logo
२०८३ श्रावण ८, शुक्रबार |
📰
🔍

डिजिटल स्वास्थ्य प्रणाली निर्माणमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री मेहता

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
डिजिटल स्वास्थ्य प्रणाली निर्माणमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणबारे छलफल भएको छ।

बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखकलगायतको टोलीले मन्त्री मेहतालाई भेट गरी ‘द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो।

भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाको अनुभव, टेलिमेडिसिन विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपना तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको थियो।

मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको बताउँदै सम्मेलनबाट प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत र संस्थागत पहल अघि बढाइने जानकारी दिइन्।

उनले सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।