logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

कुलमानको दाबी– प्रदेश निर्वाचनपछि बागमतीमा उनेपाको सरकार बन्छ

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
कुलमानको दाबी– प्रदेश निर्वाचनपछि बागमतीमा उनेपाको सरकार बन्छ

काठमाडौ / काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको कब्जामा हुने ठोकुवा समेत गरेका छन् ।

अब बागमती प्रदेशमा मात्र सीमित नरहेर देशव्यापी रूपमा नै उज्यालो नेपाल पार्टीको सरकार बन्ने परिदृश्य तयार भइरहेको बताएका हुन्।

देशमा छिट्टै स्थानीय निकाय र प्रदेशको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै घिसिङले उक्त चुनावहरूमा उज्यालो नेपाल पार्टीले अत्यधिक सशक्त र प्रभावकारी भूमिका खेल्ने स्पष्ट पारे। उहाँको थप कथन थियो-, ‘आगामी चुनाव, स्थानीय निकायको चुनाव र प्रदेशको चुनाव चाँडै नै आउँदैछ। यसमा उज्यालो नेपाल पार्टीको सशक्त भूमिका रहनेछ र त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले यो देशको नेतृत्व गर्नेछ।’

अध्यक्ष घिसिङले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार दाबी गरिएझैँ पाँच वर्ष टिक्ने सम्भावना नरहेको जिकिर समेत गरेका छन् । पछिल्लो चार-पाँच महिनाको काम गराइबाटै वर्तमान सरकारको भविष्य स्पष्ट भइसकेको उहाँको भनाइ थियो। , ‘अहिले तपाईंले जतिसुकै देखे पनि पाँच वर्षको सरकार, पाँच वर्षको सरकार भनेको छ, यो पाँच वर्ष सरकार टिक्ने अवस्थामा पाँच महिनामै देखिसकेको छ, त चार महिनामै देखिसकेको छ। हामीले पाँच वर्ष पनि कुरिरहनुपर्छ जस्तो मलाई लाग्दैन।’ अध्यक्ष घिसिङले खुलासा गर्नु भयो ।

उज्यालो नेपाल पार्टी अब मुलुकको एक मात्र सशक्त र भरपर्दो राजनीतिक विकल्पको रूपमा द्रुत गतिमा स्थापित हुँदै अगाडि बढिरहेको उनको दाबी छ। उज्यालो नेपाल पार्टीलाई हराएर आम जनताले गलत गरेको महसुस गरिसकेकोले ‘अहिले तपाईं हरेक गाउँ, गाउँमा, घर-घरमा जानुस्, उज्यालो नेपाल पार्टी र यो पार्टीको नेतृत्व पंक्तिप्रति विश्वास, तपाईंहरू जित्नुपर्थ्यो, हामीले गल्ती गर्‍यौ भन्ने कुरा महसुस भइसकेको छ।’

पुराना तथा स्थापित दलहरूको नेतृत्वप्रति जनताको विश्वास पूर्ण रूपमा टुटिसकेको दाबी गर्दै घिसिङले अब पुराना नेतृत्वका कुनै पनि आश्वासन र कुराहरूमा जनताले विश्वास नगर्ने स्पष्ट पारेका छन्। पुराना राजनीतिक दलहरूभित्र रहेका इमानदार र सक्षम नेता-कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न खुला आह्वान समेत अध्यक्ष घिसिङले गर्नुभएको छ ।