Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आन्तरिक पर्यटन स्थानीय विकासको मेरुदण्ड कायम गर

प्रभातफेरी अनलाइन २८३ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ६, बिहिबार (१ साल अघि)
Post Thumbnail

प्राकृतिक तथा धार्मिक महत्व बोकेका स्थानीय तहसँग जोडिएका कुनै पनि क्षेत्रहरु स्थानीय पर्यटनको गन्तव्य बन्न सक्छन् । त्यसका लागि स्थानीय सरकारले छुट्टै नीति बनाएर विकास र प्रवद्र्धनका लागिपर्नुपर्ने आजको आवश्यकता भएको छ ।
काभ्रेका विभिन्न पालिकाभित्र रहेका अनुसन्धानको दायरामा ओझेल परेका आन्तरिक पर्यटकीय हिसाबले अत्यन्तै महत्व राख्ने गन्तव्यमध्ये ताराखसे लेक (पोखरी) समुन्द्री सतहबाट २५ सय ५० मिटरको उचारमा रहेको हुँदा यो पोखरीमा जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । यस वर्ष पनि यहाँ विशेष मेला लागेसँगै मेला भर्न टाढा–टाढाबाट सयौंको संख्यामा भक्तजनहरु आएको तथ्य हामीबाट लुकेको छैन ।
त्यस्तै गोसाईंस्थान (गोसाईंकुण्ड) को नामबाट परिचित धार्मिकस्थलमा पनि यस पटक नसोचेको श्रद्धालुहरुको उपस्थितिले स्थानीय जनप्रतिनिधिलाई सोच्न बाध्य बनाएको छ । धार्मिक आस्थाप्रति दिनप्रतिदिन बढेको जागरुकतालाई सामाजिक विकासको सिद्धान्तमा लगेर जोड्ने दायित्व स्थानीय सरकारको हो । यसतर्फ स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । भनिन्छ, किंवदन्ती अनुसार प्राचीन समयमा आकाशबाट तारा खसेको ठाउँमा पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम तारा खसे पोखरी रहन पुगेको किंवदन्तीमा उल्लेख गरिएको छ । पोखरी वरिपरि यति धेरै घना जङ्गल छ तर पोखरीमा रुखबाट झरेको पात एउटा पनि देख्न पाइन्न । हेर्दा जत्ति नै कालो पानी देखेता पनि तर अञ्जुलीमा लिंदा निर्मल स्वच्छ पिउन योग्य हुन्छ । कतिपय बाटोमा हिड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यही पोखरीको पानी पिई आफ्नो प्यास मेटाउँछन् । अग्लो शिरमा अनौठो किसिमले पानी पोखरी बन्नुमा दैविक शक्ति रहेको विश्वास राख्न सकिन्छ ।
त्यस्तै यस घना जंगलमा विभिन्न किसिमका हजारौ प्रकारका जडिबुटीहरू समेत रहेको स्थानीयहरुले बताइरहँदा राज्य संयन्त्रको ध्यान गएर त्यसको संवद्र्धन र प्रवद्र्धनमा चासो दिनु आजको आवश्यकताभित्र पर्छ ।
त्यसैगरी काभ्रेका तीन धारा झरना, कमल पोखरी, घ्वाई झाङ, रानी पोखरी, म्हभीर, तारा खसे पोखरी, सीता पाइला, हात्ती आहाल जस्ता कयौं रमणीय ठाउँहरुलाई आन्तरिक पर्यटकको गन्तव्य बनाउनु स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । हाम्रो निचोड छ, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकियो भने बेरोजगारको अन्त्य सँगसँगै समृद्ध स्थानीय पालिकाको लागि कोसेढुंगा सावित हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0