
प्रभातफेरी अनलाइन ५६९ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २७, बुधबार (१ साल अघि)
– वेदिका वन्दना
हामी होइनौ मासिन्या,
हामी होइनौ मासिन्या,
तिम्ले पिंधमा पारेका हौ,
हामी होइनौं हारेको!!
स्वाभिमानको हाम्रो माटोमा
हामीले गाडेको शिला खाबोमा
तिम्ले शासन चलायौ,
तिम्ले शिला ढलायौ,
हामी भूमिपुत्रको
इतिहास जलायौ
माझमा तिमी बसेर,
हामीलाई छेउमा सारेको
मासिन्या बनाएर पिंधमा पारेको
इतिहासको हिसाब कितावमा
अब जागौं है,न्याय निसाफमा
पिंधमा वसेर, सिमान्त भएर
यसै वस्ने छैनौं हामी पराई भएर!!
हामी होइनौं मासिन्या
हामी होइनौ मासिन्या,
तिम्ले पिंधमा पारेका हौ,
हामी होइनौं हारेको!!
पुर्खाले कमाएको स्वाभिमानको मूल्य खोजौं
इतिहासलाई उल्टाएर
पहिचानको सान खोजौं
हामी होइनौं मासिन्या,
हामी होइनौ मासिन्या,
तिम्ले पिंधमा पारेको हौ!
हामी होइनौं हारेको









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |