नयाँ ओपीडी भवन हस्तान्तरण, स्वास्थ्य सेवामा थप सहजता
प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
काभ्रेपलाञ्चोक/ अब गाउँबाट उपचार गर्न आएकी आमाले लाइनमा घण्टौं बस्नु पर्दैन । शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आजबाट नयाँ OPD भवनबाट सेवा विस्तार गर्दैछ । “JAD SADAN – Pradhan Memorial Medical Arts Building ” नाम दिइएको ४ तले भवनले अस्पतालको बहिरङ्ग सेवा थप व्यवस्थित बनाउने अपेक्षा यस क्षेत्रमा समर्पितजनको छ । काभ्रेपलाञ्चोकको बनेपामा रहेको जिल्लाको पहिलो अस्पतालका रूपमा स्थापित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालकोलाई दाताद्वारा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
यो भवन समाजसेवी दाता राजभाई प्रधानले पिता जनकलाल प्रधान, माता अक्कल कुमारी प्रधान र श्रीमती दिव्य लक्ष्मी प्रधानको स्मृतिमा बनाउनुभएको हो । उहाँले बनाएका सयौं भवन मध्ये एउटा र पालेका हजारौं विद्यार्थी मध्ये शीर पनि एउटा भएको छ । आज पनि उहाँले हजारौं असहाय/अनाथ बालबालिकालाई छात्रवृत्ति दिइरहनुभएको छ । “भवन बनाउँछु, तर त्यसमा मान्छे बाँच्नुपर्छ” भन्ने उहाँको महान सोचकै कारण यो भवन केवल इट्टा र सिमेन्ट मात्रै रहेन, सेवाको अनुकरणीय प्रतीक बन्यो ।
खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ” भन्नुहुन्छ, “२०१३ सालमा दाताको घरको मझेरीबाट सुरु भएको स्वास्थ्य सेवा आज अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पुगेको छ। यो हाम्रो लागि गौरवको विषय हो ।” “त्यति बेला बा, हजुरको कुराले काभ्रे मात्रै होइन, बाहिर मुलुकका नागरिकले पनि सुविधा पाएका थिए । त्यो योगदानको जति चर्चा गरे पनि अपुग हुन्छ” अध्यक्ष थिङले सम्झनुभयो ।
सुबिधा सम्पन्न भौतिक पुर्वाधारका बारेमा डाक्टर सविन चौलागाईं थप्नु हुन्छ : समयको आवस्यकतालाई इन्जिनियर ज्युले सम्बोधन गरिदिनु भएको छ । दिनप्रतिदिन चिकित्सा क्षेत्रमा नयाँ नयाँ आविस्कार भएका छन् । त्यसलाई सम्बोधन गर्न सकियो भने मात्र सेवाग्राहिको आवस्यकता र उपादेयता पुष्टि गर्नको लागि भौतिक पुर्वाधारको महत्वपूर्ण योगदान हुन्छ । आज इन्जिनियर राजभाई प्रधान ज्युले मानवको सामाजिक दायित्व भित्र मानवीय सेवा गर्नु भएको छ । यो योगदानले शिरको सेवाप्रवाहमा अनुकरणीय भुमिका खेल्ने छ भन्ने बिश्वास लिएको छु ।