Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षामा गुणस्तर खस्किनु, दोषी को ?

प्रभातफेरी अनलाइन २८१ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार (१ साल अघि)
Post Thumbnail

एसईईपछि +२ को नतिजा सार्वजनिक भएसँगै यो वर्ष धेरै विद्यालय देखि शिक्षक सम्मले आलोचना खेप्नु प¥यो । न्यून विद्यार्थी उर्तीण प्रतिशत मात्र होइन धेरै विद्यालयमा उर्तीण संख्या नै शुन्य भएबाट एसईई र +२ को नतिजा बहसको विषय बनेको छ ।
गत हप्ता एसईई र कक्षा १२ को नतिजा प्रकाशन भएको छ । एसईईको तुलनामा +२ को नतिजाबीच खासै अन्तर देखिँदैन । यी दुवै नतिजालाई सतही ढंगले विश्लेषण गर्नेहरुले शिक्षकलाई नै पहिलो दोषी देखाएको छ । उक्त दोषारोपणमा प्रतिशोध, इगोको मिश्रण के कति छ अध्ययनकै विषय होला । शिक्षाविद् भनिने पगरी प्राप्त गरेका देखि सामान्य नागरिकसम्मले शिक्षकलाई लगाएको आरोपमाथि सत्यता खोज्न आवश्यक छ ।
बदलिँदो अवस्थामा माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार प्राप्त निकाय स्थानीय तह नै हो । जसको विद्यालय र सरोकारवाला निकाय बिचको दुरी एकदम नजिक छ । दोस्रो, प्रदेश र संघीय सरकार तीनै तहको साथ र सहयोग पाएका विद्यालयहरु कति सुविधा सम्पन्न छन् ? विद्यालयको सुविधा केलाई मान्ने ? ठुला भवन फराकिला कक्षा कोठा, प्रशस्त फर्निचर ? अथवा विषयगत रुपमा सबै विषयका विषयगत शिक्षकको उपलब्धता ! कमजोर विद्यार्थीहरुका लागि विद्यालय मार्फत नै उपचारात्मक शिक्षण ! बालबालिकाको मनोविज्ञानलाई बुझेर उनीहरुका समस्या सहजै समाधान ?
विद्यालयमा प्रत्यक्ष देखिने भौतिक तथा सामग्रीजन्य वस्तुलाई सुविधाको रुपमा परिभाषित गर्दै तीनै तहका सरकार शैक्षिक विकासमा लागिपरेका छन् । विषयगत शिक्षकको अभाव अधिकांश विद्यालयको मुल मन्त्र बनेको छ । न्यून दरबन्दीबाट विद्यालय संचालन गरिरहेका विद्यालयहरुका लागि स्थानीय सरकारहरुबाट भवन निर्माण, कक्षाकोठा मर्मत, खेलमैदान निर्माण जस्ता शीर्षकमा रकमको व्यवस्थापन भइरहेको देखिन्छ ।
यी सबै तथ्यलाई नियाल्दा, दुखेको छ टाउको उपचार भएको छ गोलीगाँठाको अनि सजायँ भोग्नु परेको छ मेरुदण्डले । तसर्थ विद्यालय शिक्षा सुधारमा तीनै तहका सरकार जिम्मेवार बनुन्, उपयुक्त नीति बनोस्, शिक्षामा गुणस्तरियता ल्याउन सरोकारवाला निकाय मात्र होइन अभिभावक, शिक्षक र व्यवस्थापन समिति जिम्मेवार बनुन् । यही निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0