प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काठमाडौं, साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक ८.३० अंकले घट्दै २,६५३.४० विन्दुमा पुगेको छ। ३४५ कम्पनीका ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्।
परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन्। वित्त उपसमूह १.०६ प्रतिशतले बढ्दा विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।
आजको कारोबारमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यता अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य भने १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्ड सबैभन्दा अगाडि रह्यो। उक्त बण्डको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।