Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रयोगशील कवि पूर्ण वैद्य

प्रभातफेरी अनलाइन २८५ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
प्रयोगशील कवि पूर्ण वैद्य

मोहन दुवाल, वरिष्ठ साहित्यकार

पूर्ण वैद्य आधुनिक नेपालभाषा कविता क्षेत्रका एकजना चर्चित कवि हुन् । कवितामा संवेदना र अनुभूतिको सिर्जनात्मक योग खोज्न र खोप्न रूचाउने कविका रूपमा यिनी परिचित छन् । कवितामा नयाँ नयाँ प्रयोग गर्न रूचाउने कवि कवितालाई सरल भाषामा नयाँ दृष्टि–बिम्बमा खोप्न सिपालु कविका रूपमा यिनी विख्यात छन् । लेखनकलामा शिल्प साधना नभएपछि कविताका नाममा अकविता जन्मन्छ । कविता भनेको सत्यको उद्घाटन गर्ने सुन्दर माध्यम भएर पनि कवितामा बिम्ब, प्रतीक, शैली, भाषाको उचित प्रयोग हुन नसक्दा कविताको बिम्ब हराउँछ भन्ने दृष्टि सोचकै कवि हुन् – पूर्ण वैद्य । त्यसैले युग द्रष्टा कविका रूपमा कविता–बिम्बमा चर्चा गर्न लायक कवि हुन् यिनी । नेपालभाषा काव्यजगत्मा एउटा नयाँ बिम्ब भएर उठेका कवि पूर्ण वैद्य कलाहीन विचार साहित्य भएर जीवन्त कहिल्यै हुन सक्दैन भन्ने विचारका कवि पनि हुन् । कविले जनताको चेतनास्तर बुझ्न नसक्दा कविका कविता दुरूह र क्लिष्ट बन्छन् । कवितामा आधुनिकता के हो उनी यस सम्बन्धमा आफ्नो सुन्दर विचार अभिव्यक्त गर्न सिपालु छन् । उदाहरणका लागि उनी लेख्छन् – आधुनिक कविता आधुनिक जीवनबोध हो, कुनै एउटा वाद होइन ।


मलाई लाग्छ, पूर्ण वैद्य कुनै बन्धनमा बाँधिएर कविता लेख्दैनन् । बन्धनबाट मुक्त भएर कविता सिर्जना गर्न सक्नु नै कविको धर्म र कर्म हुन् – उनी यस्तै भावनामा रमेर कविता सिर्जना गर्छन् । म यहाँ पूर्ण वैद्यलाई परिचय गराउन खोजिरहेछु – एकजना सफल कवि । एकजना आधुनिक कवि । एकजना प्रयोगशील कवि । कवितामा बिम्ब खोज्न सफल कवि । मानवताप्रति सचेत कवि । सामाजिक न्यायका लागि अनुभूति पोख्न सिपालु कवि । आफ्नो मातृभाषा नेपालभाषामा लेख्दै गरेका तर नेपाली र अंग्रेजी भाषामा समेत विस्तारै प्रभाव छोड्न सफल कवि । यस्तै–यस्तै थुप्रै विशेषणले व्याप्त रहेर आफूलाई चिनाउन सक्षम कवि पूर्ण वैद्यले जीवनका लागि कविता खोज्छन् र कविता जीवनका लागि हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी तर्क राख्दै भन्छन् – वास्तवमा भन्ने हो भने हामीलाई चाहिने कविता होइन, जीवन हो । न्यायिक जीवन लिनुदिनुका लागि कविताको प्रयोग हुनुपर्छ ।
कवितालाई जीवन–दृष्टि बनाउन खोजिरहने कवि पूर्ण वैद्य वि.सं. १९९७ गुन्हिपुन्हीमा भक्तपुर चोछेँटोल वडा नं. ९ मा पिता काजीबहादुर वैद्य माता देवकुमारी राजभण्डारी (वैद्य)का छोरा भई जन्मन पाएका हुन् । विद्यालय पढ्दा पढ्दै साथीहरूकै सरसङ्गतमा रमाउँदा रमाउँदै कविता लेख्न सिकेका यिनी कवितामा चलखेल गर्दागर्दै कवि बनेका हुन् । सानो छँदादेखि नै कविता लेख्दै आएका यिनी ७५ वर्षको उमेरमा पुग्दा पनि आजपर्यन्तसम्म कविता लेख्दैछन् र यिनको भविष्यको इच्छा पनि कविता लेखिरहनु नै हो । प्रयोगशील नयाँ कविहरूका कविता मन पराउने यिनका प्रिय साहित्यकारहरूमा भूपि शेरचन, वासु शशि र कृष्णचन्द्रसिंह प्रधान हुन् । कविता लेखेपछि संप्रेषणीय होस् र त्यस कविताको व्यापकता जनमनमा पुगोस् भन्ने सोच राखेर कविता सिर्जना गर्न रूचाउने यी कवि २०६३ सम्म । प्राध्यापन सेवामा समर्पित भएको देखिन्छ । शिक्षा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका कवि पूर्ण वैद्य श्रीमती मीरा वैद्यसँग जीवनका लहरहरू काट्दै बबरमहल, काठमाडौंमा बसोबास गर्छन् ।
नेपालभाषा र कविता विधामा विशिष्ट पहिचान देखाइसकेका पूर्ण वैद्य सरासु कवितासङ्ग्रह प्रकाशन पछि विशेष चर्चामा आएका कवि हुन् । श्रेष्ठ सिरपा प्राप्त गर्न सफल उक्त कृतिमा कवि पूर्ण वैद्य साँच्चीकै भन्ने हो भने समालोचक कृष्णचन्द्रसिंह प्रधानले भूमिकामा लेखेजस्तै समकालीन जीवनको संकट, संक्रमण र अवमूल्यनको भावबोधलाई आस्थाहीन मनस्थितिको सन्दर्भमा जोडेर जीवन र मानवताप्रतिको धारणामा एउटा प्रश्नचिन्ह राख्न लगाई अर्कै किसिमले विचार गर्ने दृष्टि दियो । यही हो उनले देखाएको काव्य चेतनाप्रतिको दृष्टि । कवितामा एउटा नयाँ सोच बोकेर आधुनिक कविताको व्याख्या गर्दै उनी लेख्ने गर्छन् – कविता अनुभूति मात्र होइन अनुभूतिको सार अर्थात् निचोड हो । कविता घटना र दृश्यको विवरण होइन । कुनै पनि घटना, दृश्य अथवा क्रिया प्रतिक्रियाभित्र लुकिरहेको अन्तर्मन सत्यको प्रकाशन हो । यस्तै भावधारा कवितामार्फत् सम्प्रेषण गर्न खोज्ने कवि पूर्ण वैद्यका कविताहरू पढेर अमेरिकाका एकजना युवा कवि वेन एम्सिस (Wayne Amtzis) ले आफ्नो प्रतिक्रिया यसरी व्यक्त गरेका छन् (The poems of Purna Vaidya reflect the mind of a man intimately involved with his reflection. His own relfection and the reflection of life as it is carried and refracted through a single element in its manifest and various forms. सरासु (सुनसान रात) लाई प्रतीक र बिम्बमा राखेर जीवन र जगत्को खोजी गर्दै आएका कवि पूर्ण वैद्यले कवितामा नयाँ शैली र भाषा प्रदान गरेर नेपालभाषाको आधुनिक कविता क्षेत्रमा एउटा नयाँ आयाम थप्न सफल भएका छन् । लःलःखः (पानी पानी हो) पछिल्लोपल्ट प्रकाशित कविताले पनि पूर्ण वैद्यलाई एकजना सफल कविका रूपमा चिनाएका छन् । पानी कविताले नेपालभाषा काव्य परम्पराको इतिहासलाई व्यापक बनाउन उनी सफल छन् । शैलीगत रूपमा नयाँ कविता आन्दोलनका अगुवा भई देखापरेका कवि पूर्ण वैद्य प्रगतिवादी कविका रूपमा पनि चिर परिचित छन् । यिनका प्रकाशित पुस्तकहरुमा कविताका ३ वटा पुस्तक, कवितासम्बन्धी धारणाको एउटा पुस्तक, निबन्धसङ्ग्रह १ वटा प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘लःलःख’ को नेपाली अनुवाद ‘पानीमात्र पानी’ कवितासङ्ग्रह प्रकाशित भएको देखिन्छ । कवि मञ्जुलसँग मिलेर उक्त पुस्तक नेपालीमा प्रकाशित भएको हो ।
कवि पूर्ण वैद्यका कविताहरू नेपाली र विदेशी थुप्रै भाषामा अनुवाद भएर प्रकाशित भएका छन् । प्र.ज. गणतन्त्र कोरियामा ५० औं मुक्ति दिवसका उपलक्ष्यमा भएको एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका कविहरूबीच भएको कविता प्रतियोगितामा यिनी प्रथम भएर सफलता प्राप्त गरेका नेपालका सफल कवि पनि हुन् । त्यस्तै ३६ वर्ष अगाडि नै भक्तपुरस्थित विराट नेपालभाषा साहित्य गुथिले उनलाई आधुनिक सीप र प्रगतिवादी विचार दुवैका समन्वयात्मक काव्य धाराका अगुवा कविका रूपमा स्वीकारेर सम्मान दिइसकेका छन् । श्रेष्ठ सिरपा, राष्ट्रिय प्रतिभा पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, अस्वीकृत विचार साहित्य पुरस्कार, शिक्षा पुरस्कार, भक्तपुर विकास सहयोग संघ, भक्तपुरबाट र नेवाः पत्रकार दवू पुरस्कारद्वारा सम्मानित कवि पूर्ण वैद्य साहित्यलाई जीवनका संवेदना र अनुभूतिका सुन्दर काव्यिक अनुभूति हो भन्न रूचाउँछन् ।
नेरूदा, पास्टरनायक, पोपा, पाजका साहित्य मन पराउने यिनी भारतका अज्ञय, मुक्तिबोध, सर्वेश्वरदयाल सक्सेना, चन्द्रकान्त आदिका साहित्यिक सिर्जनाबाट विशेष प्रभावित छन् । जीवनप्रतिको दृष्टिमा उनी संक्षिप्तमा यसरी आफ्नो विचार राख्छन् – सिर्जनात्मक र प्रगतिका अनन्तक्रमको एक क्रम, एक पाइला, सृष्टिका अनिवार्य सेतु र जोड । कविताकै खोजीमा लागेर कविता लेख्दै गरेका कवि पूर्ण वैद्यले कविताया लागा (कविताको आयाम) के हो भन्नेबारे आफ्नो विचार उक्त पुस्तकमा पोखेका छन् । त्यस्तै यिनले नेपालभाषामा प्रकाशित अति चर्चित साहित्यिक पत्रिका सितुका सम्पादनका साथै पाचिना (कवितासङ्ग्रह)को सम्पादन र सुनतारो लावाकावाका कविता अनुवाद गरेर जापानी कविका कविता नेपालभाषामा अनुवाद गरेर आफ्नो अनुवाद कला पनि देखाउन सफल छन् । सङ्क्षेपमा भन्न सकिन्छ – ‘यिनी कवितामा जीवन्छ छन् । आधुनिक ढाँचामा कुँदिएका र नयाँ प्रयोगमा ल्याइएका यिनका कविताहरु सुन्दर छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0