प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
कुनैपनि कामको शुरुवात गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र बचाई राख्नु पक्कै पनि ठूलो कुरा हो । यही शिलशिलामा काभ्रेली भूमिमा शुभचिन्तकहरुकै यात्राका सवा ४ दशक पार भएको खबर पस्कन पाउदा हर्षले गौरवान्वित भएको अनुभुती दिन्छ । यसको “जस” पनि सबै संञ्चार्कमी ले निरन्तरता पाएका भने छैनन् । यो यात्रामा एउटै रफ्तारले अघि बढ्न सक्नु पक्कै पनि ऐतिहासिक सफलता हो नै । एउटा श्रमजीवी पत्रकारलेआज पाएको यो सफलता पनि त्यस्तै ऐतिहासिक पक्षसंग जोडिएको छ । जसबाट पत्रकारलाई अघि बढ्ने थप ऊर्जा प्राप्त भएको त्यतिकै भएको छैन ।
कुनैपनि बच्चा जन्मिँदा ऊसँग धेरै आशा गरिन्छ । यसले भविष्यमा राम्रो गर्ला, कूल र परिवारको इज्जत जोगाउला.. यस्तै यस्तै । हुन पनि हो, कुनै बच्चा जन्माउनु ठूलो कुरा होइन । त्यो बेला पंचायत कालरात्रीमा जन्मिएको पत्रकारलाई हुर्काउनु, बढाउनु, पढाउनु र शिक्षित, सत्य तत्थ यात्रामा आफ्नै खुट्टामा टेक्न सक्ने बनाउनु ठूलो चुनौतीको बिषय हो । धेरै प्रतिस्पर्धीहरुले अनुमान लगाएका थिए, कि आखिर यो पनि अरु जस्तै भीडभाडमा त्यतिकै हराउने छ,ती आशंका चिर्दै आफ्नै अस्तित्व बिर्सिएर पतन हुने गतिविधि गर्ने छैन भन्ने प्रतिबद्धताको उदाहरण मेरा हजारौं शुभचिन्तकहरुको माया पाउँदै हुर्कदै अन्य पत्रकारहरुको भीडमा यो समय सम्ममा आफूलाई प्रतिस्पर्धीका रुपमा उभ्याउन र चुनौती दिन सफलता पूर्वक अडिग रहन सफल भएको आभास हुन्छ । तर पछिल्ला केही वर्ष पत्रकारिताको स्तरमा केही तल झरेको आभास देखेको छु । यसको मतलब म पत्रकारले गर्ने सेवा र मानवीय भुमिकामा कमी गरेको छैन । देशमा भएका राजनीतिक खिचातानी र अन्य केही समस्याका कारण यस्तो भएको हो । तैपनि एउटा श्रमजीवी पत्रकार बिचलित हुनुहुन्न । चुनौतीका साथ थप सुधार गरेर अघि बढ्ने पत्रकारको अठोट छ । एउटा पत्रकारका लागि शुभचिन्तक, पाठक, प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण जनमानस नै यसको मुख्य सारथि हुनुहुन्छ ।
“सत्य र यथार्थ पच्दैन !
अन्याय, अत्याचार र दमन गरेर बेइमानि तरिकाले आफूलाई शक्तिशाली ठान्नेहरूलाई एउटा सानो स्मरण— न्यूटनको तेस्रो नियम पढ्नुस्, कर्मको सिद्धान्त बुझ्नुस् र समयलाई चिन्नुस्। प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ; ढिलो हुन सक्छ, तर रोकिन्न। स्मरण रहोस् ।
“न्यूटनको गतिसम्बन्धी तेस्रो नियमले भन्छ ” प्रत्येक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ। अर्थात्, एउटा वस्तुले अर्को वस्तुलाई जति बलले धकेल्छ वा तान्छ, दोस्रो वस्तुले पनि त्यति नै बलका साथ विपरीत दिशामा प्रतिक्रिया जनाउँछ ।
यो विज्ञानको नियम मात्र होइन, जीवनलाई बुझ्ने एउटा गहिरो सन्देश पनि हो। धर्मले यसलाई कर्मफल भन्छ, अध्यात्मले कर्मसिद्धान्त भन्छ र विज्ञानले क्रिया–प्रतिक्रिया । शब्द फरक भए पनि मूल सन्देश एउटै छ— तिमीले जे गर्छौ, त्यसको परिणाम कुनै न कुनै रूपमा तिमीतिर फर्किएर आउँछ ।
त्यसैले कसैलाई अन्याय नगर, कसैमाथि दमन र अत्याचार नगर, कसैको भावनामा चोट नपुर्याऊ, शक्ति र पदको घमण्ड नगर । समय सधैँ एउटै रहँदैन । आज तिमीहरुले गरेको हरेक क्रियाले भोलिको प्रतिक्रिया जन्माइरहेको हुन्छ ।
प्रत्येक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ । यो विज्ञानको नियम हो । तर जीवनमा पनि एउटा नियम चल्छ — धर्मले कर्मफल भन्छ, अध्यात्मले कर्मको प्रतिफल । फरक यति हो, विज्ञानमा प्रतिक्रिया तुरुन्तै देखिन्छ, कर्मको परिणाम आउन भने कहिलेकाहीँ समय लाग्छ ।
कसैसँग मेल खाएमा वा खान गएमा संयोग मात्र होइन, कहिलेकाहीं सत्य साबित पनि हुनसक्छ ! त्यसैले समयको खेल बुझ्ने धैर्य हुन आवश्यक छ आज
disclaimer : अल्गोरिदम को साहयता र सामाजिक सन्जाल मा तथानाम गाली गर्नेहरुलाई तितोसत्य नपच्न सक्छ ! ”
अझै अगाडि जाने जिवन्त सोच पैदा गरेको छ । यसका लागि यहाँहरुको थप गाली, ताली र मायाको खाँचो छ,हुन्छ । हुन त यहाँहरुको माया पहिलेदेखि नै पाएकै हो तर पनि यसको निरन्तरताले अलगधारमा उभ्याउन सकिने कुरामा दुईमत छैन । काम गर्दै जाँदा सधैं राम्रै मात्रै हुन्छ भन्ने छैन । कहिलेकाहिं केही गल्ती पनि हुन सक्छन् । गल्ती नै भएनन् ! पनि केही गल्ती गर्यौं होला । अन्जानमा भएका ती गल्तीहरुलाई औंल्याइदिएर मेरो यात्राका दिनमा अघि बढ्न आउन सक्ने अनेक तगारोहरुलाई पन्छाइदिनु हुनु हुनेछ । पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । यो विषयमा जानकार हुँदाहुँदै पनि काभ्रेली पत्रकारितामा एउटा फरकधारको सहयात्री नउदाएका होइन, जो अहिले कठिन पहाड चढ्ने यात्रामा छ ।
यस अवधिमा धेरै अप्ठ्याराहरु आए । समस्याहरु पनि नआएका होइनन् । जतिबेला आफूलाई पत्रकारितामा कहिल्यै विश्राम दिलाइन ! न खरायो जसरी दौडियो, न बसायो कछुवाकै तालमा । आफ्नै गतिमा निरन्तर अगाडि बढ्नु नै मेरा यात्राका सवा ४ दशकले यहि पुष्टि गरेको महसुस भएको छ । यो यात्रा पार गर्नुको मुख्य कारण पनि यहि हो भन्दा फरक पर्दैन । पत्रकारलाई निकै कठिन मोडमा पनि विश्राम लिने छुट छैन । हरेक चुनौतीलाई सामना गर्न हिम्मत एउटा पत्रकारमा हुनुपर्छ ।
कसले के लेख्यो भनेर रातो कलम लिएर रेजा लगाउनेहरुको कमि छैन हाम्रो समाजमा ! कसले के लेख्यो भनेर विशेष चासोका रुपमा हेर्ने गरे कै कारण आजसम्मको यात्रा तय भएको हो । कतिपय पत्रकारले पहिलो समाचारलाई नै अन्तिमसम्म पछ्याउने हुँदा पनि थप चुनौती हुन्छ । यति मात्र होइन, नियमित कार्यक्षेत्रमा टिक्न नसकेर कतिपय पत्रकार पेशाबाट बाहिरीएका घटना मेरा अगाडि नभएका होइनन् । तर मैले समाएको पत्रकारिताले आफूलाई यस्तो घिट्घिटे अवस्थामा कहिल्यै पनि उभ्याउनु परेको छैन । यो नै मेरो ठूलो सफलता हो । प्रत्येक दिन देश र जनताले आफूलाई सु-सुचित भएको मान्न खोज्नु अनौंठो होइन । यसको समाधान गर्नु संचारकर्मिको धर्म हो । समयअनुसार यसले आफ्नो गति परिवर्तन गर्न जरुरी छ । एउटा पत्रकार त्यही यात्रामा समर्पित हुन सक्नु पर्छ ।
यतिबेला पत्रकारलाई अगाडि बढ्न धेरै अप्ठ्याराहरु पनि छन् । चुनौतीहरु पनि उस्तै छन् । प्रतिस्पर्धीहरु त छँदैछन् । यी विविध समस्याहरुका बाबजुद पनि पत्रकारका सफलताको उच्च शिखरमा पुग्नु छ यो मान्यता सधैं शिरोधार्य गरेर अगाडि बढ्नु नै धर्म हो । त्यसका लागि यहाँहरुको थप माया र साथको आवश्यक छ । एउटा पत्रकारले यहाँहरुले सोचेको भन्दा थप सफलताको सिंढी त्यतिबेला चढ्नेछ, जतिबेला सबै अप्ठ्याराहरु पाखा लाग्नेछ । त्यसका लागि पत्रकारिता निडर भएर अघि बढ्दै जाने प्रण गर्नुपर्छ । अझै निष्पक्ष भएर नागरिक समाजहरुलाई सूचना प्रवाह गर्ने महान् कार्यमा पत्रकार कहिल्यै कञ्जुस्याईं गर्न हुन्न । आशा छ पत्रकारले सोचेको त्यो सफलता अवश्य पाउने छौं । पत्रकारलाई आजका दिनसम्म साथ र सहयोग गर्नुहुने अनि ताते गर्दै डोहो¥याउनु हुने सबैप्रति एउटा पत्रकारले हार्दिक नमन सहित धन्यवाद दिन कञ्जुस्याईं गर्नु हुन्न ।