
प्रभातफेरी अनलाइन ४२७ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१२ महिना अघि)
वेदिका वन्दना
युगले सुनोस् !
वधशालाको भित्तामा नखोपिएको,
बर्बर यातनाको चित्कार,
सुनुन् !!
ऐतिहासिकहरुले पनि
शिलापत्रमा अनंकित,
मैले भोगेको अन्यायको इतिहास,
स्वाभिमानको गीत गाउँने
योद्धाहरुको छातिमा,
क्रुरताको कवाज खेल्ने जल्लादहरुको
निर्ममताको संगीत,
गुञ्जियोस !! गुञ्जियोस !!
र लेखियोस्
इतिहासको आदिम अक्षरहरुमा
विभत्स वधशालाको सजिवता,
किनभने
पढाउँनु छ वर्तमानलाई
मेटाइएको मेरो इतिहास !
भत्काउँनु छ
मलाई निमोठेर लेखिएको
वैभवता र गौरवताको
स्वर्णयुगीन इतिहास
जहाँ
मेरो इतिहासको भविष्य छैन
मेरो अतित छैन,
मेरो वर्तमान छैन,
त्यसैले त मलाई स्वर्णयुगको गीत गाउँनु छैन ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |