकहरु बेखबर छन् भन्दा फरक पर्दैन । झण्डै २ दशकदेखि कृषि उत्पादनमा निराशा थपेको यथार्थ हामीमाझ लुकेको छैन । क्रमिक रुपमा किसानहरुले पेशा छाड्दै गएका छन् । दिनप्रतिदिन उत्पादन घट्दै गएका छन् । यो दुःखद स्थिति एकातिर छ भने अर्काेतर्फ सत्ताका मतियारहरु कृषिको व्यवसायिकरण, औद्योगिकरण भनेर टिठ लाग्दो सुगा रटाई मात्रै गरेनन् कि आ.व. ०८१÷०८२ को बजेट भाषणमा समेत कागजी रुपमा प्राथमिकताका साथ राखेका छन् । यो अवस्थामा नेपाली किसानहरुले के आधारमा विश्वास गर्लान् ? यसै भन्न सकिने अवस्था छैन ।
अर्थतन्त्रको मेरुदण्ड नै कृषि र किसान भन्दै प्रधानमन्त्रीदेखि वडा सदस्यसम्म कुर्लने गर्छन् । बिडम्बना ! किसानले न समयमा रासायनिक मल पाउँछन्, न बिउबिजन नै । सिंचाइको त कुरै नगरौं । त्यसैले कुरा होइन, काम गरेर किसानको मन जित्नका लागि किसान लक्षित दीर्घकालिन योजना आइदिएको भए ०८१÷०८२ को बजेटले सार्थकता पाउँथ्यो कि भन्ने अपेक्षा राख्न सकिन्थ्यो । त्यो सम्भावना कमै देखिएको छ । २४ सै घण्टा दश नंग्रा खियाएर घोटिने कृषकहरु पाइला–पाइलामा प्रताडित भइरहेको छ भने गाउँ–गाउँका शासकहरु कृषकको उत्थानभन्दा आफ्नै मोज मस्तीमा लिप्त भइरहेका छन् ।
बिडम्बना ! स्थानीय सरकार सञ्चालकहरुको सोच कतिसम्म उद्धारवादी छ भन्ने सवालमा एउटा टिठलाग्दो उदाहरण प्रस्तुत गर्ने जमर्काे गरेका छौं । कौसी खेतीका नाममा ट्रयाक्टर वितरण गरेर कृषकको मात्र होइन, कृषि क्षेत्रकै हुर्मत लिने कामसम्म गर्नुले भ्रष्टाचारको सेटिङ कहाँसम्म फैलिएको छ भन्ने कुरा पोखिराख्न अब आवश्यक रहेन । यस्ता आततायीले कहिल्यै कृषिको उत्थान गर्दैनन् भन्ने यो एउटा सानो उदाहरण हो । यतिबेला शासकीय अदूरदर्शिताका कारण नेपाली युवाहरु विश्वका विभिन्न मुलुकहरुमा विशेषगरी इजरायल, कोरिया, न्युजिल्याण्ड, अष्टे«लिया लगायतका मुलुकहरुका कृषि फार्ममा रमाउन बाध्य भएका छन् । यता मुलुकभित्र भने कृषि र पशु पालन पेशालाई उच्च सम्मान दिने भन्दै ७ सय ५३ वटै पालिकाका प्रत्येक वडामा कम्तीमा दुई वटा नमूना फार्म सञ्चालनका लागि ०८१÷०८२ को बजेटमा व्यवस्था गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।
किसानका दुःख, कष्ट नबुझी हचुवा भरमा राहत र अनुदानका नाममा भ्रष्टाचारलाई प्रशय दिने गरिआएको कृषि सम्बन्धी नीति तथा कार्यक्रम नयाँ बोतलमा पुरानै रक्सीको संज्ञा दिएको हाम्रो ठम्याई छ । किसानलाई जुन किसिमको अनुदानका नाममा कर्मचारीतन्त्रबाट हुने ज्यादती र दुव्र्यवहार अन्त्य गर्ने नीति बिना आएका कुनै पनि कार्यक्रमहरु सफल हुँदैनन् भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0