प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार(६ घण्टा अघि)
काठमाडौं, झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोलका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
भोजपुरको आमचोक–९ स्थायी घर भएका श्रेष्ठ गौरीगञ्जमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। आज बिहान खेतमा आली खन्ने क्रममा उनीमाथि चट्याङ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए।