प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
काठमाडौँ, नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार यही सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको प्रति १० ग्राम मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको ४ हजार ५१० रुपैयाँको तुलनामा ३५ रुपैयाँ कम हो। चाँदीको प्रति १० ग्राम मूल्य ३ हजार ८३७ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।