Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी बिग्रनुमा संरक्षक नै दोषी !

प्रभातफेरी अनलाइन ३१५ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
Post Thumbnail

सहकारी बिग्रनुका पछाडि धेरै कारणहरु भएता पनि त्यसको प्रमुख दोषको भागीदारी पछिल्लो तथ्यांकलाई हेर्दा संरक्षकहरु र व्यवस्थापकहरुको गैरजिम्मेवारीपन देखिएको छ ।
अनुत्पादक क्षेत्रमा लगानी गर्नु, निक्षेपकर्ताहरुको ब्याजमाथि ¥याल चुहाउनु आदि रहेता पनि यसको पछाडि नियमन गर्ने निकाय राज्य बेखबर हुनु देखिन्छ । विशेष गरी साहुकार सहकारीहरुको निक्षेप विधि विधान बमोजिम लगानी नगर्नु पनि एउटा समस्या हो भने त्यसैगरी निक्षेपकर्ताहरुको सहकारीप्रति आस्था बढि नै रह्यो र बैंकिङ्ग क्षेत्रबाट लगानीमा कडाई भएको देखिएता पनि मौज्दात निक्षेप हातमा हुनेहरुले आफू खुशी मनोमानी ढंगबाट चलाउनुको परिणामले नै सहकारी आज यो अवस्था आइपुगेको छ ।
सहकारीका संरक्षकहरु, सञ्चालकहरुले निक्षेपकर्ताले छाक कटाएर जम्मा गरेको नगदमा मोजमस्ती मात्र गरेनन्, विलासितामा विदेश शयर सम्म गर्न पुगे । त्यसको बारेमा लेखाजोखा गर्नसक्ने अवस्थै रहेन । जसमा नेपाली उक्ति दुध उम्लेपछि पोखिन्छ भनेझैं काल परिस्थितिले आज यहाँसम्म ल्याइपु¥यायो । यतिसम्म बनायो, राजनीतिक पार्टीका जिम्मेवार नेतादेखि कर्मचारीका उपल्लो तहसम्मका व्यक्तित्वहरुलाई मात्र नभई सरकार र गैर सरकारी निकायमा रहेकाहरुमा समेत जोडिन पुग्यो । यो घटना नेपाल सरकार हुँदै संसदमा ठूलो मुद्धाको रुपमा बहस भइरहेको छ । यहाँसम्म कि राज्य आफैं बीमा बनेर जो कोहिको ऋण तिरिदिन्छ वा मिनाहा गरिदिन्छ । के यो सम्भव हुन्छ ? कानूनले के भन्छ ? व्यक्ति र संस्थाबीचमा के करार वा लिखित सम्झौता भएको छ ? आदि इत्यादि अनुत्तरित प्रश्नहरु सिर्जना भएका छन् । सहकारीमा भएको निक्षेप कसले कसलाई दिइयो, ऊ नै पो जवाफदेही हुनुपर्ने होइन ? त्यसको जिम्मेवार पक्ष व्यवस्थापक पक्षसहित सञ्चालक होइनन् र ? अर्काे लेखा समिति, त्यस्तै लेखा परीक्षक र कर्मचारी पनि जिम्मेवार निकायभित्र पर्छन् होइन ?
त्यसैले अहिले जुन घटनाहरु सिर्जना भएका छन् त्यसको पछाडि एकले अर्कालाई आरोप लगाएर पानीमाथिको ओभानो बन्न सक्ने अवस्था छैन । यि घटनाहरुले सहकारीभित्र मौलाएको विभेदको अन्त्य गर्दै एउटा सशक्त नियमनकारी निकाय सिर्जना हुन आवश्यक छ । जसले सहकारीभित्र मौलाएको बेथितिको अन्त्य गर्नका लागि भूमिका निर्वाह गर्नेछ भन्ने निचोडमा हामी पुगेका छौं । आशा छ, जिल्ला सहकारी संघमा आएको जुझारु नेतृत्वले सहकारीभित्रका यावत् समस्याका बारेमा पहिचान गरी निक्षेपकर्ताहरुले छाक काटेर जम्मा गरेको पूँजीमाथि न्याय गर्नेछन् भन्ने अपेक्षा हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0