Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी बिग्रनुमा संरक्षक नै दोषी !

प्रभातफेरी अनलाइन ३२७ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
Post Thumbnail

सहकारी बिग्रनुका पछाडि धेरै कारणहरु भएता पनि त्यसको प्रमुख दोषको भागीदारी पछिल्लो तथ्यांकलाई हेर्दा संरक्षकहरु र व्यवस्थापकहरुको गैरजिम्मेवारीपन देखिएको छ ।
अनुत्पादक क्षेत्रमा लगानी गर्नु, निक्षेपकर्ताहरुको ब्याजमाथि ¥याल चुहाउनु आदि रहेता पनि यसको पछाडि नियमन गर्ने निकाय राज्य बेखबर हुनु देखिन्छ । विशेष गरी साहुकार सहकारीहरुको निक्षेप विधि विधान बमोजिम लगानी नगर्नु पनि एउटा समस्या हो भने त्यसैगरी निक्षेपकर्ताहरुको सहकारीप्रति आस्था बढि नै रह्यो र बैंकिङ्ग क्षेत्रबाट लगानीमा कडाई भएको देखिएता पनि मौज्दात निक्षेप हातमा हुनेहरुले आफू खुशी मनोमानी ढंगबाट चलाउनुको परिणामले नै सहकारी आज यो अवस्था आइपुगेको छ ।
सहकारीका संरक्षकहरु, सञ्चालकहरुले निक्षेपकर्ताले छाक कटाएर जम्मा गरेको नगदमा मोजमस्ती मात्र गरेनन्, विलासितामा विदेश शयर सम्म गर्न पुगे । त्यसको बारेमा लेखाजोखा गर्नसक्ने अवस्थै रहेन । जसमा नेपाली उक्ति दुध उम्लेपछि पोखिन्छ भनेझैं काल परिस्थितिले आज यहाँसम्म ल्याइपु¥यायो । यतिसम्म बनायो, राजनीतिक पार्टीका जिम्मेवार नेतादेखि कर्मचारीका उपल्लो तहसम्मका व्यक्तित्वहरुलाई मात्र नभई सरकार र गैर सरकारी निकायमा रहेकाहरुमा समेत जोडिन पुग्यो । यो घटना नेपाल सरकार हुँदै संसदमा ठूलो मुद्धाको रुपमा बहस भइरहेको छ । यहाँसम्म कि राज्य आफैं बीमा बनेर जो कोहिको ऋण तिरिदिन्छ वा मिनाहा गरिदिन्छ । के यो सम्भव हुन्छ ? कानूनले के भन्छ ? व्यक्ति र संस्थाबीचमा के करार वा लिखित सम्झौता भएको छ ? आदि इत्यादि अनुत्तरित प्रश्नहरु सिर्जना भएका छन् । सहकारीमा भएको निक्षेप कसले कसलाई दिइयो, ऊ नै पो जवाफदेही हुनुपर्ने होइन ? त्यसको जिम्मेवार पक्ष व्यवस्थापक पक्षसहित सञ्चालक होइनन् र ? अर्काे लेखा समिति, त्यस्तै लेखा परीक्षक र कर्मचारी पनि जिम्मेवार निकायभित्र पर्छन् होइन ?
त्यसैले अहिले जुन घटनाहरु सिर्जना भएका छन् त्यसको पछाडि एकले अर्कालाई आरोप लगाएर पानीमाथिको ओभानो बन्न सक्ने अवस्था छैन । यि घटनाहरुले सहकारीभित्र मौलाएको विभेदको अन्त्य गर्दै एउटा सशक्त नियमनकारी निकाय सिर्जना हुन आवश्यक छ । जसले सहकारीभित्र मौलाएको बेथितिको अन्त्य गर्नका लागि भूमिका निर्वाह गर्नेछ भन्ने निचोडमा हामी पुगेका छौं । आशा छ, जिल्ला सहकारी संघमा आएको जुझारु नेतृत्वले सहकारीभित्रका यावत् समस्याका बारेमा पहिचान गरी निक्षेपकर्ताहरुले छाक काटेर जम्मा गरेको पूँजीमाथि न्याय गर्नेछन् भन्ने अपेक्षा हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0