Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार छ भन्ने अनुभूति कहिले पाउने ?

प्रभातफेरी अनलाइन १८१ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समय झण्डै दुई तिहाइको सरकार बनेपछि नेपाली जनताले निकै अपेक्षाहरु राखेका थिए । देशमा भइरहेको बेथिति, अराजकता र भ्रष्टाचारजन्य लगायतका पक्षहरु अन्त्य भएर जानेछन् । नेपाली जनताले सहज रुपमा आफ्ना नैसर्गिक अधिकारलाई उपयोग गर्न पाउनेछन् भन्ने अपेक्षा रहनु स्वभाविक पनि थियो ।
बिडम्बना ! सरकार बनेको १ वर्ष हुनैलाग्दा पनि नेपाली जनताले अपेक्षा गरेका कुनै पनि आशाहरु परिणाममुखी नभएर निराशामा परिणत हुँदै गइरहेको सरकारले संसदमा पेश गरेको प्रतिवेदनले पुष्टि गरेको छ ।
जनताद्वारा निर्वाचित थलोमा बहस हुनुपर्ने, जनताका लागि आवश्यक पर्ने विधि, नीति, कार्यक्रमहरु संसदमा छलफल चलाइनु पर्नेमा सरकार जस्केलाबाट अध्यादेश ल्याएर संसदलाई निरिह बनाउन लाग्नुले पनि सरकार छ भन्ने अनुभूति भुईंमान्छेले अझै पाउनसक्ने अवस्था देखिएन । सरकारका जति पनि रबैयाहरु देखिएका छन्, त्यसले भुईंमान्छेको जनजीवनमा नकारात्मक असरभन्दा अरु केही उपलब्धी हुन नसक्ने सरकारको क्रियाकलापले देखाएको छ । जसको प्रत्यक्ष सिकार महँगीलाई लिन सकिन्छ । बजारमा भएको कालाबजारिया गतिविधिले गर्दा दैनिक उपभोग्य खाद्यान्न लगायतका वस्तुहरुमा मूल्यवृद्धिका कारण भुईंमान्छेहरुमा छाक टार्न धौ–धौको अवस्था सिर्जना भएको छ ।
सरकारले जति नै गुड्डी हाँकेपनि भुईंमान्छेले नैसर्गिक अधिकारभित्र पर्ने कुनै पनि अधिकारहरु प्राप्त गर्ने अवस्था रहेन । जसको कारण मुलुकको युवा जनशक्ति दिन दुई गुणा रात चौगुणाको दरले विदेश पलायन हुन बाध्य भएको छ । जसका कारण समग्र मुलुकमा दक्ष जनशक्तिको अभाव खड्किँदै गएको छ । जसको पहिलो निशानाको रुपमा सुरक्षा निकाय र निजामतिको क्षेत्रमा देखिएको छ भने विकराल डरलाग्दो रुपमा शैक्षिक संस्थामा दक्ष जनशक्तिको अभाव कालो बादल जसरी मडारिन पुगेको छ । गाँस, बास, कपास, रोजगार लगायतका पक्षमा सरकारको ध्यान जान नसक्नुले यो सरकारप्रतिको विश्वास दिनप्रतिदिन खस्किँदै गएको छ । यो अवस्थामा सरकार सञ्चालक राजनीतिक दलले आफूलाई रुपान्तरण गर्दै जनजीविकाको सवालमा गम्भीर बन्नु र भुईंमान्छेलाई सरकार छ भन्ने अनुभूति दिलाउनु उसको दायित्व हो । यो दायित्वबाट विमुख हुनु सिंगो राष्ट्र, राष्ट्रियता, जनजीविका र जनतन्त्रप्रति नै आधात पुग्ने ठम्याईमा हामी पुगेका छौं ।
हाम्रो आग्रह छ, सरकारले विधिको शासनलाई अनुशरण गर्दै भुईंमान्छेका अपेक्षाहरुलाई पनि सम्बोधन हुनेगरी आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भन्ने अपेक्षा राख्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0