
प्रभातफेरी अनलाइन ४४ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार (३ घण्टा अघि)
काभ्रे / शुक्रबार काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा अहिलेसम्म मृतक संख्या ८ पुगेको छ । ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दिउँसो दुर्घटना भएको थियाे ।
दुर्घटनामा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका ७ बस्ने ३४ वर्षिया फुलमाया तामाङ,साेही पालिकाकाे वडा नम्बर ८ बस्ने ६० वर्षिया प्यारीमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ६ बस्ने ७५ वर्षिय ईन्द्र बहादुर लोप्चनकाे दुर्घटनामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ। प्रहरी कार्यालयका अनुसार उनीहरू एकै पालिकाका हुन् ।
त्यसैगरी दैलेख घर भएका ३० वर्षिय बम बहादुर भण्डारीकाे पनि दुर्घटनामा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी नेपाली सेनाका अमल्दार थिए । अन्य ४ जना मृतककाे भने पहिचान खुल्न बाँकी छ ।
त्यस्तै घाइते १६ जनाकाे समेत पहिचान खुलेकाे प्रहरीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने वर्ष २२ की एनिशा तामाङ हात खुट्टामा चोट, अवस्था मध्यम
ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की विष्णु डोल्मो तामाङ, निधार, नाक, र पेटमा चोट, अवस्था मध्यम
ऐ. ऐ. बस्ने बर्ष धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।
ऐ. ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, मध्यम ।
ऐ. ऐ. बस्ने वर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
ऐ. ऐ. बस्ने वर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने वर्ष ६० को डम्बर बहादुर शाह, टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर
8. ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।
जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, मध्यम ।
जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की विष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।
ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट, मध्यम ।
हाल नाम थर वतन नखुलेको सुबाश भन्ने अं. ५/६ बर्षको बच्चा देब्रे खुट्टामा चोट, मध्यम ।
नाम नखुलेको अं. १ वर्षको बालिका ।
हाल नाम थर वतन नखुलेको अं. बर्ष ६०/६२ को पुरुष व्यक्ति टाउकोमा चोट, गम्भिर ।
हाल नाम थर वतन नखुलेको अं. बर्ष २०/२२ की महिला टाउकोमा, शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |