प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
काभ्रे / काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक वृद्ध दम्पती बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुली रहेका छन्।
प्रहरीका अनुसार तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन्। दम्पतीले सुनकोशी नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।