logo
२०८३ श्रावण २५, सोमबार |
📰
🔍

पहिरोले तातोपानी नाका अवरुद्ध, आयात–निर्यात ठप्प

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
पहिरोले तातोपानी नाका अवरुद्ध, आयात–निर्यात ठप्प

काठमाडौं । पहिरोका कारण नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानी तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको आयात–निर्यात प्रभावित भएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न स्थानमा गएको पहिरोका कारण नाका जोड्ने सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल प्रवेश गर्न सकेका छैनन्।

“नाकातर्फको सडक अवरुद्ध भएकाले चीनबाट मालसामान बोकेका कन्टेनरसमेत भित्रिन सकेका छैनन्,” गिरीले भने, “सडक कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन।”

लामो समयदेखि सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि ठप्पजस्तै बनेको छ। नाका सञ्चालनमा आउन नसक्दा व्यवसायी तथा आयातकर्तासमेत प्रभावित भएका छन्।

सम्बन्धित निकायले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षा र नयाँ पहिरोका कारण सडक खुलाउने काममा चुनौती देखिएको छ।