Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

देउताकै सृजनाकर्मी कालु कुमाले

प्रभातफेरी अनलाइन ४९९ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
देउताकै सृजनाकर्मी कालु कुमाले

मोहन दुवाल, वरिष्ठ साहित्यकार
कालु कुमालेको बारेमा समाचारमा सुनेको हुँ, टिभीका स्क्रिनहरुमा पनि देख्न पाएको हुँ तर प्रत्यक्ष भेट गर्न पाएको थिइनँ । यही असार १५ गते प्रेम श्रेष्ठको अगुवाइमा हात्तीवनस्थित उहाँको मूर्तिघरमा हामी पुग्न पायौं । उहाँ अर्थात् क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले (कुम्हाः) । ललितपुर महानगरभित्रका गौरवशाली व्यक्तित्व कालु कुमाले राष्ट्रभित्र र अन्तर्राष्ट्रियजगत्मा व्याप्त नाम भइसक्नुभएको छ । ९२ वर्ष पुगेर पनि कला सिर्जनामा आफूलाई लगाइरहेका सृजनाकर्मी कालु कुमाले राष्ट्रका लागि पनि गौरवकै नाम बनिसक्नुभएको छ ।
१३÷१४ वर्षको छँदा नै आफ्नै बुबालाई माटोको भाँडाकुँडा बनाउने कार्यमा सघाउन सुरु गरेका उहाँले आफ्नै बुबाको निर्देशनमा माटोका सामग्रीहरु निर्माण गर्न सुरु गर्नुभयो । पछि माटोका पशुपन्छीहरु बनाउन थाले र ती सामानहरु बिक्री पनि हुन थाले । एकदिन उहाँको कलाकृति हेरेर दङ्ग पर्दै एकजना साहूजी उहाँको घरमा पुगेर मैनका सामानहरु बनाउन अनुरोध गरे मात्र होइन चाहिनेजति मैन, आगो बाल्न कोइलासम्म दिने र बिक्रीका लागि सबै सामग्रीहरु किनीदिने वचनसम्म दिन आए । उक्त साहूजीको कुरा सुनेर उहाँले हौसिएर मैनका सामग्री बनाउन सुरु गर्नुभयो ।


प्रजापति थरका कालु कुमाले माटोका सामानहरु बनाउँदै आफ्नो जातीय पहिचान देखाउन परिश्रम पोख्दै आउनुहुने एकजना श्रमजीवी कलाकार हुनुहुन्छ । प्रजापति जाति नेवार समुदायमा एउटा इतिहास बोकेको जातिका रुपमा चिरपरिचित छन् । इतिहासकारहरुको तर्क छ — “ ‘प्रजा’ भन्नाले जनता र ‘पति’ भन्नाले संरक्षक वा मालिक भनेको हुनसक्छ ।” यिनै प्रजापति थरका ज्ञानी थकुँ र सानु कुमाले (कुम्हाः) को आठौं र सबैभन्दा कान्छो सन्तानका रुपमा वि.सं. १९९० जेठ २७ गते कालु कुमालेको जन्म भएको हो । निरन्तर आफ्नो मन कलामा पोख्दै आउनुभएकोले उहाँको श्रमले उचित मूल्य पायो र उहाँको सुर्कीर्ति फिँजिंदै देश र विदेशमा पुगेको देखिन्छ । उहाँ आजपर्यन्तसम्म आफ्नो कलामा रमाइरहनुभएको छ । जीवनको अर्थ बुझेका, बुबाको महत्व थाहा पाएका र कलाका पारखी रहेकै कारणले साहिला छोरा राकेशले बुढा मनले सिर्जना गरेका कलाकृतिकै घरमा आफूलाई ढुक्न लगाएर महान–यात्रामा साथ दिँदै छन् ।
आफ्नो जीवनकालमा धेरै खालका दुःख र कष्ट भोगेका कलाकार कालु कुमालेले जीवन र जगत्का थुप्रै अनुभूतिहरु मनमा समेटेर आफूलाई धन्य तुल्याउनुभएको छ । १० रुपियाँ पैसा नहुँदा पढ्ने रहरको धोको फुकाउन नसक्दाका दुःख र कष्ट मनमा साँचेर खेतीपानीमा मन लगाउनुभयो, अनेकौं खालका सानातिना माटाका सिर्जनाहरु गर्नुभयो; पछि कसैको सहयोग पाउनुभएर धातुका मूर्तिहरु बनाउन उहाँ तत्पर हुँदै आजको विशिष्ट कलाकार कालु कुमाले हुनुभयो । मूर्ति सिर्जनाको काम गर्दागर्दै र देउताको नाम जप्दाजप्दै मृत्युवरण गर्ने उहाँको ‘इच्छा’ रहेको कुरा ‘देउता बनाउने मान्छे’ नामक आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ । ९२ वर्ष पार गरेर पनि मृत्युवोध नगरीकन ‘मूर्तिवोध’ गरेर आफूलाई देखाइरहन सफल हुनुहुन्छ मूर्तिकार कालु कुमाले । थोरै बोल्नुहुन्छ, अलिक हिँड्नुहुन्छ, आफूले आफ्नो माया र कला देखाउनुभएर छोरा– बुहारीहरुलगायत इष्टमित्र र भाइबन्धुको मायामा आफूलाई समर्पित तुल्याउनु भई मूर्ति बनाउन डटिइरहनुभएको छ । जीवन यात्रा पनि हो; जीवन सङ्घर्ष पनि हो । उहाँले आफ्नो अतुलनीय यात्रामा आफूलाई समर्पित तुल्याउनुभएको छ । यही यात्रा र सङ्घर्षबाट नै कालु कुमाले मूर्तिकला क्षेत्रका उदाहरणीय नाम बन्नुभयो ।
५–६ बजेसम्म नै कला ज्यासलमा बस्नुहुन्छ । समय बिताउन पनि गा¥हो छ त्यसैले उहाँमा काममै तल्लीन हुन पाउँदा गौरव गर्नुहुन्छ, चिसो मौसममा घाम ताप्दै मूर्ति बनाउने गर्नुहुन्छ । घाम ताप्दै काम गर्न पाउँदा उहाँ आनन्द महसूस गर्नुहुन्छ । गरिरहनेहरु थाक्दैनन्, काम गर्न खट्दा दिक्क महसूस गर्नु पर्दैन — यस्तै खालका जीवनका क्रमहरु काँधमा बोकेर जीवन–पथमा एकनासले कुदिरहनुहुने विशिष्ट कलाकर्मी हुनुहुन्छ– कालु कुमाले । छोरा राकेशले खाटमा आनन्दले आराम गरिरहनुभएका आफ्ना कलाकर्मी बालाई हामी आएको र उहाँलाई भेट्न चाहेको धोको सायद फुकाई दिनुभयो उहाँ बिस्तारै हामी बसेको कोठामा आउनुभयो । खुट्टा अलिक दुखेजस्तो छ, त्यसैले हामी बसेको ठाउँमा पुग्न पनि त्यही दर्द बोकेर आउनुभयो र बिस्तारै देखा पर्नुभयो । कान अलिक सुन्न गाह्रो हुनु जीवनको नियति हो । थोरैमात्र बोल्न सक्नु जेष्ठ नागरिकहरुकै पीडा र दुःख हो । तर पनि मान्यवर कलाकार कालु कुमालेको अनुहार झलमलाउँदो बिम्ब हेरिरहूँजस्तो, देखिरहूँजस्तो, अगाडि बसिरहूँजस्तो पो लाग्दो रहेछ । आज मलाई यस्तै अनुभूति भयो । सायद हामी सबैको अनुभूति त्यस्तै रह्यो होला !
कलाघरमाथिको कक्ष नै सभाकक्ष रहेछ । विद्यालयका विद्यार्थीहरु हूल बाँधेर कक्षा नियाल्न पुग्छन्, यसैगरी क्याम्पसका विद्यार्थीहरु पनि उत्सुकता बोकेर त्यहाँ पुग्छन्, थरिथरिका समूहहरु त्यहाँ पुग्ने गर्छन्, कहिलेकाँही त मेला लागेजस्तो पनि हुँदा रहेछन् – त्यस कलाघरमा । अजङ्ग–अजङ्ग धातुका मूर्तिहरु छरपष्ट छन् । क्रोधलाई अनुहारमा सजाउन दिइएका मूतिहरु हेर्दैमा डरलाग्दा देखिंदा छन् । एकान्त ठाउँमा घर छ । बगैंचामा बुद्ध भगवानको प्रतिमा छ । पछाडितिर अनगिन्ति मूर्तिहरु सजाइएका छन् । हेर्दैमा हेरिरहूँजस्ता क्रोधकलाका मूर्तिहरु सजाइएका छन् । समग्रमा मूर्ति–घरमित्र लुकेका कलाकीर्तिहरुको सुन्दरताको बखान गरेर साध्य छैन । कालु कुमालेभित्रको अनुशासनले समग्र घर नै अनुशासनमा बाँधिएको घरजस्तै देखिन्छ । धैर्य भएर नै कालु कुमालेले आफूलाई अभावको खाडलबाट सम्पन्नताको घरमा पु¥याउन सफल हुनुभयो । ध्यान भनेको नै एकाग्रता हो — कलाकार कालु कुमालेले आफूलाई एकाग्र तुल्याउनु भई ध्यानी÷योगीजस्तै कलाकार बनाउन उहाँ सफल हुनुभयो ।
सामान्य लेखपढमात्र गर्न जानेका तर कलाकीर्तिलाई मन पराएर निरन्तर कला–साधनामा लागिरहनुभएका कालु कुमालेको विश्वविद्यालय भनेको नै हात्तिवन, ललितपुरमा रहेको ‘क्रोधकला शिरोमणि निवास’ नै हो । उहाँका क्रोधकला हङ्कङ, ल्हासा, जर्मन, बेलायत, सिंगापुर, मलेसिया, टाइवान, फ्रान्स, अमेरिका, जापान, कोरिया, रुस, इटाली, मंगोलिया, फिलिपिन्स, भुटान, चीन, श्रीलङ्का, नर्वे, भियतनाम, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, स्वीट्जरलैण्ड, क्यानडा, भारत, बंगलादेश आदि मुलुकहरुमा पुगिसकेका छन् । यसैगरी देशका ठाउँ–ठाउँमा उहाँका मूर्तिहरु स्थापित छन् । यतिमात्र नभई ठाउँ–ठाउँका सङ्ग्रहालय तथा गुम्बाहरुमा उहाँका मूर्तिहरु रहेका छन् । उहाँ थुप्रै कार्यशालाहरुमा, थुप्रै देश–विदेशका प्रदर्शनीहरुमा आफ्नो कला÷मूर्तिमार्फत् पुगिसक्नुभएको देखिन्छ । ललितपुर महानगरपालिकाले ‘गौरव’ मानेका उहाँलाई सगरमाथा प्रतिष्ठान नेपालले ‘क्रोधकला शिरोमणि’ का नाममा मान्यता दिएका छन् । थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएका कलाकार कालु कुमालेले नेपाल प्रज्ञा प्रतिष्ठानबाट वरिष्ठ कलाकार सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, दीर्घ साधना सम्मान, मानार्थ प्राज्ञ, प्रवल गोरखा दक्षिण बाहु, राष्ट्रिय नागरिक सम्मान, अरनिको राष्ट्रिय ललितकला सम्मान प्राप्त गर्नुका साथै नेपाल सरकारबाट ‘प्रवल जनसेवाश्री’ प्राप्त गर्नुभएको देखिन्छ । उहाँका नाममा स्थापित पुरस्कार तथा सम्मानहरुमा ‘वरिष्ठ मूर्तिकार कालु कुमाले जुनियर रेडक्रस छात्रवृत्ति कोष’, ‘क्रोधकला शिरोमणि कालु कुमाले कला पुरस्कार’ र ‘कालु–लक्ष्मीमाया कला पत्रकारिता पुरस्कार’हरु नेपाल रेडक्रस सोसाइटी, ज्यापु समाज, अपाङ्ग सेवा समाज, नेपाल व्यावसायिक कलाकार संघ, नेपाल ललितकला पत्रकार समाज’ ले वितरण गर्ने गर्छन् ।
मूर्तिकलाका एकजना सिद्धहस्त कलाकार जसले वि.सं. २०१० सालदेखि आजपर्यन्तसम्म पनि कलामा दृष्टि फिँजाएर अझ भनौं ‘क्रोध कला’ सिर्जनामा उदाहरण बनेर सात दशकसम्म निरन्तर यात्रामा रहनुभएका कलाकार कालु कुमाले (कुम्हाः) नेपालकै मूर्तिकलाकै पृष्ठमा छुट्टै इतिहास बनाउन सफल कलाकार हुनुभएको छ । यस्तै व्यक्तित्वहरुबाट विविध क्षेत्रमा पु¥याइएका उच्चतम सिर्जनशील कार्यहरु नै देशको इतिहासका स्वर्णिम पृष्ठहरु हन् । जुन देश र विदेशमा देखाउन सकिने सुन्दर कार्यहरु हुन् ।
कालु कुमालेले दुःख भोगेका छन् त्यसैले दुःखीजनलाई सेवा गर्न पाउँदा, अशक्त मन र तनलाई खाना ख्वाउन पाउँदा, जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा खुसी हुने गर्नुहुन्छ । सुमित्रा कार्कीले आफ्नो लेखमा लेख्नुभएजस्तै कालु कुमाले विश्वस्त हुनुहुन्छ– “Kumale believes confidence and determination are keys to success.” यसैले हामी भन्न सक्छौं – कालु कुमाले जीवन्त इतिहास भइसक्नुभएको छ । मूर्तिकलाकै एउटा सुन्दर नाम बनिसक्नुभएको छ । यस्ता व्यक्तित्वहरुको जीवनी पाठ्यक्रममा समावेश गर्नका साथै राष्ट्रले उचित कदर गर्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0