logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

मोहम्मदजयन्तीमा बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
मोहम्मदजयन्तीमा बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

काठमाडौँ / सरकारले मोहम्मदजयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मदजयन्तीका दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाएको हो।

वि.सं. २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मदजयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ।

मुस्लिम आयोगबाट भोलि मोहम्मदजयन्ती परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मोहम्मदजयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामनासमेत व्यक्त गरेको छ।