Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नियात्रागाथाका गायक बमप्रसाद श्रेष्ठ

प्रभातफेरी अनलाइन १६४ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
नियात्रागाथाका गायक बमप्रसाद श्रेष्ठ

मोहन दुवाल, वरिष्ठ साहित्यकार

“आफ्नो मुलुक नेपालमा प्राकृतिक देन, प्राकृतिक स्रोत प्रशस्तै भएर पनि हाम्रो मुलुकका युवाहरुले अर्को देशको मुख ताकी भविष्य चलाउनुपर्ने कुरा राणा शासन सुरु हुँदादेखि नै यस मुलुकको दिनचर्या नै भएको छ । हाम्रो देशको खोलानालाबाट हरेक नदी खोलाबाट लाखौं क्यूसेक पानी बगी खेर जान्छ । वर्षे बाढी बाहेक स्थायी रुपमा बग्ने पानी पनि यति धेरै छ कि यदि देशको जलस्रोतको हिसाव गरे संसारका ठूला–ठूला राज्यहरु पनि तल पर्न जान्छन्, दक्षिण अमेरिकाको ब्राजिल भन्ने मुलुकबाहेक । किनकी यो ब्राजिल मुलुकको जलस्रोत संसारमा सबैभन्दा बढी छ भने नेपालले दोस्रो स्थान ओगटेको छ । नेपाल मुलुक जति सानो छ, यहाँको प्राकृतिक स्रोत भने अत्यधिक बढी छ जस्तोः जलस्रोत, जङ्गल, पर्यटनस्रोत, उच्च हिमाल भएकोले पर्यटनस्रोत पनि त्यति नै तगडा छ, स्वीजरल्याण्डलाई माथ गर्ने ।” नियात्रा गाथामा नेपालको सही तस्वीरलाई अक्षरमा रेखाङ्कित गर्दै नेपालको भलो चिताउने लेखक हुन् – बमप्रसाद श्रेष्ठ (मास्के) । धेरै गरेर, थुप्रै लेखेर पनि चर्चामा आउन नपाएका बहुआयामिक व्यक्तित्वको नाम पनि हुन् – बमप्रसाद । वन प्राविधिकका रुपमा चीरपरिचित डि.एफ.ओ. । आर्किटेक्ट डिजाइनरका रुपमा आफूलाई चिनाउन सफल इन्जिनियर । प्रशासन सेवामा आफ्नो नाम बनाएर गएका योग्य प्रशासक । आधुनिक कलाका सर्जक । केही न केही गरिरहन पाउँदा गौरव गर्ने एकजना कर्मठ व्यक्तित्व । उपन्यासकार, नाटककार, कथाकार, नियात्राकार, कवि तथा गीतकारका रुपमा अक्षरमा आफूलाई पोख्दै गएका एकजना साहित्यकार । थुप्रै बिम्बभित्र आफूलाई देखाउन सफल एकजना कर्मशील व्यक्ति हुन् – बमप्रसाद श्रेष्ठ ।


जलजले पोक्लबाङ्ग, तेह्रथुम जिल्लामा वि.सं. १९९३ साउन ३ गते जन्मेका बमप्रसाद यहि जेष्ठ २ गते २०७१ सालमा ७८ वर्षको उमेरमा महाराणा प्रतापको बहादुरी टेलीसिरियलमा हेरिसकेर केही क्षणको विश्रान्तिपछि दिवंगत भएको सुनिन्छ । एउटी छोरी र दुइटा छोरा÷बुहारी÷नाति–नातिनीहरुलाई हेर्न नपाइकन यिनी दिवंगत भएको देखिन्छ । अमेरिकामा रहेका आफ्ना स्वजनहरु वाध्यताले गर्दा नेपालमा आउन पाएनन् । यही त हुन् नेपाली हुनाका पीडावोधहरु । कमला मास्केकै सहारामा अन्तिम स्वास फेर्दैै गए । यिनी नजिकै रहेकी छोरीले पनि अन्तिम जीवनका धुकधुकी छाम्न पाएनन् । यिनी गए आँखा चिम्लेर; जीवनसँगिनी कमला भाउजूले मनमा साहस भरेर जीवन–कर्ममा पर्न आएका चोटहरु गहभरि आँखामा आँसु राखेर पनि पचाए ।
धेरै भएको छैन; ३ वर्ष नाघिसकेको छ बमप्रसादले आफ्नो नित्य जीवन त्याग गरेको । तर उनले छोडेर गएका अनेकौं साहित्यिक कृतिहरु, वनविज्ञानका महत्वपूर्ण पुस्तकहरु, सिडी चक्काहरुमा घन्केका स्वर र संगीतका धुनहरु कलाका सुन्दर मुहारहरु हाँस्दै गरेजस्तो घरभरि छरपष्ट छन् । २०३३ सालमा नै प्रकाशित वागमतीको किनार (पूर्णाङ्की नाटक) सर्वप्रथम हेर्दा मेरा मन–मस्तिष्कमा थपक्क राख्न भ्याएको नाटककार हुन् बमप्रसाद श्रेष्ठ । उनले छोडेर गएका साहित्यिक कृति, माटोसम्बन्धी र वनसम्बन्धी पुस्तकहरुमा रीता (उपन्यास–२०२४), माटो संरक्षण (माटो विज्ञान पुस्तक–२०२५), वागमतीको किनार (पूर्णाङ्की नाटक–२०३३), रश्मि (उपन्यास २०३९), फरेष्ट प्लाण्टस् अफ नेपाल (वन वैज्ञानिक पुस्तक–२०४६), आफ्नो कथा आफ्नो व्यथा (टेलिसिरियल–२०५०), गाजली (उपन्यास–२०५५), मौसमी रिमझिम (अडियो अल्बम–२०५५), सरस्वती लक्ष्मी (उपन्यास–२०५८), कर्मठ पाखुराका दिगो पाइलाहरु (उपन्यास–२०६६), विस्मृतिका फूलहरु(कथासङ्ग्रह–२०६७), नेपाल फरेष्ट एण्ड इन्भाइरन्मेन्ट (वन तथा वातारण पुस्तक–२०६९), सुदूरको लाली (कवितासंग्रह–२०६९),रेटाइ सारङ्गीको (महाकाव्य–२०६९), ीभगलब तजभ ीभगअभलत (अङ्ग्रेजी कवितासङ्ग्रह – २०७०) र नियात्रा गाथा (नियात्रासङ्ग्रह – २०६९) प्रकाशित छन् ।
२०२१ सालदेखि वन विभागअन्तर्गत स्थापना भएको ‘फरेष्ट रिसोर्सेज सर्भे कार्यालय’ अन्तर्गत रहेर जागिर खाएकै कारणले देशका विभिन्न भागहरु भ्रमण गर्ने अवसर यिनले पाएको देखिन्छ । भ्रमणका दौरानमा बटुलेका अनुभूतिहरु टिपेर वन विज्ञानसम्बन्धी उच्च कोटीका पुस्तक लेखे र यिनले आफ्नो क्षेत्रबाट निकै ठूलो प्रशंसा बटुले । माटोको सर्वेक्षण गर्दै वनको अध्ययनमा जीवनका उत्सर्गहरु खर्चिदै गरेका यिनले ठाउँ–ठाउँमा पुग्दाका अनुभूतिहरु साहित्यमा उतारे । ठाउँ–ठाउँमा पुग्दाका दृष्यहरु मनोरम चित्रमा यिनले कोरे । २०४८ सालमा राष्ट्रिय चित्रकला प्रदर्शन गरेर आफूलाई उत्कृष्ट कलाकारका रुपमा चिनाइसकेका यिनी विज्ञान, साहित्य, गीतसङ्ग्रह र चित्रकलामा समेत दख्खल भएका एकजना बहुआयामिक व्यक्तित्व हुन् ।
बमप्रसाद श्रेष्ठ (मास्के) की जीवनसँगिनीले मसँग फोनमार्फत् सम्पर्क गरेर एकपल्ट भेट्ने इच्छा जाहेर गरेकै कारणले यही २०७१ साउन ७ गते सानेपामा उनको घर पुगेँ । बमप्रसादजीका पुस्तकहरु, अल्बमहरु मलाई थम्याइदिइन् । बमप्रसादले प्राण त्याग गर्दाका प्रसङ्गहरु सुनाइन् । उनले कोरेका चित्रहरु घरभरि टाँगिएका छन्; सबै मलाई डो¥याएर देखाइन् । सुन्दर आकृतिका कलाहरु एकपटक हेरेँ; साँच्चीकै राम्रो कलाकार पो रहेछन् बमप्रसाद श्रेष्ठ । काठमा कुँदेका मूर्तिहरु नियालेँ; काष्ठकलामा पनि निपुण देखिँदो छ कलाकार बमप्रसाद । माटोका मूर्तिहरु पनि हेरिरहूँजस्तो लाग्ने गरी बनाएर गएका सुन्दर मूर्तिकार भन्न सुहाउँछ बमप्रसाद । धेरै गुणले सम्पन्न रहेर आफूलाई सक्षम ढङ्गले प्रस्तुत गर्दै आएका स्रष्टा÷द्रष्टा भएर पनि जति प्रसार–प्रसार हुनुपर्ने व्यक्तित्व भएर पनि ओझेलमा परेका पो रहेछन् बमप्रसाद श्रेष्ठ ।
२०७० जेठ ३ गते एकल सङ्गीत कार्यक्रम र चित्रकला प्रदर्शनी (मेघा सो) गरेर ८ वटा पुस्तकको विमोचन एकैचित्त गराएका सक्षम द्रष्टा÷स्रष्टाका रुपमा मूल्याङ्कन गर्न सकिने प्रतिभा हुन् – बमप्रसाद श्रेष्ठ (मास्के) । माटोमा देखिएका गुणहरुलाई कण–कण केलाएर, वनमा पाइने अनगिन्ती प्राणपखेरुलाई आँखा र मनले छामेर, नमूना सिनेमाघरको रुपरेखा खिँचेर, जागिर खाँदा र अध्ययन गर्दा पनि सिर्जनामा मन राखेर कहिले गीतमा, कहिले कवितामा साधना खोपेर, फुर्सदमा चित्र खिँचेर, सङ्गीतमा तरङ्ग दिएर धेरै थोकमा सिर्जना रोपेर गएका बमप्रसाद श्रेष्ठलाई मेरो मन मझेरीमा राखेर स्मृतिमा अक्षर–शब्दहरु चढाउन रुचाइरहेछु । नेपाललाई शक्तिसम्पन्न राष्ट्र बनाउन सकिन्छ भन्ने उनको ठम्याइ बीचैमा तुहियो । उनी आजकल हामीमाझ छैनन् तर पनि उनका कृति, सिर्जना र कृयाकलापहरु छामेर भन्न सकिन्छ – उनी अद्वितीय क्षमता बोकेर देखापर्दै आएका एकजना सक्षम नेपाली हुन् ।
थुप्रै नेपालीहरु बितेर गए जो सम्झन लायकका छन् । थुप्रै प्रतिभाहरु पलायन भएर गए जो सम्मान गर्न योग्य छन् । तर दुर्भाग्य; यहाँ आफ्नो चर्चा आफैले गरेर, गर्न लगाएर र पैसामार्फत् अरुलाई लेख्न लगाएर महान् स्रष्टा हुन खोज्नेहरुको हुलमा बमप्रसादजस्ता स्रष्टाहरु देखा परेनन् । कमला मास्केहरु दुखेको मनलाई सम्हाल्न लगाएर आफ्नो जीवनसँगिनीले सिर्जना गरेका कृति, कला र सङ्गीतका धुनहरु सुनाउन लालायित छन् । नेपाली हुनुका कारणले यो स्थिति भोग्नुपर्छ कमला मास्केहरुले र बमप्रसादहरुजस्ताले गरेर देखाएका सुन्दर आकृतिहरुलाई लिपिवद्ध गर्न कम्मर कसेर लाग्नुपर्छ – इतिहास आफैले नै निर्माण गर्ने हो । यो नेपालीहरुको नियति हो । नियात्रा गाथा गाउँदै गएका बमप्रसाद श्रेष्ठ (मास्के) लाई शब्दमा राखेर म श्रद्धाञ्जली अर्पण गर्दैछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0