प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
हेटौंडा / बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
थापा एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए ।