logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो

सिन्धुली / सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ।

प्रहरीका अनुसार रामेछाप, सिन्धुली र ओखलढुंगाको सीमाक्षेत्र नजिक लिखु खोलाको आसपास सडक निर्माणस्थलमा खटिएको कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

कारमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। घटनास्थलमा उद्धार तथा अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।