logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

नक्कली शरणार्थी प्रकरणका आरोपी बेचन झा रिहा

प्रभातफेरी अनलाइन५२ पटक पढिएको | २०८३ अषाढ ३१, बुधबार
नक्कली शरणार्थी प्रकरणका आरोपी बेचन झा रिहा

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी करिब दुई वर्षदेखि कारागारमा रहेका बेचन झा बुधबार रिहा भएका छन्। सुन्धारा कारागारमा रहेका झा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि रिहा भएको कारागार स्रोतले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले मंगलबार ठगीसम्बन्धी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। तर, उनी उक्त सजाय अवधिभन्दा बढी समयदेखि थुनामा रहेकाले थप कैद भुक्तान गर्नुपर्ने अवस्था नरहेपछि रिहा गरिएको हो।

बेचन झा २०८१ साल असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। पक्राउ परेपछि उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा राखिएका थिए। करिब दुई वर्ष कारागारमा बिताएपछि अदालतको पछिल्लो फैसलाअनुसार उनी बुधबार रिहा भएका हुन्।