Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रतापले यो चुनौती चिर्नुपर्छ

प्रभातफेरी अनलाइन ३३९ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
Post Thumbnail

हालै सम्पन्न काभ्रे उद्योग वाणिज्य संघको ४२औं सभाबाट नेतृत्वमा पुग्न सफल व्यवसायी प्रताप वैद्य चुनौती र आलोचनाको घेरामा रहेका छन् ।
व्यवसायीहरुको छाता संगठन भनेर चिनिएता पनि व्यवहारतः यो संगठन एउटा झुण्डको पेरिफेरिमा रहेको निर्वाचन परिणामले देखाएको छ । लामो समयदेखि संकीर्णताको बिचमा मौलाएको एउटा गैससभन्दा माथि उठ्न नसकेको आरोपको भागिदारी काभ्रे उद्योग वाणिज्य संघले खेप्दै आएको छ । यो आरोपलाई सदाको लागि अन्त्य गर्दै व्यवसायीहरुको छाता संगठनको रुपमा काभ्रे उद्योग वाणिज्य संघलाई परिचित र स्थापित गराउने दायित्व प्रताप वैद्यको काँधमा व्यवसायीहरुले सुम्पेका छन् । यो चुनौतीबाट माथि उठ्न त्यति सजिलो भने पक्कै छैन । २५ सदस्यीय कार्यसमितिमा ९५ प्रतिशत बनेपा बजारकै उपस्थितिले आरोपलाई मिथ्या भन्न मिल्ने छैन ।
त्यसैले यि आरोपहरुबाट संघलाई मुक्त राख्नका लागि व्यवसायीहरुबिचको संकीर्णता चिर्न त्यति सजिलो पनि छैन । यो अवस्थामा गरिमामय अध्यक्ष पदमा आसिन वैद्यका लागि परिवर्तन फलामको चिउरा सरह हुने देखिन्छ । यो परिवेशमा उद्योग वाणिज्य संघ साँच्चै काभ्रेली व्यवसायीहरुको छाता संगठनको रुपमा विकास गराउनका लागि विधान नै संशोधन हुन आवश्यक छ । विधान संशोधन गर्नका लागि त्यो किसिमको बौद्धिकता पनि आवश्यक पर्दछ भने सर्वसम्मत स्वीकार्य गराउनका लागि पनि उहाँ आफैं अल्पमतमा हुनुहुन्छ । यो समयमा संयमताको खाँचो छ । त्यसलाई मनन् गर्दै अध्यक्ष वैद्यले बजारमा सुनिएका आलोचनाहरुलाई अन्त्य गर्नका लागि पहिलो उहाँको काम भनेकै विधान संशोधन गरेर सर्वमान्य सिद्धान्तअनुसार भोलिको नेतृत्व चयन हुने वातावरण बनाउनु नै बुद्धिमतापूर्ण देखिन्छ ।
काभ्रे उद्योग वाणिज्य संघ समग्र काभ्रेली व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित गर्न सकुन् । अध्यक्ष वैद्य र निर्वाचित सिंगो टिमलाई हाम्रो साधुवाद छ । आशा छ, आगामी २ वर्षपछिको नेतृत्व चयन भइरहँदा बजारमा अहिले छचल्किएका आलोचनाहरु आउने छैनन्, एक कुशल नेतृत्वको रुपमा यो नेतृत्व स्थापित होस् भन्ने कामना हामीले गरेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0