Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जीवनवृत्त छन्दःझ्याउरे (असारे)

प्रभातफेरी अनलाइन १६७ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१२ महिना अघि)
जीवनवृत्त छन्दःझ्याउरे (असारे)

– मुरहरि रायमाझी, बनेपा, नयाँबस्ती

 

हे सरस्वती ! हे अष्टलक्ष्मी !! गणेश कुमार!!!
जीवनवृत्त लेख्न म सकूँ कलम घुमा“र ।

हे चण्डेश्वरी हे धनेश्वर हे कुलदेवता
सन्तानमाझ बढेर जाओस् गहिरो एकता।

हे पशुपति हे गुह्येश्वरी करुणानिधान
सबैको हित सदैव गर्ने रहेछ विधान ।

पितृले दिऊन् आसिक सधैँ प्रसन्न भएर
चढाएँ फूल हे देवदेवी म खुसी भएर ।

तेत्तिस कोटि देवी र द्यौता पुकारा गर्दछु
नपरोस् विघ्न कहिल्यै भनी शरण पर्दछु।

सिन्धुली जिल्ला पहिले थियो पछाडि काभ्रे भो
जो भीमखोरी हो पञ्चायत वडा नं.त्यो नौको ।

हरा र भरा वनकाबिच त्यो च्याँख्ले गाउँमा
जन्मिएँ यहीँ हुर्किएँ यहीँ सुन्दर ठाउँमा ।

ती टीकादेवी माता हुन् मेरी पिता टेकबहादुर
जति म हेर्थेँ उति नै देख्थेँ हँसिलो दुबै नुर ।

अम्बर जेठो माइलो अर्जुन थल बा. साइँलो
चौथोमा प्यारी नाउँकी दिदी म परेँ काइँलो ।

कान्छोमा रुद्र नाउँको भाइ गर्दथ्यौँ अर्चना
उदर एकै बसेका हामी गहिरो सम्झना ।

म मुरहरि हुँ रायमाझी जन्मेको थरमा
आमाको प्यारो सन्तान पाचौँ भएर घरमा ।

रहेछ सानो चिटिक्क बस्ती फूलझैँ फुलेको
सौन्दर्य हेर्दा लोभिने मन अति नै खुलेको ।

त्यो माम्ती खोला गाउँको तल त्यो रोसी खोलो थ्यो
अझ झन् तल त्यो सुनकोसी सुसाई बग्दथ्यो ।

भीमसेन थान माम्तीमा थियो द्वापरयुगको
मन्दिर पछि बनायौँ मिली हामीले सकेको ।

भक्तालुहरू ती टाढादेखि आउँछन् अहिले
सजिलो भयो आउनजान त्यो वी.पी. मार्गले।

दुम्जामा हाम्रो चर्चित खुबै महादेव कुशेश्वर
आउँछन् भक्त दर्शन गर्न मनको फाली फोर।

हामीले मान्दै आएका दुई यी इष्टदेव हुन्
रोसी र कोसी किनार महा आसीन भए जुुन।

दक्षिणतिर महाभारत उत्तर तिमाल
डाँडाले छेकी नदेख्ने थियो सुन्दर हिमाल।

कोईली चरी गाउँथी बरी मयुर नाच्दथ्यो
मिर्गको पाठो बुर्लुक्क उफ्री कम्मर भाँच्दथ्यो।

त्यो च्याँख्ले खोलो झरर गर्दै झरना झर्दथ्यो
हिउँदे घाम डाँडाले छेकी नलाग्ने गर्दथ्यो ।

बर्खामा गाउँ हिउँद बेसी तिरमशालीमा
कोही चैँ माम्ती, ओखलढुंगा क्वै देवीथानमा ।

बाँदर , दुम्सी, बँदेल बाली गर्दथे बिमाख
नसकी हेर्न किसान हामी बिगाथ्र्यौँ दिमाख।

छजना थियौँ सन्तान हामी माता र पिताका
बालखकाल गाई र बाख्रा हेरेर बिताका ।

त्यो पाठशाला नजिक थेन कठिन थ्यो बेला
साक्षरसम्म घरमै हुने चलन त्यो बेला ।

पढेको निकै दुःखका साथ भरना भएर
म दुईदेखि कुशेश्वर मा.वि. दुम्जामा गएर ।

बिक्रम संवत् हजार दुई चालीस सालमा
म्याट्रिक गरी शिक्षक भएँ पछिल्लो सालमा ।

म एकजना यतिको पढ्ने हुँ परिवारमा
सामल खेपी बसेर डेरा अरूको घरमा ।

प्रमाणपत्र तहचैँ गरेँ प्राइभेट भएर
विराम लाग्यो औपचारिक शिक्षामा गएर ।

विवाह हुँदा म बिस वर्ष चालिस सालमा
भो मागी बिहे यस्तै नै हुन्थ्यो प्रायः त्यो कालमा।

ती गंगादेवी दुलही बनिन् अठार वर्षमा
तिनोटी छोरी र दुई छोरा हुर्काइन् हर्षमा ।

सम्झना छोरी सरिता छोरी ती छोरी शुभद्रा
निर्भीक कान्छो छोरा हो जेठो नाउँ छ रामचन्द्र ।

चौबिसै घण्टा खटेकी बरी ! पटुकी कसेर
अधिक दुःख तिनले गरिन् गाउँमा बसेर ।

कम्जोर बन्दै शरीर गयो त्यो तीनबिसमा
जो दुःख दिएँ म माफी माग्छु दयालु ईशमा ।

मचाहिँ डेरा गरेर बसेँ जागिर खानाले
ती छोराछोरी बनेपा बसे पढाइ हुनाले

मास्टर डिग्री गरायौँ सबै सन्तान दुःखले
तैपनि कहाँ पाइँदोरे“छ बस्न त सुखले ।

सबैले छोडी गाउँ र बसे बेसीमा गएर
दुलही मेरी गाउँमै बसिन् ती एक्ली भएर ।

छाडियो गाउँ बाध्यतावश सत्तरी सालमा
तस्कर लागि रासनपानी नमिली थालमा ।

त्यो सातवर्ष पाँचोटा स्कुल पढाएँ घुमेर
र पोक्रा मा.वि. सत्ताइस वर्ष बिताएँ उमेर ।

चौँतीस वर्ष शिक्षण गरी निवृत्तिभरण
लिएर ऐले विश्राम गर्दै पछिल्लो चरण ।

सकेको छरेँ शिक्षाको जोती यसैको क्षेत्रमा
चेला र चेली ती सयौँ अझै घुम्दछन् नेत्रमा ।

नछोड्ने थिएँ जागिर चाँडै स्वास्थ्यका कारण
छोडियो बाध्य भएर गरेँ पेन्सन धारण ।

पढियो धेरै साहित्य सुधा गरियो रसपान
आएर पछि पुस्तक लेखेँ सकेको केही थान ।

यो पदचाप पछ्याई मेरो निर्भीक छोराले
साहित्यमाझ छोड्दै छन् छाप क्रमिक पाराले ।

अहिले मेरी नातिनी फेरि गरिमा दिनदिन
यै मार्गतिर बिरुवा सानो खनेर रोप्दै छिन् ।

साहित्यरुपी बिरुवा हुर्कून् यो मेरो चाहना ।
दाहिना बसून् ती सरस्वती छ शुभकामना ।

गेहेन्द्र जेठा ती अधिकारी माइला नवराज
अनिल कान्छा तिनोटा ज्वाइँ मनमा गरून् राज ।

दुईटा नाति छोरीका छोरा स्वर्णिम, नवोदित
सम्झना अनि सरिता छोरी दुबैका एकै प्रीत ।

ती जुनी जेठी जो हुनेवाला र लक्ष्मी बुहारी
दिदी र बैनी मिलेर बसून् नखेली जुहारी ।

ओखलढुंगे छैसठ्ठी सालै कौडीको भाउमा
बेचियो खेत नचल्दा खेती हारेको दाउमा ।

रहर भन्दा कारण परी त्यो गाउँ छोडियो
अमिलो मन गरेर कदम बनेपा मोडियो ।

गाउँले हामी शहर बस्न गारो छ छन त
जहाँ नै बसौँ गाउँमै पुग्छ आखिरी मन त ।

गाउँको खोला गाउँको माटो गाउँकै वनमा
खेलेको देख्छु अझै नि चित्र छ मेरो मनमा ।

नसम्झे पनि सपना सधैँ गाउँकै आउँछ
सयर गर्दा स्वप्नामै शान्ति मनले पाउँछ ।

हे मातृभूमि ! म माफी पाऊँ टाढा भै रहे नि
म खुसी छैन ती सोर कौडी ठाडा भै रहे नि !।
“ इति“

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • मुक्तक

    मुक्तक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0