यो सुख्खाको मौसममा जताततै आगलागी हुनेगरेको छ । आगलागीको कारण ठुलो मात्रामा धनजनको क्षती हुनेगरेको छ । सुख्खा याममा जता ततै आगलागी हुँदा ठुलो परिणाममा जङ्गली जनावर तथा पन्छीहरू मर्ने गरेका छन् । त्यतिमात्रै नभएर घरपालुवा जनावरहरु समेत मरेका धेरै उदाहरणहरू रहेका छन् । सामुदायिक बनमा आगलागी हुँदा सो आगो फैलिएर बस्तीमा पुगेर ठुलो परिणाममा धनजनको क्षति हुनेगरेको धेरै उदाहरणहरु रहेका छन् । समयमा आगलागी नियन्त्रण गर्न नसक्दा समस्या दिन पर दिन थप जटिल बन्दै गएको छ । कतिपय सामुदायिक बनमा आगो भवितव्यले नभई नियतबस लगाएको पाइन्छ । सामुदायिक बनमा रहेका बन्यजन्तुले खेतीमा क्षति पु¥याएको छ । सो क्षतिलाई मध्यनजर राख्दै बन्यजन्तुलाई नास गर्न साथै बालिमा नोक्सान हुन नदिनको लागि आगो लगाएको पनि हुन सक्छ ।
कतिपय स्थानहरूमा आगो लाग्नुको कारण चुरोटको ठुटो पनि सावित भएको छ । सवारी साधनमा होस यात पैदल यात्रीले आफूले सल्काएको चुरोटको ठुटो जथाभावी फाल्दा आगो सल्किन पुगेको छ । त्यसैगरी सुस्त मनस्थिति भएका व्यक्तिले अन्जानमा आगो चलाउँदा घटना घट्न सक्छ । खेतीको समय आएकोले बारीमा भएका काँडा कुँडिहरु सफा गर्ने क्रममा आगो लगाएर जलाउने कार्यले थप समस्या ल्याउन सक्छ । खेतबारी सरसफाइको क्रममा कडा कुँडी जलाउने क्रममा आगो उडाएर अन्यत्र पु¥याउँदा आगालागिको चपेटामा पर्ने सम्भावना रहन्छ । यदा कदा कसैले मजाकमा नियतबस पनि आगो लगाउन सक्छ जबकि कसैको नोक्सानी रहोस् भन्ने उद्देश्यले ।
कतिपय घरबार विहीन हुन पुगेका छन् । यस्तो जटिल अवस्था आउनु लापरवाही साथै अन्जान वा नियत समेत हो । यस्तोखाले जटिल अवस्थालाई मध्यनजर राख्दै समयमै होसियारी नगर्ने हो भने भावी दिनहरूमा थप जटिलता निम्तनु सक्छ । कसैले रिसिवीको कारण आगो लगाएर मानवीय क्षति नहोला भन्न सकिन्न । त्यसैले यस्ता खाले जटिल समस्यालाई मध्यनजर राख्दै सम्बन्धित निकाय चनाखो हुन जरुरी रहन्छ ।
आगलागी नियन्त्रणको लागि स्थानीय तहले समेत भूमिका निर्वाह गर्न जरुरी रहन्छ । आगोबाट हुन सक्ने सम्भाव्यत खतरा साथै विनाशको बारेमा चेतना मुलक कार्यक्रम फैलाउने साथै सम्भाव्यता दुर्घटना हुन सक्ने स्थानहरूको पहिचान गर्दै निगरानी राख्न जरुरी रहन्छ । राजमार्ग तथा कृषि सडकहरुको छेउछाउमा रहेको सजिलैसँग आगो सल्कन सक्ने पतकर तथा घाँस बुट्यानहरु समयमै हटाउने वातावरण निर्माण गर्न जरुरी रहन्छ । आगोबाट हुने खतराको वारेमा स्थानिय तहले जनचेतनामुलक कार्यहरु गर्दै आगलागि हुन नदिनको लागि विभिन्न उपायहरु अपनाउन जरुरी रहन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |