प्रभातफेरी अनलाइन १०३० पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २, शनिबार (१३ घण्टा अघि)
काभ्रे / निर्वाचनको समिक्षा पछि उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्ला समितिले शनिबार काभ्रेको बनेपामा पुनर्गठन गरेको छ । बिस्तारित बैठकलाई पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले विशेष सम्बोधन गर्नुभएको छ ।
उहाँले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा समर्थन तथा विरोध गरिने बताउनुभएको छ । सम्बोधन कै क्रममा केन्द्रिय अध्यक्ष घिसिङले स्थानीय तह र प्रदेश निर्वाचनको तयारीमा जुट्न पाटिकार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली जनताको मनमस्तिकमा उज्यालो छाप परेको स्मरण गराउदै भूगोलको मर्म अनुसार जुट्न आग्रह समेत गर्नु भएको छ । आजै (सनिश्चवार ) बनेपामा भएको विस्तारित भेला मार्फत जिल्ला समिति पुनर्गठन गरिएको केन्द्रिय सचिवालय सदस्य ज्योत्शना सैंजुले जानकारी दिनुभएको छ ।

सनिश्चवार पुनर्गठित जिल्ला समितिको अध्यक्षमा रोशी गाउँपालिका वडा नम्बर १ का चैनमान लामा चयन हुनुभएको छ । त्यसै गरि उपाध्यक्षहरुमा नमोबुद्धका मिन्टु लामा, तेमालका डि. के मोक्तान, तेमालकै सुनिता लामा र पाँचखालका छ्योइसाङ तामाङ छ । सचिवमा भुम्लुका सिगंमान लामा, सहसचिबमा लप्साङ लामा, सन्त बहादुर वाईबा, वाङछु राज वाईबा, बिरान लामा र कोषाध्यक्षमा मेघ लामा चयन भएका छन् ।

विस्तारित भेला मार्फत जिल्ला कार्यसमिति, सचिवालय र जिल्ला सदस्यीय सहित १०१ सदस्यीय भन्दा बढीको समिति गठन भएको हो । सोही भेलाले विरेन्द्र लामा अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला स्तरीय युवा फ्रण्टसमेत गठन गरिएको छ । उपाध्यक्षमा रेनु तामाङ, सचिबमा सन्त सिंह तामाङ, सहसचिवमा हिरा कुमारी लामा र कोषाध्यक्षमा सिर्जना तामाङ चयन हुनुभएको छ । बदलिँदो परिस्थितिमा पाटिप्रती आस्था राख्ने जोकोही पनि जिम्मेवार भएर भूगोल परिचालन नसक्यौं भने मात्र जनचाहना अनुरुप उपलब्धि हासिल गर्न सकिने निष्कर्ष दिदै बिस्तारित भेलालाई उपमहासचिव जितराम लामा, सचिवहरु केदार खड्का र सुमि मोक्तान, केन्द्रीय सचिवालय सदस्य ज्योत्सना सैंजु लगायतले सम्बोधन गर्नुभएको छ ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |