प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
विराटनगर / कोशी प्रदेशका झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार अजय सुनार, किरण थापा र खगेन्द्र महतलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम र ३७० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।
यस्तै, खगेन्द्र महतको साथबाट चिकित्सकको सिफारिसबिनै ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन्।