logo
२०८३ भाद्र ४, बिहिबार |
📰
🔍

नापजाँचको १० वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५३ मिनेट अघि
नापजाँचको १० वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

काठमाडौँ / नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।

साबिक मिथलेश्वर महुवाही गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समय रोकिएको थियो।

आवश्यक प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले ३१० थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ। लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका छन्।