logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

ललितपुर–३ : हाम्रो सान, हाम्रो पहिचान – तारा चिन्हमा मतदान! राजकाजी महर्जन

प्रभातफेरी अनलाइन१६३ पटक पढिएको | २०८२ फागुन ९, शनिबार
ललितपुर–३ : हाम्रो सान, हाम्रो पहिचान – तारा चिन्हमा मतदान! राजकाजी महर्जन

काठमाडौँ/ नेपाली कम्युनिष्ट पार्टी ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार राजकाजी महर्जन ले आफू निर्वाचित भएमा शहरी व्यवस्थापन सुधार, सम्पदा संरक्षण र युवा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। महर्जनले वर्षौंदेखि अव्यवस्थित बनेको सडक, ढल निकास र ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन योजनामार्फत सुधार गर्ने बताएका छन्। पाटन क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै त्यसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गरिने उनको भनाइ छ।

उनले खानेपानी आपूर्तिमा देखिएको समस्या समाधानका लागि एकीकृत योजना ल्याइने तथा वर्षायाममा देखिने डुबान र जलनिकास समस्यालाई समाधान गर्न विशेष कार्ययोजना बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। युवालाई लक्षित गर्दै सीप विकास तालिम, स्टार्टअप तथा साना उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उनको उल्लेख छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने र प्रविधिमैत्री सेवा विस्तार गरिने उनले बताएका छन्। महर्जनले ललितपुर–३ लाई “स्मार्ट, व्यवस्थित र सांस्कृतिक रूपमा समृद्ध क्षेत्र” बनाउने लक्ष्य अघि सारेका छन्। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, पारदर्शी र सहज बनाइने उनको प्रतिबद्धता छ।

स्थानीय तहसँग समन्वय गर्दै शिक्षा र स्वास्थ्य पूर्वाधार सुधार गरिने, सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याइने तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरिने उनले बताएका छन्। महर्जन लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय समुदायसँग निरन्तर सम्बन्ध राख्दै आएका उनी शहरी मुद्दा र सम्पदा संरक्षणका विषयमा आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। निर्वाचन नजिकिँदै जाँदा ललितपुर–३ मा उनको अभियान तीव्र बनेको छ।