प्रभातफेरी अनलाइन५ पटक पढिएको | २८ मिनेट अघि
सिराहा / सिराहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्। उनीहरू मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँचका क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।