Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महासंघलाई सञ्चारकर्मीको छाता संगठन बनाऊ

प्रभातफेरी अनलाइन ३८० पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा पत्रकारिता क्षेत्रलाई राजनीतिक दलहरूले हस्तक्षेप गर्ने गरेको छ । नयाँ सदस्यता प्रदान साथै नवीकरण गर्दा समेत कुनै न कुनै दलको राजनीतिक मखुन्डो लगाउनै पर्ने वाध्यता छ । सक्षम क्षमतावान व्यक्तिले पत्रकार महासंघको सदस्यता बन्न चाह्यो भने उसको क्षमताको विषयलाई ध्यान दिनुको बदला कुन दलको मुखुन्डो पहिचान तर्फ लागिन्छ । कुनैपनि दलमा आवद्ध नभएको सावित भएमा उसको क्षमताको कदर हुदैन । राजनीतिमा सक्रियता भूमिका खेल्ने लाई दलकै आडमा पत्रकार महासंघले सदस्यता दिने पछिल्लो समयमा फस्टाउँदो अवस्थाले गर्दा सञ्चार क्षेत्रमा निष्पक्षताको खडेरी लाग्ने गरेको छ । राजनीतिक हस्तक्षेपको कारण आम पाठक बर्गमा विश्वसनियता गिर्दो अवस्थामा पुगेको छ ।
देशैभरी पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा निर्धारित समयमा अधिवेशन समेत गर्न सकेन । पत्रकारहरूको शुद्धिकरण साथै नयाँ सदस्यता वितरण गर्ने कार्यमा समेत दलहरूको कारणले गर्दा विवादित हुन पुग्यो । सञ्चार क्षेत्र सबैको साझा हो सबैसँग समन्वय गर्नु नौलो हैन । दलहरूसँग पारपाचुकेको अवस्था सृजना गर्नुपर्छ भन्ने हैन तर सञ्चार जगत दलहरूकै इसारामा चल्ने हो भने आम पाठक समक्ष विश्वसनियता खडेरी स्वभाविकै हो । पछिल्लो समयको अवस्थालाई नियाल्दा सञ्चार क्षेत्रलाई दलहरूले आफ्नो कब्जामा राखेर दलगत स्वार्थको लागि प्रयोगमा ल्याउने तम्तयारी अवस्थामा छ । यसरी पत्रकारहरू दलकै स्वार्थमा लागि पर्ने हो भने आम पाठकको नजरमा सञ्चार क्षेत्रको विश्वसनियता सदाको लागि गुम्न सक्छ, यो जटिल समस्या हो यस्तो समस्याको विषयमा सञ्चारकर्मी सजग हुन जरुरी रहन्छ ।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले निर्धारित समयमा अधिवेशन गर्न नसक्दै गर्दा नेपाल पत्रकार महासंघ काभ्रे शाखा पनि अछुतो रहन सकेन । केन्द्र देखि प्रदेश, जिल्ला हुँदै सवै तहमा नयाँ सदस्यता प्रदान साथै शुद्धिकरणको नाममा चरम विवाद रह्यो । निकै लामो प्रयासपछि अधिवेशन भयो । अधिवेशन त भयो तर पत्रकारहरूको हितको लागि नभई दलको हितको लागि । मुलुकमा सरकार जुन ढङ्गको छ सोही तरिका अपनाउंदै एमाले निकट पत्रकारहरूको संगठन र नेपाली काँग्रेस निकट पत्रकारहरूको संगठनका बिचमा सहकार्य गर्दै अन्य पक्षका पत्रकारहरूलाई वायस गर्दै अगाडि वड्यो । जुन कार्यमा सकृय क्रियाशील पत्रकारहरूको लागि अवसर भन्दापनि दलको दर्बिलो कार्यकर्तालाई समावेश गराइयो । जुन कार्यले पत्रकार महासंघ लाई आम पत्रकारहरूको छाता संगठन देखाउने दातमा मात्रै सावित भयो । सञ्चारको क्षेत्रमा आवद्द सञ्चारकर्मीले महासंघबाट जे अपेक्षा गरेका थिए सो दिवा सपनामा सावित हुँदै छ ।
पत्रकार महासंघ काभ्रेमा हालै सम्पन्न निर्वाचनबाट धेरै विषय अविस्मरणीय सावित भएको छ । काभ्रे शाखाको इतिहासमा पहिलोपटक अध्यक्षमा निर्विरोध भएको छ । साथै शाखामा निर्वाचित उपाध्यक्षहरू मध्यबाट पहिलो पटक उपाध्यक्ष अध्यक्ष बनेर इतिहास कायम राखेको छ । त्यसैगरी दुई ठूला संगठन पे्रस युनियन र पे्रस चौतारीको मिलेमतोमा अन्य संगठनहरूलाई पत्रकार महासंघ काभ्रे शाखाको कार्यसमितिबाट पहिलो पटक बाहिर राख्न सफल भएर पत्रकारिताको क्षेत्रमा इतिहास रचेको छ । जसको कारण पे्रस चौतारी र पे्रस युनियनलाई दुई संगठनको हितको लागि कार्य गर्न सहज भएको छ । ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले भवन निर्माण, अक्षयकोष व्यवस्थापन लगायतको शीर्षकमा स्थानीय तह, प्रदेश लगायतको स्थानहरूबाट बजेट व्यवस्था भएको थियो । सो विषयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरी विना अधिवेशन निर्वाचनमा होमिनु पत्रकार महासंघको विधान परिच्छेद ३ ÷ ९ को १, २, ३ विपरित छ ।
आर्थिक पारदर्शिता साथै विधान विपरित गरिएको निर्वाचन नीति र विधि सम्वत् नरहेपनि दलकै आडमा सहज ढङ्गबाट सफल भएको छ । केन्द्रले जारी गरेको निर्वाचन आचार संहितालाई दुई ठूला संगठनले शक्तिको आडमा लत्याइएको छ । निर्वाचन आचार संहितामा उल्लेख भएको गोप्य मतदानको बुँदा छायामा परेको छ । मतदान स्थलमै निर्माण गर्दा निर्धारण गरिएको दूरी, मतदान स्थलमा निर्विवाद ढङ्गबाट मोबाइलबाट आफूले दिएको मतको फोटो खिच्ने पाउने अवस्था, निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको निर्धारित समय भन्दा २६ मिनेट पछि सम्म ठूला दुई संगठनको मिलेमतोमा उम्मेदवारी दर्ता गराउनुले निर्वाचन मण्डलको क्षमतामा प्रश्न उठ्नु नौलो रहेन । दुई ठूला संगठनले अन्य संगठनहरूलाई पत्रकार महासंघ काभ्रे शाखाबाट बाइपास गर्न जुनखालको कार्यहरू गरेर कार्यसमिति गठन गरेको छ सो समितिले पत्रकार महासंघलाई सबै संगठनको छाता संगठन बनाउन नसकेपनि आफू निकटका पत्रकारहरूको छाता संगठन बनाउन सफल रहोस् । यसैगरी नवनिर्वाचित जिल्ला कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0