Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

ऊर्जा विकासको मानक नेपाली कम्युनिस्ट पार्टी

प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ६, बुधबार (३ हफ्ता अघि)
नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

काठमाडौँ/ राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ९८ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्तीको सेवा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ९९ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । सरसर्ती हेर्दा तथ्यांक फरक छ । तर, सारमा मिल्दोजुल्दो नै छ ।

प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेश पूर्ण रुपमा विद्युतीकरण भएको छ । तराई मधेश समेटने मधेश प्रदेश पनि पूर्ण विद्युतीकरणको चरणमा प्रवेश गरेको छ । चालु आवको अन्त्यसम्म लुम्बिनी प्रदेश र वाग्मती प्रदेश समेत पूर्ण विद्युतीकरण हुनेछ । वाग्मती प्रदेशको पनि ९० प्रतिशत भन्दा धेरै स्थानमा बिजुली पुगेको छ ।
गोसाइकुण्डमा समेत बिजुली पुगेको सन्दर्भमा केही हिमाली र पहाडी भेगमा भने अझै बाँकी छ । सुस्ताका नागरिकले पनि बिजुली पाएका छन् । अब बाँकी रहेको क्षेत्र भने कर्णाली र सुदुरपश्चिम प्रदेश हो । कोहलपुर–सुर्खेत– दैलेख १३२ केभी प्रसारण लाइन हालैमात्र सञ्चालनमा आएको छ । सो प्रसारण लाइनले कर्णाली प्रदेशको विद्युतीकरणमा ठूलो योेगदान गर्नेछ । सो प्रसारण लाइन निर्माणका लागि तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले गरेको प्रयास सह्रानीय छ ।
सुदुरपश्चिम प्रदेशमा प्रसारण लाइन मात्रै बनाउने हो भने चमेलिया करिडोरको बिजुली नै उपलब्ध हुनसक्छ । प्रसारण लाइन निर्माणका लागि तत्कालीन माओवादी नेतृत्वको सरकारले चिनियाँ लगानीको एएआइबी बैंक मार्फत सुहलियत कर्जा अन्तर्गत २५ अर्ब बराबरको ऋण लिएको छ । नियमित रुपमा काम गराउन सके आगामी डेढ बर्षभित्र सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा बिजुली बल्नेछ ।

यस्तै, कोशी प्रदेशका केही पहाडी बस्ती बाहेक सबै भूभागमा बिजुली बत्ती पुग्दैछ । अध्यारोमा बस्दै आएका नेपाली नागरिकले पाएको यो सुविधा त्यसै सम्भव भएको होइन । अब फर्कौ, २०६२ सालतिर । जतिबेला देश नयाँ राजनीतिक चरणमा प्रवेश गर्दै थियो । जनयुद्ध र जनआन्दोलनको संयुक्त प्रयासपछि देशमा गणतन्त्र स्थापना भयो । जनयुद्धमा रहेका तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । त्यसबेला देशभित्र मात्रै २८ प्रतिशत घरधुरीमा बिजुली बत्तीको सुविधा थियो ।
आफूलाई लोकतान्त्रिक भन्न रुचाउने उनै नेपाली काँग्रेस र नेकपा(एमाले) सत्ताको वरीपरी थिए । राजतन्त्र सक्रिय थियो । विकासको मूलप्रवाहमा कुनै पनि ग्रामीण बस्ती अग्रसर थिएन जनयुद्धले प्रदान गरेको चेतना र राजनीतिक परिवर्तनको प्रवाहले माओवादी जब संविधानसभामा ठूलो दल बनेर स्थापित भयो ।
तब देश भित्र विद्युतीकरण र उज्यालो नेपालको सपनाले साकार रुप लिन थाल्यो । विसं २०६३ सालमा प्रचण्ड नेतृत्वको सरकारले ऊर्जा संकट समाधान गर्ने महत्वाकाक्षी लक्ष्य अगाडि सा¥यो । नौ महिनाको अवधि मात्रै सरकारमा रहँदा अगाडि सारिएको महत्वपूर्ण काम मध्ये एक थियो, उज्यालोको खोजी ।
मध्यपहाडी राजमार्ग, गरिबको ऋण मिनाहा जस्तै ऊर्जा संकटको समाधान गर्ने महत्वपूर्ण कार्यसूची अगाडि सारेर क्रियान्वयनमा लैजाँदा एउटा जग बस्न गयो । जुन, दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा साकार भयो ।

उज्यालो नेपालको नारा दिएर अगाडि बढेको तत्कालीन माओवादी नेतृत्वको सरकारले लोडसेडिङको अन्त्य मात्रै गरेर बिजुली बिक्री गरेर देशलाई धनी बनाउन सकिन्छ भन्ने महत्वाकांक्षी लक्ष्य समेत अगाडि सा¥यो । ठूला परियोजनाको शुरुवाती, सिँचाइ क्षेत्रमा गुणस्तरीय प्रणालीको खोजी, ठूला परियोजना त्यसै बेलाको सपना थियो । माओवादी नेतृत्वको सरकार र मन्त्रीहरुले सोही अनुरुप काम गरे । आज आइपुग्दा देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अग्रसर छ । हात हातमा मोबाइल र घर घरमा इन्टरनेटको नारा दिँदा नपत्याएका र हावादारी भन्दै खिसीट्यूरी गर्ने सोही जमातले ऊर्जाको विकास र उज्यालोको कुरा गर्दा समेत माओवादी नेतृत्वलाई गिज्याएका थिए । हावादारी भन्दै उडाएका थिए । आज सरकारी निकायकै तथ्यांकले भनिरहेको छ – देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अगाडि बढेको छ । सम्भवतः आगामी दुई बर्षभित्र देश पूर्ण रुपमा उज्यालो बन्नेछ । यसको पछाडि उनै प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको मिशनले काम गरिरहेको छ । ऊर्जामा मात्रै होइन, सिँचाइ सुविधामा समेत सोही नीति कामयाव भएको छ ।

राजनीतिक खिँचातानी नभएको भए वा आफूलाई ठूला र लोकतान्त्रिक नाम दिने काँग्रेस , एमालेहरुको अवरोध नभएको भए बुढीगण्डकी, नलगाड जस्ता ठूला परियोजना शुरु भइसक्ने थिए । उज्यालोसँगै ठूला परियोजनाले समेत मूर्त रुप लिइ सकेका हुने थिए । यद्यपी,बुढीगण्डकीलाई स्वदेशी लगानीमा कम्पनी मोडलमा लैजाने निर्णय भने उने प्रचण्ड नेतृत्वको सरकारले नै गरेको थियो । देशभित्रका ठूला परियोजना अगाडि बढाउन प्रचण्ड नेतृत्वको सरकारले गरेको कामले निरन्तरता पाउन सकेन । सोही कारण आज राष्ट्रिय गौरवका ठूला परियोजना अगाडि बढ्न सकेन । आज देशभित्र बढी भएको बिजुली भारत र बंगलादेश निर्यात हुन थालेको छ । यो शुरु भएको पनि तीन बर्ष पूरा भइसकेको छ । ऊर्जा विकासको मार्गदर्शन, ग्रिन हाइड्रोजनको अवधारणा पनि माओवादी नेतृत्वको सरकारकै उपज थियो र छ पनि । सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली निकाल्ने महत्वाकांक्षी र रणनीतिक योजना तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा नै अगाडि सारियो । भारतसँग दीर्घकालीन विद्युत् व्यापार स्म्झौता, बंगलादेशसँग भएको दुईपक्षीय सहमतिले देश भित्र नयाँ आशाको सञ्चार भएको तथ्य कोही कसैले भूलेका छैनन् ।

ऊर्जा पूर्वाधारमा भएको विकास र बढोत्तरीको पछाडि कोही कसैको हात छ भने आजको नेपाली कम्युनिस्ट पार्टी र साविकको माओवादीले लिएको नीति नै कामयावी भएको छ । अन्य राजनीतिक दलमा न त सोच देखियो, न त इमान्दार प्रयास नै । सो सफलताको श्रेय धेरैले प्रचण्डलाई नै दिएका छन् । सत्य यही हो ।
अब, लागौ नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अगाडि सारेको प्रतिवद्धतापत्र तर्फ । नेपाली कम्युनिस्ट पार्टीले विशेष प्राथमिकताका साथ ऊर्जा तथा पूर्वाधार विकासलाई प्रतिवद्धतापत्रमा समावेश गरेको छ । त्यसमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत करिडोरको विषय अगाडि सारिएको छ ।
नेकपाले प्रतिव्यक्ति विद्युत् खपत पाँच बर्षमा ७५० किलोवाट घण्टा पुर्याउने विषय समावेश गरेको छ । हाल नै प्रतिव्यत्तिः विद्युत् खपत ३८० किलोवाट घण्टा पुगेको छ । यस्तै, विसं २१०० सम्म ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने दीर्घकालीन लक्ष्य तय गरेको छ । १०० मेगावाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गर्दा १० हजार जनाले प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी उापँछन् ।

सो लक्ष्यमा काम हुन सकेको खण्डमा बेरोजगारीको अन्त्य गर्न समेत सहज हुनेछ । यस्तै, आगामी पाँच बर्षमा १० हजार मेगावाट बिजुली थप गर्ने लक्ष्य समेत नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । यो लक्ष्य सहजै पूरा हुन्छ । किनकी, त्यसका लागि निर्माणमा रहेका आयोजना, निर्माणमा जान ठिक्क भएका आयोजना र निर्माण सकिने चरणमा रहेका आयोजना जोडिने बित्तिकै यो लक्ष्य पूरा हुन्छ । यस्तै, भारत र बंगलादेशमा थप व्यवस्थित तरिकाले बिजुली निर्यात गर्ने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । संयोग पनि कस्तो परेको छ भने बंगलादेशसँग ऊर्जा सहकार्य र बिजुली निर्यातको सहमति तत्कालीन ऊर्जामन्त्री बर्षमान पुनले गर्नुभएको थियो भने दीर्घकालीन ऊर्जा व्यापार सम्झौता प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा भएको थियो ।

केही कानुनी प्रश्नहरु समाधान गर्ने र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग जस्ता संस्थाको नेतृत्वमा कामकाजी मान्छे ल्याउने बित्तिकै सबैभन्दा देखिने गरी प्रगति यही ऊर्जा क्षेत्रमा नै हुने देखिन्छ । नेकपाले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रतिवद्धता पत्रमा समावेश गरेकाले पनि यो वस्तुनिष्ठ र व्यवहारिक देखिन्छ । उज्यालो नेपालको नेतृत्वकर्ता भएकाले नेकपाको प्रतिवद्धतापत्र अन्यको तुलनामा वैज्ञानिक र कार्यान्वयनमुखी रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0