logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

भक्तपुरमा दुई जना मृत अवस्थामा फेला

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
भक्तपुरमा दुई जना मृत अवस्थामा फेला

भक्तपुर / भक्तपुरका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्दै आएका खोटाङ घर भएका २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन्।

यस्तै, चाँगुनारायण नगरपालिका–३ झौखेल पानी ट्याङ्की क्षेत्रमा काभ्रे घर भएका ३५ वर्षीय सन्तोषबहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।