logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

क्लास फर्स्ट हुने मंगल सिङ प्रजा -परिवर्तनका संवाहक : युद्धको मोर्चादेखि संसद्को यात्रासम्म

प्रभातफेरी अनलाइन१७८ पटक पढिएको | २०८२ पौष १९, शनिबार
क्लास फर्स्ट हुने मंगल सिङ प्रजा -परिवर्तनका संवाहक : युद्धको मोर्चादेखि संसद्को यात्रासम्म

हेटौंडा, बागमती प्रदेश/ नेपाली राजनीतिमा एउटा यस्तो नाम उदाएको छ, जसले उत्पीडित र सीमान्तकृत समुदायको आवाजलाई राज्यको माथिल्लो निकायसम्म पुर्‍याउने आशा जगाएको छ। उनी हुन्— मकवानपुर मनहरीका मंगलसिंह प्रजा (चेपाङ)। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेसँगै चेपाङ समुदाय मात्र होइन, सम्पूर्ण न्यायप्रेमी नागरिकहरू उत्साहित भएका छन्।

त्याग र समर्पणको पर्याय
मंगलसिंहको जीवन संघर्षको एउटा खुल्ला किताब हो। सानै उमेरदेखि देश र जनताको अवस्था बदल्ने सपना बोकेका उनले कक्षा ६ मा पढ्दै गर्दा कलम छाडेर बन्दुक उठाएका थिए। परिवर्तनका लागि आफ्ना दाजु राजु चेपाङलाई सहादत प्राप्त गर्दा पनि विचलित नभई उनी अविचलित रूपमा आन्दोलनमा होमिए। ‘शहिद परिवार’ को विरासत बोकेका मंगलसिंहले प्लाटुन कमान्डरसम्म बनेर जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।शान्ति प्रक्रियापछि स्वैच्छिक अवकाश लिएका मंगलसिंहले कहिल्यै राज्यसँग भिख मागेनन्। उनले आफ्नै पौरखमा विश्वास गरे। काठमाडौंमा सामान्य खाजा पसलदेखि हाल कोटेश्वरमा मासु पसल सञ्चालन गरिरहेका उनी एक सफल उद्यमी र श्रमजीवी नेता हुन्। एकातिर व्यवसाय र अर्कोतिर पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक सम्हाल्ने उनको क्षमता साँच्चै प्रशंसनीय छ।”पढाइ छाडेर जनयुद्ध लडेको पार्टीले आज मेरो र मेरो वर्गको मूल्याङ्कन गरेको छ, यसले मलाई थप जिम्मेवार बनाएको छ,” मंगलसिंहले भावुक हुँदै बताए।

नेपालको अति सीमान्तकृत चेपाङ समुदायबाट राज्यको नीति निर्माण तहमा पुग्ने अवसर पाउनु आफैँमा ऐतिहासिक हो। नेकपा मकवानपुरका संयोजक भीम पाख्रिनका अनुसार, मंगलसिंहलाई पार्टीले अल्पसंख्यक र सीमान्तकृत क्लस्टरबाट योग्य ठानेर सूचीमा राखेको हो।

मंगलसिंह किन प्रशंसाका पात्र छन्?
* निष्ठा: क्लासमा फस्ट हुँदै पढाइमा निक्कै अब्बल रहे पनि देश परिवर्तनको क्रान्तिमा लाग्दा उनले पढाइलाइ निरंतरता दिन सकेनन् र दशकौँदेखि एउटै विचार र पार्टीमा अविचलित रूपमा सक्रिय छन् ।

* त्याग: परिवारको सदस्य (दाजु) गुमाएर पनि देशप्रतिको उत्तरदायित्व नभुलेका।
* सादा जीवन: पूर्व लडाकु भएर पनि सामान्य पसल चलाएर श्रमको सम्मान गर्ने व्यक्तित्व।
* प्रतिनिधित्व: राज्यको मूल प्रवाहबाट पछि पारिएका चेपाङ जातिको सशक्त आवाज।

मंगलसिंह प्रजाको उम्मेदवारी केवल एक व्यक्तिको उम्मेदवारी होइन, यो त वर्षौँदेखि टाढा रहेका सीमान्तकृत वर्गको राज्यसत्तामा सम्मानजनक उपस्थितिको संकेत हो। प्रजाको सरल स्वभाव, क्रान्तिकारी पृष्ठभूमि र इमानदारिताले प्रजालाई भावी संसद्को एक प्रभावशाली सदस्यका रूपमा हेरिएको छ। मंगल सिं प्रजा