Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीमा बेथिति कहिले सम्म ?

प्रभातफेरी अनलाइन ३११ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
Post Thumbnail

तस्करीकै कारण यतिखेर मुलुकको महत्वपूर्ण निर्णायक स्थान सिंहदरवार नै हल्लिएको छ । सरकारमा सहभागि दल वा प्रतिपक्षहरू सहकारीका कारण कति खेर हतकडी लाग्ने हो भन्ने विषयमा सशङ्कित छन् । टोपीका घेरा फाटेका नेपाली जनताले बगाएको पसिनाबाट आर्जित रकमलाई बुढेसकालको साहाराको रुपमा सञ्चित गरेको रकम समाजका टाठो बाठो भनाउँदा वा नेताहरूले आफ्ना झोलेलाई अगाडि बढाएर कुम्ल्याउँदै ति गरिब निमुखाले आत्महत्याको विकल्प रहेन । बुढेसकालमा केही राहत होलाकी भनेर आफ्नो परिवारको गाँस कटाएर बाल बच्चाको इच्छाहरूलाई अधुरो राख्दै सञ्चित गरेको रकम डुबेपछि आत्महत्याको विकल्प नहुनु अस्वभाविक हैन ।
वास्तवमा सहकारी भनेको सवै जात, बर्ग, धर्म, लिङ्ग समेटेर निष्पक्ष र स्वतन्त्र ढङ्गबाट अगाडि बढेको संस्थाको मान्यता हो । सोही सहकारीको मान्यता अनुसार सहभागिता रामैसँग अगाडि बढ्यो । सोही मान्यतालाई आधारमा “टोल टोलमा सहकारी घरघरमा भकारी ” भन्ने नाराका साथ अगाडि बढ्यो । तर विडम्बना सहकारी क्षेत्रमा सामान्य हुँदा खाने बर्गको रगत पसिना चुस्नको लागि हुनेखाने बर्गले गिद्धे नजर लगायो । सहकारीमा आर्थिक अपचलन गर्दै गर्दा जोगिनको लागि दलको फेर समातेर अगाडि बढे ति समाजका टाठो बाठो भनाउँदाहरू । मौकामा चौका हान्ने उद्देश्यले राजनीतिक दलका नेताहरूले सहकारीमा आफ्ना कार्यकर्ता भर्ती गर्दै सहकारीको मूल्य मान्यता भन्दा फरक ढङ्गबाट सहकारी क्षेत्रलाई अगाडि बढाउदै गर्दा पछिल्लो दशकमा सहकारीको बदनाम हुन पुग्यो । सहकारी सञ्चालकमा दलहरूले हस्तक्षेप गर्दै आफ्नो दलको बहुमतको लागि गोटी चाल्ने कार्य निरन्तर रुपमा अगाडि बढ्यो ।
सहकारीको बागडोर सम्हाल्दै गर्ने कर्मचारीहरू कुनै दलको इसारामा छमछमती नृत्यमा सहभागिता जनाए । सहकारी अभियानमा जुटेका निष्पक्ष सक्षम व्यक्तिलाई ओझेलमा पार्दै आफू निकटको सञ्चालक समिति बनाउनेमा तल्लिन रहे । सेवा सुविधा प्रदान गर्दै गर्दा पक्षपाती व्यवहार गर्ने अभियाननै चल्यो । आफू निकट भन्दा फरक व्यक्तिलाई कसरी छायामा पार्ने सोचको राम्रा योजना बन्दै गयो । निष्पक्ष व्यक्तिलाई निष्कृय पार्ने कार्यमा सफल हुनु नै स्वार्थलाई सफल मान्नेको झुन्ड अगाडि बढ्दै गयो । सहकारीमा रहेको निक्षप रकम तथा कोषमा रहेको रकमलाई आन्तरिक रुपमा मिलिमतो साथै इसारामा अपचलन ह्वात्तै बढ्यो । जसका कारण ति निमुखा जनता पिल्सनु बाध्य भए ।
बाषिर्क साधारण सभा कर्मकाण्डी ढङ्गबाट सम्पन्न गरिन्छ, शेयर सदस्य कार्यक्रम स्थलमा आउने बित्तिकै दक्षिणा दिइन्छ ताकि छिटै बाहिरिउन जसले गर्दा सहकारीको विषयमा कुनै आवाज नउठोस् । सञ्चालक समिति साथै कर्मचारीको इसारामा चल्ने खालका केही सदस्यहरूलाई सहभागि गराएर बन्दसत्र समाप्त । कागजमा दुरुस्त प्रतिवेदन प्रस्तुत हुन्छ, प्रस्तुत प्रतिवेदनमा सीमित सहभागिताले कुरा उठाउने कुरै भएन ।
हाल सङ्कटग्रस्त सहकारीले पनि विगतमा यस्तै ढङ्गबाट साधारण सभा सम्पन्न गर्थे जसको सिको निरन्तर अगाडि बढेको छ । संस्थाले कर्जा लगानीमा लिने सेवा शुल्क, नियमित किस्ता, नियमित व्याज गर्दा १८ प्रतिशत व्याज तिर्छन् । तर शेयर सदस्यहरूले वर्षमा एक पटक पाउने लाभांश एक अङ्कमा सीमित हुन्छ । कतै कुनै कुनै सहकारीले मात्रै १० प्रतिशत वा केही माथि प्रदान गर्छन । सञ्चालक वा कर्मचारी निकट भन्दा बाहिरकाले प्रतिवेदनमा नाफा राम्रै देखिन्छ लाभांश किन थोरै भन्दै गर्दा संस्था हितको लागि कोषमा राखियो जवाफ ।
सहकारी संस्थाहरू सञ्चालन गर्नुको प्रमुख उद्देश्य शेयर सदस्यको हित साथै सामाजिक क्षेत्रमा क्रियाशीलता, संस्थाको हित तर विडम्बना शेयर सदस्यले गुनासो राख्दा लाभांश थोरै दिदा सदस्य घट्दा केही फरक पर्दैन । २÷५ हजार सदस्य घटेपनि संस्था चल्छ । सन्था मजबुतसँग चलाउन कोषको राम्रो व्यवस्था छ । जुन भनाइले सहकारी शेयर सदस्यको हितको पक्षमा भन्दा इसाराको पक्षमा खडा छ । केही ठूला सहकारीहरू घमण्डी तथा स्वार्थका कारण नीति विधि र पद्धतिको आधारमा अगाडि बढ्दै गरेका सहकारीहरू चेपुवामा परेका छन् । सङ्कटग्रस्त घोषित ठूला सहकारी तथा सङ्कटग्रस्त घोषणा हुन बाँकी सहकारी इसारामा नाच्दा विधि र पद्धतिमा चलेका सहकारीलाई हाल केही समस्या परे पनि भविष्य सुनौलो सुनिश्चित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0