Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २९, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुर्णखोप बिद्यालयको अवधारणा ल्याउन जरुरी छ : प्रमुख कक्षपती

प्रभातफेरी अनलाइन ११९ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ९, बुधबार (४ महिना अघि)
पुर्णखोप बिद्यालयको अवधारणा ल्याउन जरुरी छ : प्रमुख कक्षपती

काभ्रेपलाञ्चोक/ स्वास्थ्य सूचांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको जिल्ला जनस्वास्थ कार्यालय प्रमुख रागिनिश्री कक्षपतीले सम्बोधनका क्रममा बताउनु भएको छ । अब पुर्णखोप बिद्यालयको अवधारणा ल्याउन जरुरी छ । त्यसतर्फ राज्यको ध्यान जानुपर्छ ।


खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले पहिलो क्याटोगोरीमा पर्ने बागमती प्रदेशको एक मात्र जिल्ला रहेको हो । जिल्लाका क्रियाशिल संचारकर्मीसँग जिल्लामा सम्पादित बार्षिक क्रियाकलापसम्बन्धी अन्तक्र्रियामा जानकारी दिने क्रममा कार्यालयले हालसम्म काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको छ ।कार्यालयले अब पूर्णखोप विद्यालयको अवधारणा अघि सारेर काम गर्ने सोच बनाएको कार्यालय प्रमुख कक्षपति श्रेष्ठले जानकारी दिनुभएको छ । नेपालमा खोप लगाउने बालबालिकाको समग्र अवस्था भने ५२ प्रतिशत रहेकोमा वागमती प्रदेशमा ६० प्रतिशत छ ।यहाँका पनौतीमा एक र खानीखोलामा एक जना बालबालिका गरि दुई जनामा मात्र खोप लगाउन छुटेको छ । त्यसमा पनि एक जनाको आमा सम्पर्कमा नआएका कारण खोप लगाउन छुटेको स्पष्ट पार्दै जनसम्पर्क अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले
जिल्लाका १३ पालिका मध्ये नमोबुद्ध नगरपालिका गत वैशाख १७ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको थियो । सबै प्रक्रिया पूरा गरेका पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने अभियानका आधारमा असार २ गते बेथानचोक र चौंरीदेउराली गाउँपालिकालाई घोषणा गरिएको हो । यससँगै जिल्ला पनि पूर्ण खोप सुनिश्चित भइसकेको छ ।


काभ्रे जिल्लामा ६ वटा सरकारी अस्पतालहरु रहेका छन् । निजी अस्पतालको संख्या ११ छ । स्वास्थ्य चौकी ८४, प्राथमिक स्वास्थ्य केन्द्र ४, आयूर्वेद तथा वैकल्पिक चिकित्सालय ६, शहरी स्वास्थ्य केन्द्र १३, सामुदायिक स्वास्थ्य इकाई २२ वटा रहेका छन् । यस्तै आधारभूत स्वास्थ्य केन्द्र ३९, वर्थिङ सेन्टर ४७ वटा, क्षयरोग माइक्रोस्कोपी सेन्टर २३ र ओटीसी सेन्टर ३८ वटा रहेका छन् । सुरक्षित गर्भपतन साइट २२, डट्स सेन्टर १५६, निजी क्लिनिक ÷ पोलिक्लिनिक २०, वेसिक ल्याव ३३, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था २५, गाउँघर क्लिनिक ३६३ वटा रहेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार खोप क्लिनिक ३६७ वटा, महिला स्वयं सेविका ९३७ जना र जिल्लामा संचालित एम्बुलेन्स ४६ वटा रहेका छन् ।

जिल्लाका १३ पालिकामा १३५ वटा वडाहरु रहेका छन् । जसमा पाँचखाल नगरपालिकाको वडानम्बर ४ बाहेक १३४ वटा वडामा स्वास्थ्य संस्था रहेका कार्यक्रममा कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । ती वडाहरुमा १६८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मापदण्ड अनुसारका स्वास्थ्य संस्थाका भवनको संख्या ९२ छ । ४४ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सेवा संचालन भइरहेका छन् ।


जिल्लामा प्रतिहजारमा ३८ जना बालबालिकामा निमोनियाको समस्या छ । जिल्लाका ८६ प्रतिशत महिलाले गर्भ जाँच गर्ने गरेका छन् भने शिक्षित वर्गमै धेरै पूर्ण स्तनपानको समस्या छ । परिवार नियोजन दर बढ्दो क्रममा छ । जसले गर्दा जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ । २० वर्ष मुनीका महिलाले बच्चा जन्माउने दर ७.७२ प्रतिशत छ । नसर्ने रोग अन्तर्गत उच्चरक्त चाप ३ हजार ३१६ जनामा, मधुमेहको समस्या १ हजार १८३ जनामा र आत्महत्या ११९ जनाले गरेका तथ्यांक छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका लागि गत आर्थिक वर्षमा संघीय सशर्त अनुदानतर्फ ८ करोड ७४ लाख २८ हजार ५०० बजेट विनियोजन भएकोमा ४ करोड ३० लाख १४ हजार ७५४ अर्थात ४९.२० खर्च भएको छ । यस्तै प्रदेश सशर्त अनुदानमा ३ करोड १६ लाख २५ हजार मध्ये ३ करोड २ लाख ६० हजार २०१ र विशेष अनुदान (संघ र प्रदेश) २ करोड ३२ लाख ६५ हजार मध्ये १ करोड ८३ लाख ५७३ खर्च भएको छ । यसरी समग्रमा ७४.५१ प्रतिशत बजेट खर्च हुँदा १ करोड ३६ लाख ८५ हजार ९४३ रुपैंयाँ बेरुजु देखिएको छ । जसमा १३.६६ प्रतिशत फर्छयौट भएको छ ।


सोमबारको कार्यक्रम जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रियामा कार्यालय प्रमुख कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गर्नुभएको छ । यस्तै कार्यालयको वार्षिक समीक्षा तथा आगामी कार्यक्रमहरुबारे कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।


उहाँका अनुसार मानसिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, सबै नीतिमा स्वास्थ्य, स्वास्थ्यमा प्रविधिकरण, प्रदेश स्वास्थ्य सहजकर्ता कार्यक्रम, योग, ध्यान, प्राणायाम तथा प्रदेश योग समिति गठन, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रमलगायतका कार्यक्रमहरु आगामी वर्षमा संचालन गरिनेछ ।

कार्यालय प्रमुख श्रेष्ठले स्वास्थ्यमा सुधार ल्याउन तीनै तहका सरकारको समन्वय र सहकार्यमा विशेष जोड दिनुभयो । जिल्लामा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा चुनौती देखिँदा रेबिजको जोखिम उच्च रहेको र यसमा विशेष कार्यक्रम संचालनमा उहाँले सबैलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथी पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले कार्यालयको समग्र प्रगतिको कामना गर्दै संचारकर्मीका तर्फबाट हुने सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा जिल्लामा कृयाशिल संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0