logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

हरेक शुक्रबार प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
हरेक शुक्रबार प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक शुक्रबार नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ। प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका प्रवक्तासहितको कर्मचारी टोलीले प्रत्येक शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने समय तय गरेको हो।

सरकार गठनपछि पहिलोपटक शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका कर्मचारी टोलीले अब साप्ताहिक रूपमा प्रेस ब्रिफिङ गर्ने जानकारी दिएको हो।

यसअघि प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई गेटबाटै प्रवेशमा रोक लगाइएको भन्दै सरकारको शासकीय शैली र प्रेसप्रतिको दृष्टिकोणबारे आलोचना हुँदै आएको थियो।

तर, सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेपछि सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सबै मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङमार्फत आफ्नो काम, उपलब्धि र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ।