logo
२०८३ श्रावण १५, शुक्रबार |
📰
🔍

चालु वर्षलाई दूरसञ्चार सुधारको वर्ष बनाउने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
चालु वर्षलाई दूरसञ्चार सुधारको वर्ष बनाउने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा बैठकमा उनले देशभर फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत, इन्टरनेट र टेलिफोन सेवाको गुणस्तर सुधार तथा प्रभावकारी सेवा प्रवाहलाई यस वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताए।

मन्त्री तिमिल्सिनाले विगतमा तय गरिएका लक्ष्य अपेक्षाअनुसार पूरा हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए। उनले नीतिगत, कानुनी र अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यान्वयनमा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे।

त्यस्तै, सार्वजनिक सञ्चार संस्थाहरूलाई थप व्यावसायिक, प्रतिस्पर्धी र प्रभावकारी बनाउन आवश्यक सुधार अघि बढाइएको जानकारी दिँदै उनले समाचार सामग्रीको गुणस्तर र विश्वसनीयता बढाउन पनि जोड दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै उल्लेखनीय नतिजा देखाउन निर्देशन दिँदै कार्यसम्पादनलाई नतिजामुखी बनाउन सबै निकायलाई सक्रिय रूपमा काम गर्न आग्रह गरेका छन्।