प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ३७ मिनेट अघि
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्। साथै, दुई देशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।