नयाँ ओपीडी भवन हस्तान्तरण, स्वास्थ्य सेवामा थप सहजता
प्रभातफेरी अनलाइन५९ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
काभ्रेपलाञ्चोक | शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आजबाट नयाँ OPD भवनबाट औपचारिक रूपमा ग्रहण गरेको छ । “JAD SADAN – Pradhan Memorial Medical Arts Building ” नाम दिइएको ४ तले भवनले अस्पतालको बहिरङ्ग सेवा थप व्यवस्थित बनाउने अपेक्षा यस क्षेत्रमा समर्पितजनको छ । काभ्रेपलाञ्चोकको बनेपामा रहेको जिल्लाको पहिलो अस्पतालका रूपमा स्थापित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालकोलाई दाताद्वारा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

जनसम्पर्क अधिकृत पुकार श्रेष्ठ
अस्पतालका जनसम्पर्क अधिकृत पुकार श्रेष्ठका अनुसार यो भवनबाट Internal Medicine, Surgery, Orthopedic, Pediatric, Gynecology, Dermatology, ENT, Dental, Dietician, Diabetes, Oncology, Cardiology जस्ता OPD क्लिनिक र रजिस्ट्रेशन सेवाहरू पहिलो प्राथमिकतामा सञ्चालन हुनेछन् । “दाताको उद्देश्यमा आँच आउन नदिने गरी सेवा दिन्छौं” श्रेष्ठले भन्नुभयो ।
यो भवन समाजसेवी दाता राजभाई प्रधानले पिता जनकलाल प्रधान, माता अक्कल कुमारी प्रधान र श्रीमती दिव्य लक्ष्मी प्रधानको स्मृतिमा बनाउनुभएको हो । उहाँले बनाएका सयौं भवन मध्ये एउटा र पालेका हजारौं विद्यार्थी मध्ये शीर पनि एउटा भएको छ । आज पनि उहाँले हजारौं असहाय/अनाथ बालबालिकालाई छात्रवृत्ति दिइरहनुभएको छ । “भवन बनाउँछु, तर त्यसमा मान्छे बाँच्नुपर्छ” भन्ने उहाँको महान सोचकै कारण यो भवन केवल इट्टा र सिमेन्ट मात्रै रहेन, सेवाको अनुकरणीय प्रतीक बन्यो ।

राजभाई प्रधान
खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ” भन्नुहुन्छ, “२०१३ सालमा दाताको घरको मझेरीबाट सुरु भएको स्वास्थ्य सेवा आज अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पुगेको छ। यो हाम्रो लागि गौरवको विषय हो ।” “त्यति बेला बा, हजुरको कुराले काभ्रे मात्रै होइन, बाहिर मुलुकका नागरिकले पनि सुविधा पाएका थिए । त्यो योगदानको जति चर्चा गरे पनि अपुग हुन्छ” अध्यक्ष थिङले सम्झनुभयो ।
बिरामीको कथा र छात्रवृत्ति पाउने बालबालिकाको कथा जोडेर हेर्दा एउटै कुरा प्रष्ट हुन्छ – भवनले उपचार दिन्छ, छात्रवृत्तिले भविष्य दिन्छ । हिजोको बिरासतलाई यो भवनले एक पटक फेरि जिवन्त बनाएको छ भन्दा फरक पर्दैन । आशा छ सेवाग्राहीको मन जित्ने सेवा भए दाताको मन नपग्लेला भन्न सकिन ?

खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ”
सुबिधा सम्पन्न भौतिक पुर्वाधारका बारेमा डाक्टर सविन चौलागाईं थप्नु हुन्छ : समयको आवस्यकतालाई समाजसेवी ज्युले सम्बोधन गरिदिनु भएको छ । दिनप्रतिदिन चिकित्सा क्षेत्रमा नयाँ नयाँ आविस्कार भएका छन् । त्यसलाई सम्बोधन गर्न सकियो भने मात्र सेवाग्राहिको आवस्यकता र उपादेयता पुष्टि गर्नको लागि भौतिक पुर्वाधारको महत्वपूर्ण योगदान हुन्छ । आज समाजसेवी राजभाई प्रधान ज्युले मानवको सामाजिक दायित्व भित्र मानवीय सेवा गर्नु भएको छ । यो योगदानले शिरको सेवाप्रवाहमा अनुकरणीय भुमिका खेल्ने छ भन्ने बिश्वास लिएको छु ।
नियमित तथा विशिष्टकृत स्वास्थ्य सेवा अझ सशक्त रूपमा आधुनिक र सुबिधासम्पन्न भवनबाट सेवाग्राहीमाझ प्रवाह गर्न सहज हुनेछ । साधन र स्रोतको अभाव भैरहने हाम्रो जस्तो मुलुकमा उदार र दानी दाताहरूको सामयिक सहयोग सदैव सान्दर्भिक रहन्छ ।

डाक्टर सविन चौलागाईं
